खेलकुद
अफिसियल अन्तर्राष्ट्रिय चेस प्रतियोगिता जित्ने कृष्ण थापा पहिलो नेपाली
काठमाडौंः सिएम कृष्ण थापा अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् ।
बिहीबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा कृष्णले पहिलो स्थान पाएका हुन् । ९ चरणको खेलमा ८ अङ्क जोड्ने क्रममा कृष्णले अन्तिम चरणमा नेपालकै रिजेन्द्रराज भण्डारीलाई हराए । पराजित रिजेन्द्र ६ दशमलव ५ अङ्कसहित पाँचाँै भए । प्रतियोगितामा नेपाली खेलाडीले शीर्ष पाँच स्थान पाए ।
अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकाश नेपाल ७ दशमलव ५ अङ्कसहित दोस्रो भए । भारतका शुभम् शुक्लालाई हराएका पुरुषोत्तम चौलागाईं ७ अङ्कसहित तेस्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन महर्जन ७ अङ्कसहित चौथो भए ।
महिलातर्फ भारतकी सन्ध्याजी पहिलो भइन् । चीनकी सुन फुरुङ दोस्रो, नेपालकी सुजना लोहनी तेस्रो, जापानकी कोजीमा नात्सुमी चौथो तथा नेपालकी सुशीला गुरुङ पाँचौँ भए ।
नेपाल बुद्धिचाल सङ्घ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागी थिए ।
पुरुषतर्फ पहिलो भएका थापाले १ हजार ५ सय तथा दोस्रो हुनेले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाए । यसैगरी, चौथो र पाँचौँले ५ सय, छैटाँैले ४ सय तथा साताँैले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाए । आठौँदेखि दशौँ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए ।
महिलातर्फकी विजेताले ७ सय, उपविजेताले ५ सय, तथा तेस्रोदेखि पाँचौँ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए ।
Facebook Comment
Banner
आईसीसी महिला टी–२० छनोटमा थाइल्याण्डसँग नेपालको हार
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्याण्डले नेपाललाई ८ विकेटले हराएको हो ।
नेपालले जितका लागि दिएको १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा ग¥यो ।
थाइल्याण्डका नथाकन चन्थामले सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै, नन्नापात कोनचारोयकाईले ३२, अफिसरा सुवानचोनराथीले २८, रन बनाइन् । नेपालकी सीता रानामगरले दुई विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।
नेपालकी विन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् । यस्तै, सम्झना खड्काले २६, रुवीना क्षेत्रीले १७ तथा पूजा महतोले १२ रन जोडे ।थाइल्याण्डकी थिपात्चा पुथावङले तीन, ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोङ्ग्रातानाले एक–एक विकेट लिए ।प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन् ।
Banner
नेपालले थाइल्यान्डसामु १२३ रनको लक्ष्य प्रस्तुत गर्यो
आईसीसी महिला टी– २० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा पूरै विकेट गुमाएर १२२ रना बनायो ।
नेपालका लागि विन्दु रावलले ४४, सम्झना खड्काले २६ र उपकप्तान पूजा महतोले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् थाइल्यान्डका लागि थिपाचा पुथावोङले ४ विकेट लिइन् ।
Banner
आईसीसी टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोली बिदाइ
आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीलाई बिदाइ गरेको हो। विश्वकपअघि नेपाली टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुई वटा अभ्यास सिरिज खेल्नेछ। श्रीलंका ‘ए’ टोली र मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास सिरिज तय भएसँगै टोली केही समयअघि नै विश्वकप यात्रामा निस्कन लागेको हो। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको उल्लेख गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीले विश्वकपमा राम्रो खेल प्रदर्शन गर्दै सकारात्मक नतिजा ल्याउने आशा रहेको बताए। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि नेपाली टोलीले विश्वकपमा देशको नाम उजागर गर्ने गरी खेल्ने विश्वास व्यक्त गरे।
आईसीसी टी–२० विश्वकप क्रिकेट फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगितामा नेपाल समूह ‘सी’ मा परेको छ।
सो समूहमा नेपालसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login