Connect with us
Advertisement

इटहरीका आयुष गौतमले जित्नुभयो खुल्ला नेपाल स्नोकर प्रतियोगिताको उपाधि, काठमाडौंका वाङचु तामाङले गर्नुभयो हायस्ट ब्रेकको रेकर्ड

इटहरीका आयुष गौतमले खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० को उपाधि जित्नु भएको छ । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा आइतबार सम्पन्न भएको फाइनल खेलमा गौतमले काठमाण्डौंका वाङचु तामाङलाई ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल हुनु भएको हो ।

गौतमले उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता हुनु भएको तामाङले भने ७० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भयो । उक्त प्रतियोगितामा नयाँ रेकर्ड कायम भएको छ । फाइनल खेलमा वाङचु तामाङले १ सय ३२ को टेवल क्लियरेन्स गरी हायस्ट ब्रेक गरी नयाँ रेकर्ड कायम गर्नु भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो ।

यस अघि काठमाडौंका राजन लामाको नाममा १ सय १० को रेकर्ड रहेको थियो । उक्त प्रतियोगिता वेष्टअफ थट्टीनमा भएको हो । प्रतियोगिताको मुख्य निर्णायकमा गणेश जिसी र राजु गुरुङ रहनु भएको थियो भने अन्य निर्णायकमा विश्व कार्की, संगम रसाइली, पारस सुनार र निरज गुरुङ रहनु भएको थियो ।

उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको छ भने दोश्रो पुरस्कारको प्रायोजन पोखरा ड्यामसाइडको बि एण्ड बि कम्प्लेक्स (बिक्रम गुरुङ÷बिष्णु गुरुङ) ले गर्नु भएको हो । तेश्रो पुरस्कार प्रायोजन भने ड्यामसाइड निवासी हाल वेलायतमा रहनु भएको जिनेश गुरुङ र रत्नचोक निवासी हाल आबुदावी रहनु भएको अमृत गुरुङले गर्नु भएको हो ।

सेमिफाइनलमा पराजित हुनु भएको काठमाण्डौंका दुई खेलाडी राजन लामा र रेगन श्रेष्ठलाई ट्रफीको साथमा जनही २०÷२० हजार पुरस्कार उपलब्ध गराइएको छ ।

यही १३ देखि माघ संचालन भएकोे उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि हुनु भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताउनु भयो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता भएको अध्यक्ष बि.क.ले जनाउनु भयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक