अपराध
लागूऔषध ट्याब्लेटसहित २ जना पक्राउ
विराटचोकः मोरङको रतुवामाई नगरपालिका–२ बाट लागूऔषध ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी डोरियाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो साढे ४ बजे उर्लाबारी नगरपालिका–५ का २२ वर्षीय विवश तामाङ र २१ वर्षीय सुरज बिकलाई लागूऔषध ट्याब्लेटसहित पक्राउ गरेको हो ।
निजहरुको साथबाट नाइट्रोभेट ट्याब्लेट ८ पत्ता र एसपी ट्याब्लेट ३ पत्ता बरामद भएको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Facebook Comment
Banner
राष्ट्र बैंकको सर्भरमा १५ हजार पटक साइबर आक्रमण, ह्याक गरेर डेटा ‘डार्क वेब’मा अक्सन
नेपाल राष्ट्रबैंकको सर्भरमा ६ महिनाको अवधिमा एकै व्यक्तिले १५ हजार पटक साइबर आक्रमण गरेको पाइएको छ ।
राष्ट्रबैंकको बेवसाइट र वेब एप्लिकेशनहरूमा साइबर आक्रमण भएको भन्दै उजुरी परेपछि केन्द्रीय साइबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा १५ हजार पटकसम्म आक्रमण भएको खुलेको हो ।
राष्ट्रबैंकको सर्भर ह्याक गरेको आरोपमा साइबर ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ३० फागुनमा नवराज लामिछानेलाई पक्राउ गरेको थियो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ घर भई पोखराको बिरौटा बस्दै आएका २६ वर्षीय लामिछानेलाई काठमाडौं ल्याएर ब्यूरोले अनुसन्धान गरेको थियो । कम्प्युटर इन्जिनियरिङमा स्नातक पास गरेर पोखराकै एक स्कुलमा कम्प्युटर शिक्षकको रुपमा कार्यरत उनले पटक पटक राष्ट्र बैंकमाथि साइबर आक्रमण गरेका थिए ।
Banner
काठमाडौंको बलम्बु प्रहरी प्रभाग इन्सपेक्टरले चलाए गोलि, बडीगार्ड र सेवाग्राही घाइते
काठमाडौंको बलम्बु प्रहरी प्रभागका इन्चार्जले आइतबार साँझ गोली चलाएका छन्। इन्सपेक्टर सुरेन्द्र श्रेष्ठले पेस्तोलको गोलि निकाल्न नसकेपछि पड्काइदिएका हुन्।
उनले गोलि चलाउँदा उनकै बडीगार्ड र सेवाग्राही घाइते भएका छन्।
इन्स्पेक्टर श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका पेस्तोलको गालि निकाल्न प्रयास गरेको र ननिस्किएपछि पड्काइदिएको प्रहरीले जनाएको छ।
बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। उनी र सेवाग्राहीकै एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।
Banner
बम बनाउने विस्फोटक पदार्थसहित माओवादी केन्द्र झापा सचिव मिश्र इटहरीबाट पक्राउ
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login