मुख्य
विराटनगर जेसीजको कार्यक्रममा कलाकार दीपाश्री निरौलालगायत सम्मानित
विराटनगरः विराटनगर जेसीजको साताव्यापी कार्यक्रमअन्तर्गत शनिबार भएको पहिलो कार्यक्रममा पर्यटन वर्ष २०२० का कार्यक्रम संयोजक जेसी देवचन्द्र घिमिरे उत्कृष्ट कार्यक्रम संयोजकसहित निवा अवार्डद्वारा सम्मानित भए ।
विराटनगर घर भएका र समाजमा ख्यातिप्राप्त युवालाई बर्सेनि गरिँदै आएको जेसीज सम्मानद्वारा सिनेजगतबाट कलाकार दीपाश्री निरौला सम्मानित भइन् । युवा उद्योगीको तर्फबाट प्रकाश मुन्दडा तथा सङ्गीत क्षेत्रबाट स्मृति ब्याण्डलाई सम्मान गरिएको हो ।
सो कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेल, निवर्तमान अध्यक्ष श्रीधर बस्याल, पूर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारी, कार्यकारिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल, अमिष ढकाल, रबिन पोख्रेल लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीको बाक्लो उपस्थिति रहेको थियो ।
गिनिज बुक वल्र्ड रेकर्डस् सौगात बिष्ट, गायक सुमित खड्का, सिद्धार्थ शाहलगायतले कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए ।


Facebook Comment
Banner
लालीगुराँस महोत्सवमा चोत्लुङ पार्क साहित्यमय, कविताले दुई दिन गुञ्जायमान
चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बनेको छ। लालीगुराँस महोत्सव अन्तर्गत वैशाख १० गतेदेखि सञ्चालन भएको कार्यक्रममा आयोजित “चोत्लुङ साहित्य गोष्ठी” ले पूरै क्षेत्रलाई साहित्यिक माहोलमा डुबायो।
गुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्र को प्रवेशद्वार बसन्तपुरस्थित पार्कमा आयोजित गोष्ठीमा सन्ध्या सिङ्जागो सुब्बा ले कविता वाचन गरिन्। उनीसँगै दुई दर्जनभन्दा बढी कविहरूका रचनाले दुई दिनसम्म पार्क गुञ्जायमान बनायो।
रैथाने वास्तुशैलीमा बनेको चोत्लुङ पार्कमा यस्ता कार्यक्रमले कला–साहित्यप्रति स्थानीय सरकारको सकारात्मक दृष्टिकोण झल्काएको भन्दै विराटनगरकी कवि तथा आख्यानकार सीमा आभाष ले प्रशंसा गरिन्।
गोष्ठीमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूले प्रकृति, संस्कृति, प्रेम र समसामयिक विषयमा कविता प्रस्तुत गर्दै श्रोतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रममा विशेष आकर्षणका रूपमा रहेका उपेन्द्र सुब्बा ले समाज रूपान्तरणका लागि यस्ता वैचारिक जमघट आवश्यक हुने बताए।
कार्यक्रममार्फत जलवायु परिवर्तन र यसको असर न्यूनीकरणबारे साहित्यिक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको अर्जुनबाबु माबुहाङ ले जानकारी दिए। साथै, गुराँस संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन र मुन्धुमी ज्ञानसँग जलवायु परिवर्तनको सम्बन्धबारे समेत विमर्श गरिएको थियो।
Banner
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरूभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।
Banner
धेरै वर्षपछि आइन् पवित्र सुब्बा, नझरेका फूलहरूले गर्यो सम्मान
नझरेका फूलहरूद्वारा सुप्रसिद्ध गायिका एवम् अभिनेत्री पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान-२०८२’ प्रदान गरिएको आयोजक केपी घिमिरेले जानकारी दिएका छन्।
सुनसरीको इटहरीमा चैत १५ गते आइतबार आयोजित सम्मान समारोहको प्रमुख अतिथि साहित्यकार मनु मन्जिल रहेका थिए।
नझरेका फूलहरूले प्रदान गर्ने स्रष्टा सम्मानको यो शृङ्खला पनि आफ्नो नियमित कार्यक्रम अन्तर्गत गरिएको घिमिरेको भनाइ छ। कार्यक्रमको सभापति गीतकार सङ्घ नेपालका आजीवन सदस्य किरण टी.लिम्बू , विशिष्ट अतिथि सञ्चारकर्मी लक्ष्मी मादेन, समाजसेवी राजेश श्रेष्ठ, व्यवसायी सूर्य भट्टराई, साहित्यकार पुरन याक्खा लगायत रहेको बताइएको छ।
पवित्र सुब्बा सम्मान साँझमा गायिका भूमा अधिकारी र गायक कृष्णराजा श्रेष्ठले सुब्बाका गीतहरू प्रस्तुत गरेका थिए। सम्मान ग्रहण पश्चात् गायिका सुब्बाले समेत आफ्ना लोकप्रिय गीतहरू सुनाएकी थिइन्।
इटहरी सेन्ट्रल प्लाजाको चौथो तलामा रहेको होटल बरण्डामा सम्पन्न सम्मान साँझ समारोहमा सर्जकहरू राजु केसी, जेबि थुलुङ, मणि गुरुङ, रामप्रसाद खरेल, गीताप्रसाद श्रेष्ठ, दुर्गा पराजुली, कविता पाँचकोटी, मोहन तिम्सिना, लक्ष्मीप्रसाद पराजुली, प्रदीप रेग्मी, श्रीप्रसाद पोखरेल, सुविद गुरागाईँ, अभिनेत्री एवम् भिडियो निर्देशक कला सुब्बासहित धरान,विराटनगर, सुन्दरहरैँचा, पथरी, उर्लाबारी, दमक, बराहक्षेत्र, मिक्लाजुङ, बेलबारी, इनरुवा, रामधुनी, धनकुटा, सङ्खुवासभा तथा इटहरीका स्रोता-दर्शकको सहभागिता रहेको थियो।
गीतकार एवम् कवि केपी घिमिरेको आयोजनामा नझरेका फूलहरूले विगत एघारवर्षदेखि स्रष्टा सम्मान, प्रस्तुति र पलेँटी शृङ्खला सञ्चालन गर्दै आइरहेको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login