Connect with us
Advertisement

सुन्दरहरैचाको वडा नं १२ मा असार १४ देखि टोलटोलमा सामाजिक सुरक्षा भत्ता

Published

on

विराटचोकः सुन्दरहरैचा नगरपालिकाको वडा नं १२ ले असार १४ गतेदेखि टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

सनराइज बैंकको सहकार्यमा सुन्दरहरैचा नगरपालिकाको वडा नं १२ ले आर्थिक वर्ष २०७६÷७७ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । कोरोना भाइरस कोभिड १९ को कारणले गर्दा बैंकमा हुने भीड साथै स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै र ज्येष्ठ नागरिकहरूको सुविधाको निम्ति सहज होस् भनी भत्ता वितरण गर्न लागेको सुन्दरहरैचा नगरपालिका वडा नं १२ का सचिव अनिल पोखरेलले बताए ।

वडा कार्यालयका अनुसार असार १४ गते आइतबार शुक्रबारे प्रणाम टोल, १५ र १६ गते खोर्साने टोल, १७ गते क्याम्पस टोल, १८ गते संगम टोल, १९ र २१ गते सिद्धेश्वर टोलमा भत्ता वितरण गरिने भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निर्वाचन माहोलले सेयर बजारमा उत्साह, सबै सूचक हरियो

Published

on

मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २० करोडको कारोबार भएकोमा आज ८ अर्ब ४० करोडको भयो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेद्वार घोषणा गरिरहेका छन् । जसले चुनावप्रतिको विश्वास बढेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.७३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढे ।

४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स छन् । त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ८.७८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् छन् ।

Continue Reading

Banner

होटल फरेष्ट इन लिमिटेडको आईपीओ बिक्रीमा

Published

on

होटल फरेष्ट इन लिमिटेडले आज (माघ ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्दा लागेको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

Continue Reading

Banner

माघमा पनि घट्यो ब्याजदर

Published

on

वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको समस्याले लागातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरूले माघ महिनाका लागि त्यसलाई निरन्तरता दिएका हुन् ।

२० मध्ये १२ वटा बैंकले पुस महिनाको तुलनामा माघ महिनाका लागि ब्याजदर घटाएका छन् । ७ वटाले स्थिर राखेका छन् भने प्राइम बैंकले सामान्य बढाएको छ । बैंकले दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा शून्य दशमलव १४९५ प्रतिशत विन्दुले झरेको छ ।

पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४  दशमलव ८५ प्रतिशत रहेकोमा माघमा यस्तो औसत ब्याजदर ४ दशमलव ७ प्रतिशतमा झरेको छ ।

माघ महिनामा सबैभन्दा धेरै ब्याज ग्लोबल आईएमई बैंकले ५ दशमव ५ प्रतिशत दिनेछ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत दिनेछ । बैंकहरूसँग ११ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ ।

कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले ३ प्रतिशत र २ दशमलव ६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् । वित्तीय प्रणालीबाट राष्ट्र बैंकले ८ खर्ब ७३ अर्ब रूपैयाँ खिचिसकेको भए पनि बैंकमा लगानी योग्य रकम पर्याप्त छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक