Connect with us
Advertisement

काठमाडौंमा अस्थायी रूपमा बसोबास गर्ने नगरवासीलाई ल्याइनेः विज्ञप्तीसहित

Published

on

विराटचोकः कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि काठमाडौंमा अस्थायी रुपमा बस्दै आएका नगरवासीलाई सुन्दरहरैंचा नगरपालिकाले काठमाडौंबाट ल्याउने भएको छ ।

बुधबार नगरप्रमुख शिवप्रसाद ढकालले एक विज्ञप्ती जारी गरी सबै नगरवासीलाई आफ्ना आफन्त अस्थायी रूपमा काठमाडौँमा रहेका भए नगरपालिकाले तोकेका व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । इच्छुक व्यक्तिले सिधै नगरपालिकामा सम्पर्क गरेर पनि नाम टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।अनलाईन बाट समेत आफ्नाे नाम टिपाउन मिल्ने व्यवस्था मिलाइएकाे छ । 

आउने व्यक्तिको नगरपालिकाले तोकेको स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरेर घरघरमा पुर्याइने भएको छ ।

विज्ञप्ति

 

https://docs.google.com/forms/d/e/1FAIpQLSc-BCfuq9YP2MbD6mBLSyFYP_1hz7Xhev2–RiC3s5Tgh5GYQ/viewform?fbclid=IwAR1n1HSwjDdrbzz__k4U4GJ9qLYnOLvoF_QSebJGhEejqM_4kuvwJlZ7p24

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बालेनले मेयर पदबाट दिए राजीनामा

Published

on

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारीमा रहेका बालेनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

बालेनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा डंगोलले नेपालको संविधानको धारा २१६ (८) (क) बमोजिम स्विकृत गरेकी छिन् ।

राजीनामा पत्रमा बालेनले आइतबारकै मितिदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । पदमा रहँदा आफूले महानगर र नगरबासीको हितमा सकेसम्म इमान्दारीतापूर्वक काम गरेको उल्लेख गर्दै उनले महानगरको आगामी नेतृत्वलाई शुभकामना समेत दिएका छन् ।

Continue Reading

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

माध्यमिक तह शिक्षक पदका लागि दरखास्त खुल्यो

Published

on

शिक्षक सेवा आयोगले मावि शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज निकालेर माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो ।

मावि तहका चारसय ४९ जना शिक्षक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिनेछ । सबैभन्दा धेरै विज्ञानका लागि एक सय १३ जनासहित गणित, नेपाली, सामाजिकलगायत विषयका लागि दरखास्त आह्वान गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ३ गतेसम्म तथा दोब्बर दस्तुरमा फागुन १० गतेसम्म आयोगको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक