Connect with us
Advertisement

धरानको मेयर पदका ४ जना उम्मेद्वारले आजको अन्तरसंवादमा यसरी राखे आफ्ना एजेण्डा

Published

on

धरानः नेपाल पत्रकार महासङ्घले बुधबार धरानमा मेयर पदका उम्मेद्वारहरूसँग संवाद कार्यक्रमको आयोजना ग¥यो । यस्तो संवाद कार्यक्रम पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको थियो ।

संवाद कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेद्वार बनेका प्रकाश राई, नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका तिलक राई, सङ्घीय समाजवादी पार्टीबाट उम्मेद्वार बनेका गजेन्द्र इस्बो र सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चका उम्मेद्वार अमर इजम सहभागी भएका थिए । तिनै उम्मेद्वारले व्यक्त गरेको धारणा यहाँ प्रस्तुत गरिएको छ ।

 

आयआर्जनसँग जोडिएर काम गर्छुः प्रकाश राई
म आयआर्जनसँग नगरवासीलाई जोड्नेछु । पर्यटन, खेलकुद, कृषि, उद्योग शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष काम गर्नेछु । पूर्व मेयर तारा सुब्बाले प्रतिबद्धता गरेका बाँकी काम पूरा गर्नेछु । ‘सादा जीवन उच्च विचार’को भावनालाई आत्मसात गरी काम गर्नेछु । धरानलाई औद्योगिक ग्राम र खेलग्रामको रुपमा विकास गर्न लाग्नेछु ।

 

 

 

 

नेतृत्व र नगरवासीबीचको खाडल पूरा गर्नेछुः तिलक राई
२० वर्षअघि धरान जस्तो अवस्थामा थियो अहिले पनि त्यस्तै अवस्थामा छ । धरानको विकास नहुनुमा नगरको नेतृत्व तहमा बसेका पदाधिकारी र नगरवासीबीच समन्वय नभई खाडल देखिनु हो । धरानमा पूर्व जनप्रतिनिधिले इमान्दारितापूर्वक काम गर्न सकेनन् । सेवाग्राही सचेत हुन जरुरी छ । नगरका हरेक गतिविधिमा नगरवासीको सहभागिता गराई काम गर्नेछु । योजनाबद्ध रूपमा अघि बढ्नेछु ।

 

 

 

 

 

धरानवासीको हितको लागि लडिरहनेछुः गजेन्द्र इस्बो
हाम्रो दल संविधान संशोधनको मागसहित चुनावी मैदानमा रहेको छ । जनतालाई नयाँ दिशानिर्देश गर्न लागिपर्नेछु । आफू भूपू गोर्खा सैनिक भएको हुनाले गोर्खा सैनिकको हकको लागि बेलायती सरकारसँग लड्दा धरानवासीले जसरी साथ दिनुभयो त्यसरी नै अहिले पनि साथ दिनुहुनेछ । विज्ञले दिएको सुझावको आधारमा म अघि बढ्नेछु । बहुमतको दम्भमा नेतृत्वले पेलेर जाने पद्धतिको अन्त्य हुनुपर्छ ।

 

 

 

 

 

 

धरानलाई प्रदेश राजधानी बनाउन लागिपर्नेछुः अमर इजम
पहिचानको विषयमा मेरो मुख्य एजेण्डा हुनेछ । पहिलेको विरासतलाई कायम गर्न धरानलाई प्रादेशिक राजधानी बनाउन लागिपर्नेछु । पछिल्लो समयमा नेतृत्वमा भ्रष्टाचारको गन्ध आउने गरेको छ । त्यसको विरुद्धमा लाग्नेछु । ‘दारी, इमान्दारी, धरानको विकासमा लाग्ने तयारी’ मेरो नारा रहेको छ । इमान्दारी भएठाउँ जनविश्वास हुन्छ । म इमान्दारिताका साथ काम गर्नेछु । सुकुम्बासीलाई घर नम्बर मात्रै दिने होइन धनीपूर्जा दिने काम गर्नेछु

 

 

कार्यक्रममा अमर सेवा समाजका हरिबहादुर लिम्बू, रोटरी क्लबका रबिन श्रेष्ठ, महिला अधिकारकर्मी सबिता राई, लैङ्गिक अल्पसङ्ख्यक दीपिका राई, ज्येष्ठ नागरिक शान्ता अधिकारी, व्यवसायी विष्णु बराल, अधिवक्ता मौसमी राई पत्रकार रत्न आचार्यलगायतले उम्मेद्वारसँग जिज्ञासा राखेका थिए ।

त्यस्तै, विनोद विश्वकर्मा, कुमार कार्की, शिला बज्राचार्य, विनोद आलेमगर, केदार बराइली, हिमाल श्रेष्ठ, प्रेमप्रसाद पराजुली, गंगाप्रसाद रेग्मीलगायतले उम्मेद्वारका एजेण्डामा केन्द्रित रहेर प्रश्न गरेका थिए ।

सहभागीले धरानको खानेपानी, स्वास्थ्य, सीमा विवाद, यातायात, एयरपोर्ट, दलित, जनजाति, महिला आदिका मुद्दा, बसपार्क निर्माण, सुकुम्बासी समस्यालगायतका विषयमा प्रश्न राखेका थिए ।

आज बिहान २ घण्टा चलेको कार्यक्रममा २ सय जनाभन्दा बढी सहभागी थिए । पत्रकार दिलभूषण पाठकले सहजीकरण गरेको उक्त संवाद कार्यक्रममा धरानमा हुने उप निर्वाचनमा उम्मेद्वार रहेका ४ जना उम्मेद्वारले आफ्नो एजेण्डा प्रस्तुत गर्नुका साथै सहभागीले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक