खेलकुद
माईभ्यालीको अध्यक्षमा पुनः चेम्जोङ
इलामः माईभ्याली फुटबल क्लबको अध्यक्षमा पुनः धिरेन चेम्जोङ निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा भएको दोस्रो अधिवेशनबाट चेम्जोङको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा दिनेश काफ्ले, महासचिवमा विनोद श्रेष्ठ, कोषाध्यक्षमा कमल सुवेदी र सचिवमा राजेश पराजुली रहेका छन् । सदस्यमा महेश श्रेष्ठ, मुकेश दाहाल, राजकुमार श्रेष्ठ, जीवन देवान, वीरेन्द्र देवान, विप्लव कोइराला, सविता पाण्डे, मनिषा अधिकारी, आनन्द भक्तराज रहेका छन् ।
त्यसैगरी, अन्य सदस्यमा छेतेन शेर्पा, साङ्गे योल्मो, कविन्द्र राई, सुलोचना भक्तराज, सुमन राई, सुरेन्द्र राई, सजितसिंह खत्री, बुद्धिमान राई र दिपेश श्रेष्ठ चयन भएका छन् ।
क्लबले ७ सल्लाहकार समितिसमेत चयन गरेको छ । समितिमा महेश बस्नेत, राजकुमार भक्तराज, राम खत्री, घनेन्द्र भक्तराज, इन्द्र फुयल, ध्रुव भक्तराज र तिलक ठकुरी रहेका छन् । मंगेश बस्नेतको संयोजकत्वमा दर्शन भक्तराज, याम राई, राजु थापा मगर र महेश खड्का सदस्य रहेको प्राविधिक समिति गठन गरिएको छ ।
Facebook Comment
Banner
आईसीसी महिला टी–२० छनोटमा थाइल्याण्डसँग नेपालको हार
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्याण्डले नेपाललाई ८ विकेटले हराएको हो ।
नेपालले जितका लागि दिएको १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा ग¥यो ।
थाइल्याण्डका नथाकन चन्थामले सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै, नन्नापात कोनचारोयकाईले ३२, अफिसरा सुवानचोनराथीले २८, रन बनाइन् । नेपालकी सीता रानामगरले दुई विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।
नेपालकी विन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् । यस्तै, सम्झना खड्काले २६, रुवीना क्षेत्रीले १७ तथा पूजा महतोले १२ रन जोडे ।थाइल्याण्डकी थिपात्चा पुथावङले तीन, ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोङ्ग्रातानाले एक–एक विकेट लिए ।प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन् ।
Banner
नेपालले थाइल्यान्डसामु १२३ रनको लक्ष्य प्रस्तुत गर्यो
आईसीसी महिला टी– २० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा पूरै विकेट गुमाएर १२२ रना बनायो ।
नेपालका लागि विन्दु रावलले ४४, सम्झना खड्काले २६ र उपकप्तान पूजा महतोले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् थाइल्यान्डका लागि थिपाचा पुथावोङले ४ विकेट लिइन् ।
Banner
आईसीसी टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोली बिदाइ
आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीलाई बिदाइ गरेको हो। विश्वकपअघि नेपाली टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुई वटा अभ्यास सिरिज खेल्नेछ। श्रीलंका ‘ए’ टोली र मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास सिरिज तय भएसँगै टोली केही समयअघि नै विश्वकप यात्रामा निस्कन लागेको हो। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको उल्लेख गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीले विश्वकपमा राम्रो खेल प्रदर्शन गर्दै सकारात्मक नतिजा ल्याउने आशा रहेको बताए। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि नेपाली टोलीले विश्वकपमा देशको नाम उजागर गर्ने गरी खेल्ने विश्वास व्यक्त गरे।
आईसीसी टी–२० विश्वकप क्रिकेट फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगितामा नेपाल समूह ‘सी’ मा परेको छ।
सो समूहमा नेपालसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login