कला / साहित्य
चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल
काठमाडौंः चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् । बिहीबार मन्त्री परिषद्को बैठकले दाहाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । ०७६ मंसिर २९ तत्कालीन अध्यक्ष केशव भट्टराईको असमायिक निधन भएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि १० जनाको दरखास्त परेको थियो ।
नवनियुक्त बोर्ड अध्यक्ष दाहालले फिल्म क्षेत्रमा देखिएको बेथितिलाई हटाउन पहल गर्ने बताएका छन् । कोरोना भाइरसले ठप्प बनाएको चलचित्र क्षेत्रलाई प्रभावकारी ढंगले क्रियाशील बनाउनेतिर बोर्ड केन्द्रित रहने उनको भनाइ छ । आफ्नो कार्ययोजना नै मन्त्रालयमा पेश गरेका दाहालले कोरोना भाइरसको जोखिम सकिएलगत्तै बृहत अन्तरक्रिया गरी कार्ययोजना सार्वजनिक गरिने पनि बताएका छन् ।
Facebook Comment
Banner
बुढासुब्बा गोल्डकप माघ २२ देखि शुरू हुने
हरेक वर्ष धरानमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ ।
धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । हिजो पत्रकार सम्मेलनमार्फत गएको वर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।
यस वर्ष प्रतियोगितामा एनआरटी क्लब काठमाण्डौै, चर्च ब्वाइज क्लब काठमाण्डौ, नेपाल पुलिस क्लब काठमाण्डौ, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लबपोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाण्डौ, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
Banner
नझरेका फूलहरूको गजल मुशायरा सम्पन्न
नझरेका फूलहरूले विराटचोकमा बुधवार पोएट्री कन्सर्ट एण्ड गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
गीतकार तथा गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहेको गजल मुशायरामा श्रेष्ठले आधा दर्जन गजल सुनाउनुभयो।श्रेष्ठको प्रस्तुतिमा दर्शकले जोडदार ताली र हुटिङसहित मनोरञ्जन लिएका थिए।
त्यस्तै पोएट्री कन्सर्टका लागि आयोजना गरिएको कार्यक्रममा अंशु बस्नेत, शिक्षा खनाल, अनु धिमाल र शान्ता चेमजोङ लिम्बूले समेत बेजोड प्रस्तुति राखेको बताइएको छ।
साहित्यकार पुरन याक्खा,नाट्यकर्मी भरत बर्बरिक,गीतकार गीताप्रसाद श्रेष्ठ, गजलकार यादव भट्टराई, कवि सोम भट्टराई, राजनीतिकर्मी कमलादेवी अधिकारी, सुरेन्द्रबहादुर थापा, मनमाया तामाङ, कविता न्यौपाने बजगाईँ, हिमालय बोर्डिङ स्कुलका प्रिन्सिपल कमल खनाल, शिक्षासेवी सुलोचना अधिकारी, सुजिता राई, युवा नेता मोहन रेग्मी, धनु तामाङ, लीला ढुंगाना, गीता थापा, सीता छाराहाङ त्यस्तै इन्द्रपुर जुनियर जेसिज वर्ष २०२६ का लागि अध्यक्ष रेजिना आचार्य लगायतका दर्शकहरूको सहभागिता रहेको थियो।
नझरेका फूलहरूले उद्घोषण तथा भाषणकला तालिम समापनको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
वृषिका तुम्छाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार पुरन याक्खा रहनुभएको प्रस्तोता केपी घिमिरेले जानकारी दिनुभयो। स्वागत मन्तव्य मनु तामाङले राख्नुभएको थियो।
Banner
इटहरीमा ‘नीलो प्रेम’ उपन्यासका लेखक पुरुषोत्तम बजगाईँको स्वागत
अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो। माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्र्साद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जि पी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो। लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो। नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्री गरिएको थियोे। भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login