कोशी प्रदेश
सुन्दरहरैंचा, बेलबारी र केराबारीका सामुदायिक वन पुरस्कृत
विराटचोकः मोरङका ३ ओटा सामुदायिक वनलाई डिभिजन वन कार्यालय मोरङले पुरस्कृत गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाभरिका सामुदायिक वनको व्यवस्थापन, नयाँ बिरुवाको पुनःउत्पादन संरक्षण र वृद्धिको व्यवस्थापन, वन पैदावारको उपयोग र वितरण, कोषको सदुपयोग, निर्णय प्रक्रियामा पारदर्शिता र समूहको सुशासनको मापनको आधारमा ती वन पुरस्कृत भएका हुन् ।
डिभिजन वन कार्यालयमा कार्यक्रम आयोजना गरी बेलबारीको रमिते सामुदायिक वनलाई प्रथम, केराबारी गाउँपालिका स्थित हिमचुली सामुदायिक वनलाई दोस्रो र सुन्दरहरैचा नगरपालिकास्थित जनजागरण सामुदायिक वनलाई तेस्रो पुरस्कार दिइएको हो । पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई.१० हजार, ८ हजार र ६ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको हो । जिल्लाका १ सय ३४ सामुदायिक वनहरुमध्ये तोकिएको मापदण्डहरुका आधारमा पहिले पुरस्कृत नभएका वन समूहहरु मध्येबाट यी समूहहरुलाइ उत्कृष्ट तीनको रुपमा छनोट गरिएको थियो ।
ती समूहहरुले वन ऐन, नियम र कार्ययोजनाबमोजिम नै वन व्यवस्थापन गरिरहेको यो पुरस्कार र सम्मानले अन्य समूहहरुलाई पनि अब्बल रूपमा कार्य गर्न हौसला प्राप्त होस भन्ने उद्देश्यले प्रत्येक वर्ष पुरस्कृत गरिँदै आएको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामलखन ठाकुरले बताए ।
सो कार्यक्रममा प्रदेश नम्बर १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवको प्रमुख आतिथ्यता रहेको थियो ।
Facebook Comment
Banner
गछिया जेसीजको अध्यक्षमा नवीन बराल
गछिया जेसीसको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन । सनिवार भएको निर्वाचनमा १०० मतका साथ उनी निर्वाचित भएका हुन । उनका प्रतिसपर्धी पुस्पा ढुङेल सिग्देलले ४१ ले मत प्राप्त गरेको निर्वाचन आयुक्त रबिन सिटौलाले जानकारी दिए । यस्तै कार्यकारीणी उपाध्यक्षमा निस्चल घिमिरे र रोहित लिम्बु निर्वाचित भएका छन । निर्वाचनमा घिमिरेले ९८ मत पाउँदा लिम्बुले ९७ मत प्राप्त गर्दै कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भए । ५३ मत प्राप्त गरेका सुधन भट्टराई भने उपबिजेता बनेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी उपाध्यक्षहरुमा आयुसदीप रिजाल, जानुका धमला, राजुबाबु ढकाल, बिजय ओझा निर्विरोध निर्वाचित हुदा सचिबमा रिजन पोखरेल र जनसम्पर्क अधिकारिका रुपमा देबराज पोखरेल निर्बिरोध निर्वाचित भएको निर्वाचन आयुक्त सिटौलाले जानकारी दिए ।
अध्यक्ष पदमा निर्वाचित भएका बरालले गछिया जेसीसका सम्पूर्ण सदस्यको मनोभावना अनुसारको काम गर्ने बताएका छन । निर्वाचनमा हारजीत स्वभाविक रहेको बताएका उनले आफ्नो कार्यकालमा गछिया जेसीसको भवन निर्माण हुने उल्लेख गरे । बरालले नवराज पोखरेललाइ महासचिव, कमल दाहाल कोषाध्यक्ष र कमल ढुंगाना कानूनी सल्लाहकार, सुजन बाह्रकोटी सह सचिब, ज्ञाननाथ ढकाल तालिम आयुक्त र रमा फूयललाई महिला संयोजकका रुपमा मनिनित समेत गरेर आफ्नो बोर्डलाई पूर्णता दिएका छन ।
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login