खेलकुद
नियमविपरीत कुनै गतिविधि नगर्न नेपाल बक्सिङ संघको अनुरोध
काठमाडौंः नेपाल बक्सिङ संघको २०७६ साउन २५ को निर्णय एवं राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरीत संघको नामबाट झुटा प्रतिनिधि भन्दै जिल्ला संघ गठन गरेको भन्दै संघको ध्यानाकर्षण भएको बताइएको छ ।
कोरोनाको सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै देशमा कुनै पनि प्रकारको खेलकुदका गतिविधि लगायत संघसंस्थाको कुनै पनि कार्यक्रम अर्काे सूचना नआएसम्मको लागि नगराउन संघले मातहतका जिल्ला\प्रदेश बक्सिङ्ग संघलाई जानकारी गराएको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषदको निर्देशन र नेपाल बक्सिङ संघको अनुमति बिना गठन गरिएका जिल्ला, प्रदेश संघहरुलाई केन्द्रीय बक्सिङ्ग संघको मान्यता नहुने समेत जिल्ला, प्रदेश बक्सिङ, खेलाडी प्रशिक्षकलाई अनुरोध गरिएको छ । संघका अध्यक्ष राम अवालेले विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।
Facebook Comment
Banner
इन्टर मिलानले जित्यो इटालियन सिरी ए को उपाधि
इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो ।
इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए । यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए ।
Banner
एफए कपको उपाधिका लागि सिटी र युनाइटेड भिड्ने
म्यानचेस्टर युनाइटेडले कोभेन्ट्री सिटीलाई तीन गोलको अग्रता गुमाएपनि पेनाल्टी सुटआउटमा जित निकाल्दा एफए कप फुटबलको उपाधिका लागि सिटीसँगको भेट पक्का गरेको छ।
लगातार दोस्रो पटक एकअर्काविरुद्ध फाइनलमा भिड्न लागेका हुन्। गत संस्करणको फाइनलमा सिटीले युनाइटेडलाई १-० ले हराएर उपाधि जितेको थियो।
च्याम्पियन्सिप (दोस्रो डिभिजन) क्लब कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा ४-३ हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको हो।
युनाइटेडले खेलमा तीन गोलको अग्रता बनाएको थियो। तर कोभेन्ट्रीले त्यसपछि लगातार गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याएपछि ट्राइबेकरबाट खेलको निर्णय भएको थियो। युनाइटेड लगातार दोस्रो पटक एफए कपको फाइनल पुगेको हो।
खेलको २३औं मिनेटमा स्कट मक्टोमीनेको गोलबाट युनाइटेडले खेलमा अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा ह्यारी मग्वायरले गोल गर्दै अग्रता दोब्बर बनाए।
खेलको ५८औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दा युनाइटेडले सहज रूपमा खेल आफ्नो पक्षमा पारेको अनुमान गरिएको थियो। तर बलियो अवस्थामा रहेपनि ७१औं मिनेटमा एलिस सिम्सले कोभेन्ट्रीका लागि पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काए।
कोभेन्ट्रीले ७९औं मिनेटमा क्यालम ओ’हारेलेको दोस्रो गोल मार्फत् अग्रता बनायो। तेस्रो गोल भने इन्ज्युरी समयमा पेनाल्टी मार्फत् संभव बनाएको थियो। एरन वान बिस्साकाले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई हाजी राइटले सदुपयोग गरेका थिए।
टाइब्रेकरमा सुरुवातमा पछि परेपनि युनाइटेड कोभेन्ट्रिको गल्तिमा अग्रता बनायो। युनाइटेडको पहिलो पेनाल्टी प्रहारका लागि आएका कासेमिरोको पेनाल्टी ब्राड्ली कोलिन्सले बचाएका थिए। तर त्यसपछि कोभेन्ट्रीका दुई खेलाडी पेनाल्टीमा गोल गर्न चुक्दा युनाइटेडले राहत महसुस गरेका थिए। क्यालम ओ’हारेको पेनाल्टी युनाइटेड गोलरक्षक आन्द्रे ओनानाले बचाउँदा बेन सिएफलेको प्रहार बाहिरियो।
Banner
बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो।
पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login