समाचार
रवि लामिछानेमाथि अभियोग : क्षतिपूर्तिसमेत भराइ पाऊँ !
९ भदौ, चितवन । चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा परेको ‘आत्महत्या गर्न दुरुत्साहन’ मुद्दामा आज थुनछेक बहस हुँदैछ । तीन प्रतिवादीमध्ये अस्मिता कार्कीको वयान आइतबार सकिएको छ भने सोमबार रवि लामिछाने र युवराज कँडेलको वयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् ।
रवि लामिछाने लगायतविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । अभियोग पत्रमा लामिछाने लगायतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना मात्र मागदाबी गरिएको छैन, पुडासैनी परिवारलाई प्रतिवादीका तर्फबाट क्षतिपूर्ति भराउनसमेत मागदाबी गरिएको छ ।
Facebook Comment
समाचार
नोवेललाई कदर पत्र
समाचार
इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र
गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा क्षेत्रलाई निशाना बनाइएको छ ।
यसैबीच पछिल्लो समय इजरायलमा आक्रमण तीव्र पारेको लेबनानी सङ्गठन हिजबुल्लाहले आफ्ना दुई सदस्यको मृत्यु भएको जानकारी दिएको छ । कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ ।
समाचार
आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति चेन्नईमा भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै भेट्टायो । लखनउका मार्कुस स्टोइन्सले अविजित १ सय २४ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । उसका कप्तान रितुराज गायकवाडले शतक बनाए । उनले अविजित १ सय ८ रन जोडे ।
त्यस्तै शिवम दुवेले ६६ रन बनाए । जितसँगै लखनउको ८ खेलमा १० अङ्क भएको छ । लखनउ तालिकाको चौथो स्थानमा छ । समान खेलमा ८ अङ्कका साथ चेन्नई पाँचौँ स्थानमा छ ।
आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजराज टाइटन्स खेल्दैछन् । यो खेल वेलुका पौने ८ बजे दिल्लीमा शुरु हुनेछ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login