Connect with us
Advertisement

बेलबारीका आगलागीपीडितलाई नगरपालिकाको राहत

Published

on

बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर ११ का आगलागीपीडित परिवालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ ।

आगलागीपीडित हरि सुवेदीको परिवारलाई लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा लगायतका सामग्री हस्तान्तरण गरेको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए । सो आगलागीमा १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

शनिबार बिहान बजे ३ तिर आगलागी हुँदा ८ तोला सुन, ४० हजार नगद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो बेलबारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चार दिनपछि सम्हालियो सेयर बजार, बढ्यो कारोबार

Published

on

अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंक बढ्यो ।

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो ।

कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे ।

विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटे ।

Continue Reading

Banner

सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक

Published

on

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ ।  महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

Continue Reading

Banner

सुनको मूल्यमा १ लाख ९१ हजार रुपैयाँको नयाँ कीर्तिमान

Published

on

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक