कोशी प्रदेश
उद्योगी व्यवसायीलाई सहयोग गर्न सुनसरी उद्योग वाणिज्य संघले शुरु गर्याे हेल्प डेस्क

धरानः उद्योगी व्यसायीलाई सहयोग गर्न सुनसरी उद्योग वाणिज्य संघले हेल्प डेस्क स्थापना गरेको छ । स्वास्थ्य र खाद्यान्न आपूर्ति गरेर सेवा पुर्याउन हेल्प डेस्क स्थापना गरिएको संघका अध्यक्ष गिरिधारी सापकोटाले बताए ।
खाद्यान्न पसलहरू खोल्ने सम्बन्धमा वडाध्यक्षसँग छलफल गरी उपलब्ध गराएको नामावलीअनुसार पुनः छलफल गरिने अध्यक्ष गिरिधारी सापकोटाको भनाइ छ । खाद्यान्न पसलहरूको व्यवस्थापन गर्ने सम्बन्धमा सुनसरी उद्योग वाणिज्य संघमा छलफल भएको थियो ।
छलफलमा धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले अन्य शहरसँग तुलना नगरी धरानको आवश्यकताको आधारमा पसल खोल्नुपर्ने बताइन् । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले व्यवसायीहरूलाई सेवामूलक भावले काम गर्न अनुरोध गरे ।
बजार अनुगमन तथा आपूर्ति समन्वय समितिका संयोजक शिवराज श्रेष्ठले वडाहरुमा खाद्यान्नको अभाव भएमा आपूर्ति गर्न समन्वय गर्ने बताए ।
खोलिएका पसलहरूमा अनिवार्य रूपमा सामाजिक दुरी कायम गरी पसलेले पञ्जा र मास्क लगाउनुपर्ने बताए ।
Facebook Comment
Banner
महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा

राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।
राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।
आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख छ ।
यस्तै निवर्तमान गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ ।
Banner
सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।
Banner
लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ

अमेरिकी डलर र युरोपियन युरोको भाउ लगातार बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । यो मंगलबारको भन्दा धेरै हो । मंगलबार एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । सोमबारको तुलनामा मंगलबार पनि भाउ बढेको थियो ।
आज युरोपियन युरोको भाउ पनि बढेको छ । आज एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा कायम भएको छ । मंगलबार युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा कायम भएको थियो । यो पनि सोमबारको तुलनामा मंगलबार पनि बढेको थियो ।
यस्तै, आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login