Connect with us
Advertisement

सुन्दरहरैंचा वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका कामको बारेमा सेवाग्राहीलाई जानकारी दिनुका साथै वडावासी र जनप्रतिनिधि तथा कर्मचारीबीच अन्तरक्रिया होस् भनेर सार्वजनिक सुनुवाइ गरिएको वडा कार्यालयले जनाएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागीले उठाएका प्रश्नको वडाध्यक्ष रोशनप्रसाद ढकाल, वडा सचिव अनिल पोखरेल तथा नगरपालिकाका इञ्जिनियरलगायतले जवाफ दिएका थिए । सहभागीले वडामा पानीको निकासको समस्या रहेको बताएका थिए । कोरोनाका कारण ढिलो सम्झौता भएका योजनाको काम यो आर्थिक वर्षमा नसकिने भएकाले ती समस्या कसरी समाधान गर्ने भन्ने समस्या आएको सहभागीको भनाइ थियो । त्यस्तै, वडा कार्यालयमा हेल्प डेस्कको स्थापना गर्न लागत साझेदारीमा पटकपटक उपभोक्ता सामेल हुनुपर्दा समस्या परेको सहभागीको भनाइ थियो ।

सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै वडाध्यक्ष ढकालले पहिल्यै घर निर्माण भइसकेका कारण पानीको निकासको समस्या भएको बताए । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर वडा र नगरले चासो दिइरहेको उनले बताए । स्थानीय सरकारसँग सम्झौता भई काम भइरहेका विकास निर्माणका योजनालाई क्रमागत योजनामा राख्न सकिने पनि उनले वडावासीलाई जानकारी दिएका थिए । आवश्यक परेमा हेल्प डेस्क राखिने जानकारी दिँदै लागत साझेदारीको रकम वर्षैपिच्छे घटिरहेको उनले वडावासीलाई जानकारी दिएका थिए । सामाजिक संस्था, पाटी, पौवा, सुकुम्बासी बस्तीमा लागत साझेदारी नलाग्ने पनि उनले जानकारी दिए ।

विराटचोक–घिनाघाट सडकमा जग्गा परेका वडावासीले सो सडकको पनि राजस्व तिर्नुपरेको विषयमा पनि सहभागीले प्रश्न उठाएका थिए । त्यसको जवाफ दिँदै वडाध्यक्ष ढकालले विराटचोक– घिनाघाट ४ लेन सडकको भर्खरै मापदण्ड बनेकाले अब लगत कट्टा हुने हुनाले वडावासीले सडकको राजस्व तिर्नु नपर्ने बताए ।
विराट मिडिया एण्ड एडभरटाइजिङ प्रालिको सहजीकरण तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तहमा सेवाग्राहीका रुपमा आएका सर्वसाधारण नागरिकहरुप्रति सेवा प्रदायक निकायबाट प्रदान गरिएका सेवा, सुविधाहरु, उपभोक्ता समिति गठन प्रक्रिया, विकास निर्माण तथा हरहिसाब फरफारक लगायतका विषयमा सेवाग्राहीले राखेका जिज्ञासको जवाफ दिइएको थियो ।

जनगुनासोलाई सार्वजनिक स्थलमै दोहोरो संवादबाट स्पष्टता गर्ने, सेवाग्राहीहरुबाट प्राप्त सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै वडाबाट गरिने विकास निर्माणका कार्यहरुलाई अझ प्रभावकारी बनाई जिम्मेवार बनाउने प्रतिबद्धता गर्ने कार्यमा सार्वजनिक सुनुवाइले सहयोग गरेको वडा नम्बर १२ का अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा वडा सदस्यहरु देवीकुमारी ढकाल, दिलिप दाहाल, गणेश फुयाल, प्रमिला अछामी, वडा सचिव अनिल पोख्रेल, इन्द्रपुर स्वास्थ्य चौकीका इञ्चार्ज लीलामणि दाहाल, इञ्जिनियर राकेश रोशन, सब इञ्जिनियर प्रदीप राई अतिथि रहेका थिए ।

सुकुना टोल विकास संस्थाका अध्यक्ष ओम खतिवडा, सिद्धेश्वर टोल विकास संस्थाका अध्यक्ष डिल्लीरमण घिमिरे, संगम टोल विकास संस्थाका अध्यक्ष माधव दाहाल, शुक्रबारे टोल विकास संस्थाका अध्यक्ष टीका सुवेदी, खोर्साने टोल विकास संस्थाका अध्यक्ष केदार लुइँटेल लगायत कार्यक्रममा उपस्थित थिए ।

इलाका प्रहरी कार्यालयका प्रतिनिधि डिकबहादुर बिक, वडावासी तथा सञ्चारकर्मी सहभागी भएको कार्यक्रममा उपस्थित सहभागीलाई मास्क पनि वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिका सचिव ज्ञाननाथ ढकालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक