Connect with us
Advertisement

३ जना स्रष्टाका छन्दोबद्ध रचना (छन्द दिवस विशेष)

Published

on

विराटचोकः आज छन्द दिवस । यसै अवसरमा छन्दको ज्ञान दिने तथा छन्दमा साहित्य सिर्जना गर्ने ३ जना साहित्यकारले आफ्नो फेसबुक वालमा राखेका छन्दात्मक कविता यहाँ प्रस्तुत गरिएको छ । २ स्रष्टाका कविता आजै उहाँहरुले फेसबुक वालमा राख्नुभएको हो भने १ जना स्रष्टाले नयाँ वर्षको दिनमा राख्नुभएको हो ।

 

 

 

 

 

 

छन्दमोहनी

रामप्रसाद ज्ञवाली

नाच्छिन् छमछम छन्दमा हिम–लता सौन्दर्यकी स्वामिनी
हाँस्छिन् खित्खित छन्दमा मृदु–ल–ता चान्चल्य सौदामिनी
छर्छिन् स्वप्निल जूनले अवनिमा यै छन्दमा चाँदनी
बढ्दैछन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

उड्छन् फुर्फुर वागभित्र पुतली यै छन्द वाची यहाँ
भाँच्छन् कम्मर फन्फनी मुजुरले यै छन्द नाची यहाँ
बाजाको तिरिरी, बतास सिरिरी हुन् छन्दकै रागिनी
बढ्दैछन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

छन्दैछन्द बनेर डुल्दछ यहाँ प्रेमीहरूको मन
छन्दैछन्द बनेर फुल्दछ यहाँ सङ्कल्पको जीवन
माया मोह विमोह द्रोह सबमा छिन् छन्द आकर्षिणी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

मान्छेको सुख छन्द हो र सुखको क्रीडा सबै छन्द हो
मान्छेको दुःख छन्द हो र दुःखको पीडा सबै छन्द हो
छन्दैमा छ परार्थ स्वार्थ अनि यो संसारको जीवनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

बेछन्दे कविता नि मुक्त लयमा स्वच्छन्दको छन्द हो
जल्ले छन्दबिना छ भन्छ कविता बेछन्दको छन्द हो
अण्ड स्वेदज यी जरायुज सबै हुन् छन्दकै जीवनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

हावामा, जलमा, अकाश, थलमा सम्पूर्णमा छन्द छ
छन्दैछन्द छ चेतना र मनमा क्यै छन्द बेछन्द त
हुन् विज्ञान र ज्ञान सान सृजना यै छन्दका शोभनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

मान्छेका सब धर्म कर्म तिनका संस्कार छन् छन्दमै
मान्छेका सुख, स्वर्ग, नर्क मनका विश्वास छन् छन्दमै
छन्दै हुन् नि अशान्ति–शान्ति सबका आशा निराशा पनि
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

यो संसार गति– स्थिति– प्रलयका आधार छन् छन्दमै
सारा दृश्य अदृश्य सृष्टि लयका आकार छन् छन्दमै
चुँड्नासाथ सितार छन्द–लयको मासिन्छ यो जीवनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

 

 

 

 

 

 

 

 

चाहना

कल्पना काफ्ले

आफ्नै यौटा घरजमिन होस् साथमा नोकरी होस्
नातागोता वरपर सबै आत्मसम्मान छाओस्
छोराछोरी सब असल हुन् उच्चशिक्षा सबैको
हेर्ने इच्छा हरपल छ है टाकुरामा पुगेको ।

अग्ला अग्ला हिमशिखरमा हुन्छ सौन्दर्य बास
नक्सा कोर्दै घरतिर लगी छोपी राखूँ सुवास
धारो, पानी, घर र बिजुली साथमा खोज्न आउन्
सोचूँ साँच्चै क्षणभर कतै विघ्नबाधा नआउन्।

घुम्नेफिर्ने अवसर मिलोस् शानले डुल्न पाऊँ
खल्ती रित्तो कति पनि नहोस् खर्च आफैँ जुटाऊँ
निद्रामा झन् अति सहजले स्वप्न राम्रो म देखूँ
राम्रैराम्रो सुखसयलको काव्यधारा म लेखूँ ।

साथीसङ्गी मृदुल धुनका गीत मेरै बजाउन्
देख्दा मेरो मृदुवदन यो अप्सरा नै लजाउन्
मेरै आस्था सबतिर पुगी भावगङ्गा बगाओस्
हत्केलाको श्रमशिविरमा भाग्यले सिक्न आओस् ।

माटो मेरो झलमल बनोस्, चम्कियोस् पाखुरामा
बाटो मेरो अलमल नहोस्, लम्कियोस् टाकुरामा
मेरा आस्था जनक, भृकुटी, बुद्धको स्नेह पाऊँ
मेरो प्यारो हिमशिखरको गर्वले गीत गाऊँ ।

नयाँ वर्षमा

डा. देवी नेपाल 

चढ्दै जान्छ नयाँ नयाँ समयले अग्ला ठुला टाकुरा
छोड्दै जान्छ कता कता विगतका सम्झेर बाँच्ने कुरा
कैले आउँछ दुःखको विष लिई कैले छ त्यो हर्षमा
सारा सङ्कट दूर हुन् सुख सबै छाओस् नयाँ वर्षमा ।

यौटा जीवन एक वर्षसरि हो बद्लिन्छ पालो गरी
कैले हुन्छ वसन्तको मधुरिमा कैले असारे झरी
कैले ग्रीष्म बनेर पोल्छ कहिले हेमन्तझैँ शीतमा
गर्दै युद्ध अवश्य जित्नु छ धरा ऐले नयाँ वर्षमा ।

आयो वर्ष नयाँ अवश्य तर यो सन्त्रासको कालमा
सारा मानव त्रस्त छन् घरघरै माछा बनी जालमा
यो यौटा युगको परीक्षण घडी जित्दैन ती तर्कले
साँच्चै अन्त्य गरोस् विषालु क्षण यो हाम्रो नयाँ वर्षले ।

यो हो युद्धसमान विश्वभरको चल्दैन गोलाबम
मान्छेको हुन सक्छ धैर्य मतिको साँचो परीक्षा क्षण
नाचौँला पछि शान्तिले र सुखले उल्लासले हर्षमा
ऐले शान्त भएर नै घर बसौँ प्यारो नयाँ वर्षमा ।

कोराना विष मृत्यु भै घरघरै डुल्दै गरेको दिन
मान्छे नित्य हजार लाख सजिलै ढल्दै मरेको दिन
मान्छे हो अब नाच्न सक्छ कसरी उत्साहले पर्वमा ?
हाम्रो जीवन यो सुरक्षित बनोस् सोचौँ नयाँ वर्षमा ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज २०८३ साल जेठ १२ गते मंगलबारको राशिफल

Published

on

२०८३ साल जेठ १२ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२६ मे २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत गरेको भए फल प्राप्त हुनेछ। परिवारभित्र थोरै बोलेर मन जित्नुपर्ने। राज्यको तर्फबाट भय र त्रास भए पनि काममा सफलता मिल्नेछ।

वृष : आज बोलीको प्रभावले काम बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट खुशी मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा गरेको लगानीको फल मिल्नेछ ।

मिथुन : राजनीतिक क्षेत्रमा देखिएका समस्या समाधान हुनेछ। शक्ति र बल भन्दा पनि बुद्धिले काम गर्नुपर्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मान र सम्मान बढ्नेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने मान्छे सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : शुभ दिन छ । सोचेको काम बन्दा मन शान्त रहनेछ । तर समयको सदुपयोग नगर्ने बानीले पश्चाताप हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। साथीको सहयोगमा काम बन्नेछ।

कन्या : दिन सहज छ। सोचेको काम बन्नेछ । कर्मचारी हुनुहुन्छ भने बढुवा हुने योग छ। बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

तुला : सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता प्राप्त हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। देशभित्र गरेको व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा गम्भीर समस्या हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सञ्चित धन खर्च हुनेछ। इज्जत बढ्ने दिन छ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। पिपललाई दाहिने पारेर यात्राको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। बौद्धिक साथी विपक्षी कित्तामा पुगेकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ।

कुम्भ : सोचेर मात्रै बोल्नुपर्ने समय छ। सकारात्मक बोले पनि अर्थ नकारात्मक लाग्नेछ। तपाईंको उदार भावलाई कामजोर ठान्ने धेरै छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन :आज धन लाभ हुने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग गरेको सल्लाहले काम सहजै बन्नेछ। व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।

प्रकाशित मिति : १२ जेठ २०८३,

Continue Reading

Banner

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

Published

on

आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२६ मे १९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गरे फाइदा हुनेछ । काममा साथीभाइको साथ र सहयोग मिल्नेछ । विपक्षीले विरोध गरे पनि काम बन्ने  छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : आज शुभ दिन छ । बोलीको प्रभावले काम बन्नेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्दा लगानी बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । जोगिएर काम गर्नु उचित हुन्छ । लगानी डुब्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । परिवारमा मनमुटाव हुनेछ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : दिन राम्रो छ । मिहिनेतको फल मिल्ने योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ । सहकर्मीको साथमा गरेको काम सफल बन्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा विवाद बढ्नेछ ।

कन्या : सोचेको काम बन्नेछ । घर व्यवहारमा कामको बोझ बढ्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । विपक्षीको सामना गर्न तयार हुनुपर्ने दिन छ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ ।

तुला : दिन धेरै राम्रो छ । सम्पत्ति र शिक्षालाई समय दिनु उचित हुन्छ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मिहिनेतको फल मिल्नेछ ।

वृश्चिक : दिन सामान्य छ । रोगले सताउने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । व्यवहार गर्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु :  दिन राम्रो छ । सोचेको काम बन्नेछ । धन खर्च भए पनि इज्जत बढ्नेछ । परिवारभित्रबाट भन्दा बाहिरबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा उन्नति हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मकर : दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । शिक्षाका क्षेत्रको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ :  सोचेको काम बन्नेछ । आम्दानी बढ्नेछ । बोलीमा समस्या हुने भएकाले सहकर्मीसँग नम्र भएर बोल्नु राम्रो हुनेछ ।  परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइले विवाद झिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा आलस्यता बढ्ने जोखिम छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

Continue Reading

Banner

लालीगुराँस महोत्सवमा चोत्लुङ पार्क साहित्यमय, कविताले दुई दिन गुञ्जायमान

Published

on

चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बनेको छ। लालीगुराँस महोत्सव अन्तर्गत वैशाख १० गतेदेखि सञ्चालन भएको कार्यक्रममा आयोजित “चोत्लुङ साहित्य गोष्ठी” ले पूरै क्षेत्रलाई साहित्यिक माहोलमा डुबायो।

गुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्र को प्रवेशद्वार बसन्तपुरस्थित पार्कमा आयोजित गोष्ठीमा सन्ध्या सिङ्जागो सुब्बा ले कविता वाचन गरिन्। उनीसँगै दुई दर्जनभन्दा बढी कविहरूका रचनाले दुई दिनसम्म पार्क गुञ्जायमान बनायो।

रैथाने वास्तुशैलीमा बनेको चोत्लुङ पार्कमा यस्ता कार्यक्रमले कला–साहित्यप्रति स्थानीय सरकारको सकारात्मक दृष्टिकोण झल्काएको भन्दै विराटनगरकी कवि तथा आख्यानकार सीमा आभाष ले प्रशंसा गरिन्।

गोष्ठीमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूले प्रकृति, संस्कृति, प्रेम र समसामयिक विषयमा कविता प्रस्तुत गर्दै श्रोतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रममा विशेष आकर्षणका रूपमा रहेका उपेन्द्र सुब्बा ले समाज रूपान्तरणका लागि यस्ता वैचारिक जमघट आवश्यक हुने बताए।

कार्यक्रममार्फत जलवायु परिवर्तन र यसको असर न्यूनीकरणबारे साहित्यिक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको अर्जुनबाबु माबुहाङ ले जानकारी दिए। साथै, गुराँस संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन र मुन्धुमी ज्ञानसँग जलवायु परिवर्तनको सम्बन्धबारे समेत विमर्श गरिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक