सुनचाँदी
आज मंसिर १ गतेको सुनचाँदीको भाउ
Banner
लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो
सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।
सुनको भाउ आज तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Banner
आज सुनमा उच्च वृद्धि, तोलामा ४ हजार ३०० रुपैयाँ बढ्यो
हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ ।
हिजो १ हजार ५ सय रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ४ सय रुपैयाँ थियो ।
यस्तै हिजो तोलामा ५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलामा १ सय ८० रुपैयाँले बढेर तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ८० रुपैयाँ थियो ।
Banner
सुन बढ्दा चाँदीले तोड्यो रेकर्ड
आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले तोलामा २१० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो। चाँदीले पुस २३ गते कायम रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएकाे हो। पुस २३ गते चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा काराेबार भएकाे थियाे।

-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login