Connect with us
Advertisement

एथलेटिक्सको टेक्निकल कोर्स शुरु

Published

on

काठमाडौंः नेपाल एथलेटिक्स सङ्घको आयोजनामा एथलेटिक्स टेक्निकल अफिसियल कोर्स बुधबारदेखि शुरु भएको छ ।

कोर्सको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी कोर्समा १ सय ३० जना सहभागी छन् । सहभागीलाई आईएएएफका डेलिगेट्स सीके भाल्सन र चिन्ना ताम्बाले प्रशिक्षण दिइरहेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

Published

on

यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउदै जर्मन क्लब बोरुसिया डर्टमन्ड फाइनलमा पुगेको छ । पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । उसका म्याट्स हुमेल्सले खेलको ५० औँ मिनेटमा गोल गरे ।

यसअघि भएको पहिलो लेगमा घरेलु टोली डर्टमन्डले १–० को अग्रता लिएको थियो । समग्रमा २–० को जितसहित डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । अर्काे सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिड र बार्यन म्युनिख खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा हुनेछ ।

Continue Reading

Banner

लिभरपुलसँग हारेपछि टोटनहम अझ कमजोर

Published

on

इंग्लिस प्रिमियर लिगमा टोटनहमको खराव लय आइतबार पनि कायम रह्यो र एनफिल्डमा भएको खेलमा लिभरपुलको हातबाट ४–२ ले पराजित रह्यो । यो हारले टोटनहमको शीर्ष चारको सम्भावना अझ कमजोर बनेको छ ।

टोटनहम ६० अंकसहित पाँचौं स्थामा छ र यो चौथोमा रहेको एस्टन भिल्लासँग सात अंकको दूरी हो । भिल्ला यसअघि ब्राइटनसँग १–० ले पराजित रहेको थियो । तर टोटनहमले त्यसको फाइदा लिन सकेन ।

लिभरपुल भने ७८ अंकसहित तेस्रो स्थानमा रह्यो । आइतबारकै अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–० ले हरायो र ५४ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो ।

Continue Reading

Banner

आईपीएल क्रिकेट : लखनउलाई हराउँदै कोलकाता शीर्ष स्थानमा, चेन्नईले पञ्जावलाई २८ रनले हरायो

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । गएराति भएको खेलमा कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो । कोलकाताले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर १ बलमा १ सय ३७ रनमा समेटियो । लखनउका मार्कर स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कोलकाताका नवीन उल हकले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । उसका सुनिल नारिनेले ८१ रन बनाए । जितसँगै अहिलेसम्म खेलेका ११ खेलमा ८ मा जित र ३ मा हार व्यहोरेर १६ अङ्कका साथ कोलकाता तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समान ११ खेल खेलेको लखनउ १२ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा छ ।

यसअघि हिजो भएको पहिलो खेलमा चेन्नईले पञ्जाबलाई २८ रनले हराएको छ ।  चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले  सर्वाधिक ३० रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनायो । चेन्नईका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रन बनाए । जितपछि चेन्नई ११ खेलमा १२ अङ्क सहित तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने ११ खेलमा ८ अङ्क सहित आठौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्  । मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक