Connect with us
Advertisement

विराटचोकमा अल्लोको १ महिने कपडा बुनाइ तालीम सम्पन्न

Published

on

विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा अल्लो कपडा बुनाइसम्बन्धी १ महिने तालीम सम्पन्न भएको छ ।

लुमा घरेलु अल्लो कपडा उद्योगको आयोजना तथा प्रदेश सांसद राजकुमार ओझाको प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमको सह आयोजनामा अल्लोको कपडा बुनाई तालीम सम्पन्न भएको हो ।

जेठ २० गतेदेखि शुरु भएको तालीम आज असार २० गते समापन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद राजकुमार ओझाले संघीय, प्रदेश र स्थानीय सरकारले अल्लोलगायतका स्थानीय कच्चा पदार्थबाट सञ्चालन हुने घरेलु उद्योगलाई सहयोग गर्नुपर्ने बताए । राष्ट्र सेवक कर्मचारीले घरेलु उद्योगमा बनेका कपडा लगाउनुपर्ने नीति बनाउन सके घरेलु उद्योगको विकास हुने उनको भनाइ थियो ।

सीप सिकेपछि उद्यमी बन्न पनि तयार हुनुपर्ने उनले प्रशिक्षार्थीलाई सुझाव दिए । उद्योग मन्त्रालय र साना तथा घरेलु उद्योग कार्यालयका वेबसाइटमार्फत् तालीमसम्बन्धी जानकारी लिन सकिने उनको भनाइ थियो ।

विशेष अतिथिको आसनबाट बोल्दै सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले तालीममा सिकेको सीपको उपयोग गर्नुपर्ने बताए । सीप सिकेको प्रमाणपत्र एउटा हतियार भएको हुनाले यसको प्रयोग गर्न सधैँ तयार हुनुपर्ने उनको भनाइ थियो । अल्लोको कपडा लगाएमा संस्कृतिको जगेर्ना हुने पनि उनले बताइन् । महिला हिंसा हटाउन यस्ता सीप सहयोगी हुने उनको भनाइ थियो ।

कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष अशोक राईले यस्ता तालीम सञ्चालन र तालीमपछि सिकेको सीपको उपयोगिताको बारेमा अनुगमन भएमा नगरमा धेरै उद्यमी थपिने बताए । लघु उद्यमीलाई राहत दिने खालका कार्यक्रम ल्याउन राज्यले चासो नदिएको उनको आरोप थियो । अल्लो कपडाको बजारीकरण गर्न आफू पश्चिम नेपालसम्म पुगेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रशिक्षक फूलमाया तामाङ तथा प्रशिक्षार्थी सरस्वती गिरी र सीताकुमारी कन्दङ्वाले पनि आफ्नो अनुभव राखेका थिए । आयोजक संस्थाकी सञ्चालक सीता राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सरोज घिमिरेले गरेका थिए । तालीममा १५ जना प्रशिक्षार्थी सहभागी थिए ।

  

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गछिया जेसीजको अध्यक्षमा नवीन बराल

Published

on

 गछिया जेसीसको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन । सनिवार भएको निर्वाचनमा १०० मतका साथ उनी निर्वाचित भएका हुन । उनका प्रतिसपर्धी पुस्पा ढुङेल सिग्देलले ४१ ले मत प्राप्त गरेको निर्वाचन आयुक्त रबिन सिटौलाले जानकारी दिए । यस्तै कार्यकारीणी उपाध्यक्षमा निस्चल घिमिरे र रोहित लिम्बु निर्वाचित भएका छन । निर्वाचनमा घिमिरेले ९८ मत पाउँदा लिम्बुले ९७ मत प्राप्त गर्दै कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भए । ५३ मत प्राप्त गरेका सुधन भट्टराई भने उपबिजेता बनेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी उपाध्यक्षहरुमा आयुसदीप रिजाल, जानुका धमला, राजुबाबु ढकाल, बिजय ओझा निर्विरोध निर्वाचित हुदा सचिबमा रिजन पोखरेल र जनसम्पर्क अधिकारिका रुपमा देबराज पोखरेल निर्बिरोध निर्वाचित भएको निर्वाचन आयुक्त सिटौलाले जानकारी दिए ।

अध्यक्ष पदमा निर्वाचित भएका बरालले गछिया जेसीसका सम्पूर्ण सदस्यको मनोभावना अनुसारको काम गर्ने बताएका छन । निर्वाचनमा हारजीत स्वभाविक रहेको बताएका उनले आफ्नो कार्यकालमा गछिया जेसीसको भवन निर्माण हुने उल्लेख गरे । बरालले नवराज पोखरेललाइ महासचिव, कमल दाहाल कोषाध्यक्ष र कमल ढुंगाना कानूनी सल्लाहकार, सुजन बाह्रकोटी सह सचिब, ज्ञाननाथ ढकाल तालिम आयुक्त र रमा फूयललाई महिला संयोजकका रुपमा मनिनित समेत गरेर आफ्नो बोर्डलाई पूर्णता दिएका छन ।

Continue Reading

Banner

एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास

Published

on

धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।

सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।

सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।

कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक