Connect with us
Advertisement

काठमाडौंमा अस्थायी रूपमा बसोबास गर्ने नगरवासीलाई ल्याइनेः विज्ञप्तीसहित

Published

on

विराटचोकः कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि काठमाडौंमा अस्थायी रुपमा बस्दै आएका नगरवासीलाई सुन्दरहरैंचा नगरपालिकाले काठमाडौंबाट ल्याउने भएको छ ।

बुधबार नगरप्रमुख शिवप्रसाद ढकालले एक विज्ञप्ती जारी गरी सबै नगरवासीलाई आफ्ना आफन्त अस्थायी रूपमा काठमाडौँमा रहेका भए नगरपालिकाले तोकेका व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । इच्छुक व्यक्तिले सिधै नगरपालिकामा सम्पर्क गरेर पनि नाम टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।अनलाईन बाट समेत आफ्नाे नाम टिपाउन मिल्ने व्यवस्था मिलाइएकाे छ । 

आउने व्यक्तिको नगरपालिकाले तोकेको स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरेर घरघरमा पुर्याइने भएको छ ।

विज्ञप्ति

 

https://docs.google.com/forms/d/e/1FAIpQLSc-BCfuq9YP2MbD6mBLSyFYP_1hz7Xhev2–RiC3s5Tgh5GYQ/viewform?fbclid=IwAR1n1HSwjDdrbzz__k4U4GJ9qLYnOLvoF_QSebJGhEejqM_4kuvwJlZ7p24

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मोरङमा निर्वाचन सामग्री वितरण सुरु

Published

on

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङमा मतदानका लागि आवश्यक सामग्रीहरू प्रदेश निर्वाचन कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाउन सुरु गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय मोरङले निर्वाचन क्षेत्र नंं. १, क्षेत्र नं २ र क्षेत्र नं ४ मा आवश्यक पर्ने मतपेटिका, घेराबारा लगायत ४९ प्रकारका मतदान सामग्रीहरू पठाउन थालेको जनाएको छ ।

मतपत्र र सुरक्षा सिलहरू पुगिसकेको र छिटै सबै निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री पठाई सकिने निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए । उनले ५१ प्रकारका मतदान सामग्री पठाइने गरिएकोमा यस पटक छाप लगाउँदा चाहिने म्याट र झोला आयोगले नपठाएको बताए ।

फागुन १८ गते बेलुकासम्म सम्बन्धित मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरू मतदान केन्द्रमा पुगिसक्ने र राजनीतिक दलहरूसँग छलफल गरेर मौन अवधि लगायतको सूचना प्रकाशित गर्ने कार्यक्रम रहेको छ । मोरङमा ३ सय ६ वटा मतदान स्थल र दुई वटा अस्थायी मतदान केन्द्र सहित ८ सय ९० वटा मतदान केन्द्रहरू रहेका छन् ।

Continue Reading

Banner

टी–२० विश्वकपमा आज ‘सुपर–एट’ का अन्तिम दुई खेल

Published

on

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा दिउँसो सवा ३ बजे दिल्लीको अरुण जेटली स्टेडियममा जिम्बावे र दक्षिण अफ्रिका खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ८ पटक भेट भएकोमा दक्षिण अफ्रिका ७ खेलमा विजयी भएको छ भने एउटा खेल नतिजाविहीन रहेको छ ।

यस्तै बेलुका सवा ७ बजे कोलकाताको इडेन गार्डेन्समा घरेलु टोली भारत र वेस्ट इन्डिज खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ३० पटक भेट भएकोमा भारत १९ र वेस्ट इन्डिज १० खेलमा विजयी हुँदा एउटा खेल नतिजाविहीन रहेको छ ।

समूह १ बाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । भारत र वेस्ट इन्डिजबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ । जिम्बावे यसअघि नै बाहिरिइसकेको छ ।

यस्तै समूह २ बाट इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । हिजो भएको खेलमा श्रीलङ्कालाई हराए पनि पाकिस्तान नेट रन रेटमा पछि परेर प्रतियोगिताबाट बाहिरियो ।

टी–२० विश्वकपको पहिलो सेमिफाइनल आउँदो बुधवार र दोस्रो सेमिफाइनल बिहीवार हुनेछ । १०औँ संस्करणको प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २४ गते हुनेछ ।

Continue Reading

Banner

मतदान सहज बनाउन तीन दिन बिदा सिफारिस

Published

on

 निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताए । फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ ।   तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदान स्थलसम्म जान सहज हुने विश्वास गरिएको छ

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक