Connect with us
Advertisement

महिला भलिबल टिमलाई वाणिज्य बैंकको सम्मान

Published

on

काठमाडौंः बङ्गलादेशमा हालै सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा पहिलो स्थान हात पार्न सफल महिला भलिबल टिमलाई राष्ट्रिय वाणिज्य बैंकले आज एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

वाणिज्य बंैकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले खेलाडीहरूलाई सम्मान गरेका थिए ।

भलिबलको लागि पहिलो ठूलो प्रायोजकको रूपमा रहेको वाणिज्य बैकले नेपाल भलिबल सङ्घलाई दुई वर्षका लागि २२ लाखको सहयोग गर्दै आएको छ ।

महिला टिम तथा सङ्घलाई बधाई दिँदै कार्यकारी अधिकृतले वाणिज्य बंैकले गरेको लगानीको प्रतिफल नेपाली टोलीले छिटै नै प्रदान गरेको बताए ।

कार्यक्रममा भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्माले नेपाली महिला भलिबल टिमले पहिलो सेन्ट्रल जोन प्रतिस्पर्धाको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको बताए ।

सोही अवसरमा नेपाली महिला भलिबल टिमलाई मलेसियाका खेल सामग्रीका व्यापारी स्टुवार्टले दुई सेट जर्सी प्रदान गरेका थिए ।

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Published

on

बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो।

पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो।

Continue Reading

Banner

इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ ।

Published

on

इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ ।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले  ।

Continue Reading

Banner

लिभरकुसनले पहिलो पटक जित्यो बुण्डेसलिगाको उपाधि

Published

on

लिभरकुसनले पहिलो पटक जित्यो बुण्डेसलिगाको उपाधि
बायर लिभरकुसनले यस सिजनको जर्मनी बुण्डेसलिगाको उपाधि जितेको छ । गएराती सम्पन्न वेरडेरविरुद्धको खेल ५-० गोल अन्तरले जितेसँगै लिभरकुसनले यो सिजन अपराजित रहदै जितेको हो ।
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक