Connect with us
Advertisement

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

Published

on

दमकः झापाको कमल गाउँपालिका–५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार आज बिहान सवा ४ बजे जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घरमा क्षति पु¥याएको छ । घरमा क्षति पुर्याएपछि भाग्ने क्रममा हात्तीले कुल्चिएर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इटहरीमा ‘नीलो प्रेम’ उपन्यासका लेखक पुरुषोत्तम बजगाईँको स्वागत

Published

on

अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो। माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्र्साद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जि पी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो। लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो। नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्री गरिएको थियोे। भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ।

Continue Reading

Banner

एमाले महाधिवेशनमा विद्युतीय मतदान, तयारी तीव्र

Published

on

नेकपा एमालेको ११औं महाधिवेशनमा यसपटक पनि विद्युतीय माध्यमबाट मतदान हुने भएको छ। अघिल्लो १०औं महाधिवेशनमा जस्तै यसपटक पनि मतदान प्रक्रिया डिजिटल रूपमा नै सञ्चालन गर्न लागिएको एमाले नेतृ सुनिता बरालले बताइन्।

उनका अनुसार निर्वाचन टोलीले भोटिङ मेसिन बुकिङ, प्रतिनिधिको नाम इन्ट्री लगायतका प्रारम्भिक प्रक्रिया सुरु गरिसकेको छ। “समय व्यवस्थापन र प्रविधिको उपयोगमा एमाले अब्बल छ। १०औं महाधिवेशनमै हामीले सफलतापूर्वक विद्युतीय मतदान गरेका थियौं,” बरालले अनलाइनखबरसँग भनिन्।

एमालेले वैधानिक व्यवस्थाअनुसार महाधिवेशनमा कुन पदमा कति जना नेतृत्व चयन हुने भन्ने संरचना बनाउन थालेको छ। नोमिनेसन परेपछि त्यसैका आधारमा डाटा इन्ट्री हुँदै निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ।

अघिल्लो महाधिवेशनमा विद्युतीय मतदानसँगै स्लिप पनि गणना गरिएको थियो। यसपालि स्लिप गणना गर्ने–नगर्ने विषय भने अझै टुंगो लाग्न बाँकी छ। यो विषय निर्वाचन समितिको सिफारिस र पार्टी नेतृत्वसँगको समन्वयमा तय हुनेछ।

बरालका अनुसार विद्युतीय मतदान प्रणाली पारदर्शी हुन्छ भन्ने एमालेको धारणा छ। विगतमा कसैले शंका गरेपछि स्पष्टताका लागि स्लिप समेत गणना गरिएको थियो।

Continue Reading

Banner

मोरङको रतुवा–केशलिया सडक निर्माणको ठेक्का रद्द, २५ प्रतिशत मात्रै प्रगति

Published

on

हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का सरकारले रद्द गरेको छ। योजना कार्यालय इटहरीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै हेटौँडास्थित श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीसँग गरिएको ठेक्का सम्झौता अन्त्य भएको जनाएको हो।

२०७६ कात्तिक २३ मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित) सम्झौता गरिएको यो सडक तीन वर्षभित्र पूरा गर्ने लक्ष्य थियो। तर तोकिएको समयमा काम नहुँदा र निर्माणको प्रगति करिब २५ प्रतिशत मात्र पुगेपछि ठेक्का तोडिएको हो। सडक केही ठाउँमा ४ लेन र केही ठाउँमा ६ लेनमा विस्तार गर्ने योजना थियो।

ठेक्काको म्याद दुईपटक थपिए पनि पछिल्लो म्याद गत जेठमै सकिएको थियो। पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढेको, साइट लामो समयदेखि ठप्प रहेको र ठेकेदारले प्रतिबद्धता पूरा नगरेको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए।

योजना कार्यालयले कार्य सम्पादन जमानतवापतका ४ करोड १९ लाख रुपैयाँ र पेश्की रकम ९ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकलाई पत्राचार गरिसकेको छ। पेश्की रकममा १० प्रतिशत ब्याजसहित असुल गरिनेछ।

साउनमै ‘किन ठेक्का नतोड्ने?’ भन्दै निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण मागिएको थियो। कम्पनीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ।

सम्झौता उल्लंघन गरेको र काम सुचारु गर्नेतर्फ आवश्यक तदारुकता नदेखाएको ठेकेदारलाई कालोसूचीमा राख्ने सिफारिस पनि कार्यालयले गरेको छ।
योजना कार्यालयले बाँकी कामको नापजाँच तथा वित्तीय फरफारकका लागि कम्पनीलाई १५ दिनभित्र उपस्थित हुन अनुरोध गरेको छ। उपस्थित नभएमा कार्यालयले स्वयं नापजाँच गर्ने जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक