सुनचाँदी
सुनको भाउ स्थिर, चाँदीको १० रुपैयाँ घट्यो
विराटचोकः नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ प्रति तोला १० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हिजोकै मूल्य हो । त्यस्तै असली चाँदी भने प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । जुन हिजोको मूल्यभन्दा तोलामा १० रुपैयाँ कम हो ।

Facebook Comment
Banner
सुनको मूल्य नयाँ कीर्तिमानमा
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ । सो दिन तिहारको बिदाका कारण नेपालमा मूल्य समायोजन हुन पाएको थिएन । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य तोडिएको महासंघले जनाएको छ । चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।
Banner
तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको भाउ घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि असोज ३१ गते सुनको भाउ नेपालमा हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ।
चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ । असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
Banner
३ सयले बढ्यो सुनको मूल्य
आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य शुक्रबार प्रतितोला २३ सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार शुक्रबार बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य आइतबार ४० रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला चाँदी शुक्रबार २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login