Connect with us
Advertisement

साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

Published

on

पोखराः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करीब ३ महिनादेखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुवै टोली वैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेका छन् ।

वैदेशिक प्रशिक्षणअन्तर्गत पुरुषको राष्ट्रिय ह्याण्डबल टोली मित्रराष्ट्र भारतको चण्डीगढस्थित पटियालामा प्रशिक्षण गर्नेछ । महिला टोलीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन् ।

दुवै टोलीलाई पोखरा रङ्गशालामा राष्ट्रिय झण्डा सहित बिदाइ गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडीले खेलेर के पाए भन्ने दिनलाई समाप्त पार्न आफ्नो पहल रहेको बताए । उनले समाजलाई खेलबाट नयाँ सन्देश दिनुपर्नेतर्फ इङ्गित गर्दैै भने, ‘आफ्ना छोराछोरीलाई खेलतर्फ आकर्षित गर्न राज्यले खेलाडीलाई सबै सुविधा उपलव्ध गराउन आवश्यक छ ।’

राष्ट्रिय खेलकुद परिषद सदस्य गुरुङले १३ औं सागमा पदक जित्ने खेलाडीलाई कम्तीमा पनि एक तोला सुनको मेडल दिई थप हौसला बढाउन आफ्नो तर्फबाट पहल रहने बताए । उनले त्यो मात्रै नभई कम्तीमा पनि खेलाडीले आफ्नो जीवनयापनसँगै बाँच्ने आधार स्थपित गर्न राज्यको ध्यान जानुपर्ने कुरा उल्लेख गर्दै भने, ‘खेलाडीले खेलेर जग्गा पाइँदो रहेछ, घर पाइँदो रहेछ’ भन्ने सन्देश समाज र युवामा पु¥याउनु पर्छ ।’ उनले ह्याण्डबलले १३ औं सागमा पदक जित्नेमा आफू विश्वस्त रहेको बताए ।

सङ्घका अध्यक्ष एवम नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङले बैंककमा महिला टोलीले बैंककस्थित विश्वविद्यालय टोलीहरूसँग १० देखि १२ ओटा मैत्रीपूर्ण म्याचसहित अभ्यास म्याच खेल्ने जानकारी दिए । उनले भारतमा जाने पुरुष टोलीले त्यहाँ भारतका विभिन्न स्थानीय टिमहरूसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिए ।

दुवै टोली मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । १३ औं साग अन्तर्गत ह्याण्डबल खेल मंसिर १७ गतेबाट पोखरा रङ्गशालास्थित कभर्डहलमा हुनेछ जसमा ६ राष्ट्रका महिला र पुरुष टोलीको सहभागिता रहनेछ ।

बिदाइ कार्यक्रममा १३ औं साग स्थानीय सहजीकरण समितिका सचिव लक्ष्मण योगी, कास्की ह्याण्डबल सङ्घका कार्यवाहक अध्यक्ष चित्र थापा, कास्की ह्याण्डबल सङ्घका वैदेशिक विभाग प्रमुख राम गुरुङलगायतको उपस्थिति रहेको थियो ।

भारत जाने पुरुष खेलाडीमा टिम कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपक सिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिञ्जाली, यमबहादुर पुन, आशिष अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन् ।

महिला टिमतर्फ टिम कप्तान रञ्जना राई, बबिता श्रेष्ठ, अर्चना न्यौपाने, सङ्गीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आईताल्हामु शेर्पा, रामकुमारी चौधरी, शारदा बिक, कल्पना ओली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा रहेका छन् ।

दुवै टोलीका टिम म्यानेजर जीवन बस्नेत र शान्ति थापा वैद्य, विदेशी प्रशिक्षक जोआ फ्लोरेन्सियो, वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण, कृष्ण शाक्य, टेकबहादुर परियार र बिन्दा थापा रहेका छन् ।

Continue Reading

Facebook Comment

9 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपालले जित्यो टस, बहराइनलाई ब्याटिङको निम्तो

Published

on

एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले पहिलो खेलमा बहराइनविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भर्खरै सम्पन्न टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेसँगै बहराइनले पहिले ब्याटिङको निम्तो पाएको हो।

सन् २०२७ को एसिया कपमा स्थान बनाउने मुख्य लक्ष्यका साथ मलेसिया पुगेको नेपाल जितसहित प्रतियोगिताको सुखद् सुरुआत गर्ने रणनीतिमा छ। ५० ओभरको यो प्रतियोगितामा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

नेपाल रहेको समूह ‘ए’ मा बहराइनसँगै आयोजक मलेसिया, हङकङ र साउदी अरेबिया रहेका छन्। नेपालले दोस्रो खेल भदौ १८ गते मलेसियासँग खेल्नेछ।

Continue Reading

Banner

उपाधि जितेर एसिया कपको टिकट काट्ने नेपालको लक्ष्य

Published

on

तेस्रो संस्करणको एसीसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदै छ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदै छ ।

नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।

समूह चरणमा नेपालले १५ भदौमा बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले दोस्रो खेल १८ भदौमा आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ ।

हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो । प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले हराएको थियो ।

नेपालले तेस्रो खेल २१ भदौमा साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल २३ भदौमा हङकङसँग खेल्नेछ । नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकामा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो । यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ । गत संस्करणको टी– २० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए । सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट यूएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो । नेपालले पहिलो संस्करणको प्रिमियर कपको उपाधि जितेको थियो । सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाली टोली उक्त सफलता दोहोर्‍याउने लक्ष्यमा छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताएका छन् । विदेशी पिचमा खेल्नुपर्ने भए पनि प्रतियोगिताअघि पर्याप्त अभ्यासको अवसर पाएकाले नेपाली टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ ।

Continue Reading

Banner

कम्ब्याक गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

Published

on

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान अमेरिकामा भएको सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजति गरेर अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा कुनै पनि गोल हुन सकेको थिएन ।

त्यसपछि दोस्रो हाफ सुरु भएपछि ५५औँ मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डले अग्रता कायम गरेको थियो । इङ्ग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए ।

तर, अर्जेन्टिनाले ८५औँ र इन्जुरी समयमा गोल गरेर नतिजा आफ्नो पक्षमा ल्यायो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे ।

अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक