Connect with us
Advertisement

बुढासुब्बा प्रमोसन कपमा धरान फुटबल क्लब र धरान उपमहानगर फाइनलमा भिड्ने

Published

on

धरानः अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको प्रबद्र्धनको लागि आयोजना गरिँदै आएको बुढासुब्बा प्रमोसन कप चौथो संस्करणको फाइनलमा धरान फुटबल क्लब र धरान उपमहानगरपालिका भिड्ने भएका छन् ।

बिहीबार धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा धरान फुटबल क्लबले उद्योग वाणिज्य सङ्घ सुनसरीलाई ५–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यसअघि नै धरान उमपहानगरपालिका वराह ज्वेलरी धरानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको थियो ।

बिहीबार भएको खेलमा धरान फुटबल क्लबका तर्फबाट जनक सुनुवार एक्लैले ४ गोल गरे भने लक्ष्मण राईले थप एक गोल गरेका थिए । उद्योग वाणिज्य सङ्घको तर्फबाट सन्तोष लिम्बूले २ गोल गरे भने अमर राईले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच उद्योग वाणिज्य सङ्घका सन्तोष लिम्बू घोषित हुँदै मेडल र नगद ५ सय पुरस्कार जिते ।

प्रबद्र्धन कप विजेता टिमले ३० हजार नगद र उपविजेता टिमले १५ हजार नगद पुरस्कार जित्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए । उनका अनुसार प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार र विधागत उत्कृट खेलाडीलाई जनही २ हजारका दरले पुरस्कृत गरिनेछ । प्रतियोगितामा बेष्ट स्ट्राइकर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट मिडफिल्डलाई पुरस्कृत गरिनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यस वर्षदेखि मोफसलमा आयोजना हुने प्रतियोगिताको लागि नियमावली बनाएर प्रतियोगिता अयोजना गर्ने मिति तोकिदिएपछि बुढासुब्बा गोल्डकप मंसिर १९ गतेदेखि हुन लागेको छ । एन्फाले क्यालेण्डर सार्वजनिक गरेसँगै गोल्डकपको आयोजनाको तयारीमा धरान फुटबल क्लब लागिसकेको क्लबका महासचिव प्रताप तामाङले बताएका छन् ।

Continue Reading

Facebook Comment

18 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाड छनोटको उपाधि

Published

on

एसियाली खेलकुद (एसियाड) छनोटको उपाधि नेपालले जितेको छ। सिंगापुरमा सम्पन्न वर्षाले प्रभावित फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाउँदा वर्षाले खेल रोकिएपछि डिएल म्याथोडमा नेपाल १९ रनले विजयी भएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए। त्यस्तै, रोहित पौडेलले ३५ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रनको अविजित इनिङ्स खेले।

हङकङका लागि आयुश शुक्ला र एहसन खानले १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि अन्सुमान रथले ४५ बलमा ६ चौका र छक्काको सहयोगमा ८० रन बनाए। त्यस्तै, शिभ माथुरले २६ रन बनाउँदा साहिद वासिफले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

नेपालका लागि शेर मल्लले ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।

Continue Reading

Banner

दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा गरे १०० खेल

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल खेल्ने उपलब्धि हासिल गरेका छन्।

एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत सोमबार हङकङविरुद्ध भएको फाइनल खेलमा सहभागिता जनाएसँगै उनले यो कीर्तिमानी संख्या पूरा गरेका हुन्। उक्त खेलमा नेपालले टस जितेर पहिलो चरणमा बलिङ रोजेको थियो।

यस उपलब्धिसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतकीय खेल संख्या पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। नेपाली खेलाडीहरूमध्ये सोमपाल कामीले हालसम्म ९१ तथा करण केसीले ९० टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

दीपेन्द्रले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध लर्ड्स मैदानमा भएको खेलमार्फत टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व सुरु गरेका थिए। त्यसयता उनले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।

१०० खेलको यात्रासम्म आइपुग्दा उनले एक शतक र १२ अर्धशतकको मद्दतले २ हजार २ सय १३ रन जोडिसकेका छन्। साथै उनले ६२ विकेट पनि आफ्नो नाममा दर्ज गरेका छन्। हङकङविरुद्धको खेलको प्रदर्शन भने उक्त तथ्यांकमा समावेश हुन बाँकी छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दीपेन्द्र हाल पाँचौँ स्थानमा रहेका छन्। यसअघि उनी उक्त वरियताको दोस्रो स्थानसम्म पुग्न सफल भएका थिए।

लामो समय राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी सम्हालेका दीपेन्द्रलाई केही समयअघि मात्र टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सुम्पिएको थियो।

Continue Reading

Banner

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत

Published

on

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

नेपालले दिएको  ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । भुटानका लागि डेचेन वाङ्मोले ६० बलमा सर्वाधिक ३९ रन बनाइन् । चाडो ओमले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालको बलिङतर्फ रुबिना क्षेत्रीले ३ तथा रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर र मनिषा उपाध्यायले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २० ओभरमा ११३ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि सीता राना मगरले २८ बलमा सर्वाधिक ३७ रन बनाइन्। रुबिना क्षेत्रीले २४ रन जोडिन् भने सोनी पाख्रिनले १३ र सम्झना कुमारीले १० रन बनाइन् ।  भुटानका लागि सोनाम र छेरिङ जाङ्मोले समान ३/३ विकेट लिए ।

पहिलो खेलमा हिजो कतारलाई ८ विकेटले हराएको नेपाल समूह ‘डी’ मा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ छन् । नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ ।

महिला टी–२० एसिया कप छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा १८ टोली सहभागी छन् । प्रतियोगिताबाट उत्कृष्ट चार टोली महिला एसिया कपका लागि छनोट हुनेछन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक