Connect with us
Advertisement

विराटनगर जेसीजको कार्यक्रममा कलाकार दीपाश्री निरौलालगायत सम्मानित

Published

on

विराटनगरः विराटनगर जेसीजको साताव्यापी कार्यक्रमअन्तर्गत शनिबार भएको पहिलो कार्यक्रममा पर्यटन वर्ष २०२० का कार्यक्रम संयोजक जेसी देवचन्द्र घिमिरे उत्कृष्ट कार्यक्रम संयोजकसहित निवा अवार्डद्वारा सम्मानित भए ।

विराटनगर घर भएका र समाजमा ख्यातिप्राप्त युवालाई बर्सेनि गरिँदै आएको जेसीज सम्मानद्वारा सिनेजगतबाट कलाकार दीपाश्री निरौला सम्मानित भइन् । युवा उद्योगीको तर्फबाट प्रकाश मुन्दडा तथा सङ्गीत क्षेत्रबाट स्मृति ब्याण्डलाई सम्मान गरिएको हो ।

सो कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेल, निवर्तमान अध्यक्ष श्रीधर बस्याल, पूर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारी, कार्यकारिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल, अमिष ढकाल, रबिन पोख्रेल लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीको बाक्लो उपस्थिति रहेको थियो ।

गिनिज बुक वल्र्ड रेकर्डस् सौगात बिष्ट, गायक सुमित खड्का, सिद्धार्थ शाहलगायतले कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इटहरीमा ‘नीलो प्रेम’ उपन्यासका लेखक पुरुषोत्तम बजगाईँको स्वागत

Published

on

अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो। माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्र्साद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जि पी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो। लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो। नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्री गरिएको थियोे। भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ।

Continue Reading

Banner

कोसी साहित्य–कला परिषद्को नयाँ पहल : बौद्धिक श्रमको अनिवार्य मूल्यांकन सुरु

Published

on

मोरङको बेलबारीमा आयोजित पहिलो औपचारिक कार्यक्रममा ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले अबदेखि कुनै पनि बौद्धिक तथा सिर्जनात्मक काम बिनाशुल्क नगर्ने नीति घोषणा गरेको छ। अध्यक्ष केशु विरहीले साहित्य, कला र सिर्जनामा लागेको मेहनतको उचित मूल्यांकन हुनुपर्ने भन्दै संस्थाले गराउने प्रत्येक बौद्धिक कार्यमा न्यूनतम पारिश्रमिक अनिवार्य रूपमा दिने बताएका छन्।

यही अभियानको थालनीस्वरूप कार्यक्रममा सहभागी विमर्शकहरूलाई जनही एक–एक हजार रुपैयाँ र साहित्यिक पुस्तक प्रदान गरिएको थियो। वक्ता, कवि तथा कलाकारलाई पनि साहित्यिक कृतिमार्फत मायाको चिनो दिइयो।

कार्यक्रममा साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि केन्द्रित विशेष विमर्श गरियो, जसमा समीक्षक डा. दीपकप्रसाद न्यौपाने, मिश्र बैजयन्तीलगायतले सुवेदीका साहित्यिक पाटाबारे विशद् प्रस्तुत गरे।

वरिष्ठ साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा नगर प्रमुख दिलप्रसाद राई, विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा स्थानीय स्रष्टाको व्यापक उपस्थिति थियो। सुवेदीका कविता वाचन तथा उनका गीतहरू प्रस्तुत गरिएकाले कार्यक्रम कला–साहित्य दुवै पक्षबाट जीवन्त बनेको थियो।

संस्थाले आगामी दिनमा अग्रज सम्मान, युवा अभिप्रेरणा, साहित्य–कला ग्रामको अवधारणा, साहित्यको बजारीकरण र अन्तर्राष्ट्रियकरणजस्ता विस्तृत कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Continue Reading

Banner

श्रेष्ठको प्रस्तुति,भट्टराईलाई सम्मान

Published

on

नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् ।

मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल विधामा कलम चलाउने गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहने गरि ‘स्रष्टासँग शनिवार’ कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रममा कवि सोम भट्टराईलाई सम्मान गरिनेसमेत घिमिरेले बताएका छन् ।

खोर्साने स्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा श्रेष्ठ र भट्टराईसहित अन्य स्रष्टाका रचना समेत प्रस्तुत गरिने तयारी गरिएको छ। इटहरी, बेलबारी, केराबारी,धरान, विराटनगर, पथरी, ग्रामथान, लेटाङ, मिक्लाजुङ, उर्लाबारी लगायतका विभिन्न ठाउँबाट सहभागी स्रष्टाहरूलाई प्रतिनिधिमूलक ढंगले फुटकर रचनावाचनमा सहभागी गराउने आयोजकको भनाइ छ।

साहित्य,कला र सङ्गीतप्रेमी हरेक दर्शक-स्रोताले उपस्थिति जनाउन पाउने र कुनै प्रवेश शुल्क नराखिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रममा गीतसङ्गीतको समेत प्रस्तुति रहनेछ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक