अपराध
छोराको कुटाइबाट बाबुको मृत्यु
विराटचोकः झापाको झापा गाउँपालिका–३ का ७० वर्षीय साइँला टुडूलाई उनकै २५ वर्षीय छोरा सुनिल टुडूले कुटपिट गर्दा मृत्यु भएको छ । सोमबार राती साढे ११ बजे सुनिलले बाँसको भाटाले बाबुको शरीरको विभिन्न भागमा प्रहार गरेका थिए ।
उनलाई उपचारको लागि स्थानीय मेडिकलमा लगिएकोमा सो मेडिकलमा उपचार हुन नसकेपछि आफन्तले घर फर्काएका थिए । बाबुको मृत्युपछि छोरा सुनिललाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comment
Banner
कपडा सुकाउन छतमा गएको बेला बौद्धमा १ करोडका गरगहना चोरी
काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटै घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ ।टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरीको भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । मंगलबार दिउँसो उक्त घरबाट चोरी भएको हो । दिउँसो कपडा धोएर छतमा सुकाउन गएको मौकामा ती गरगहनाहरू चोरी भएको पाइएको एसएसपी खड्काले बताए ।
‘कपडा सुकाउन छतमा गएर करिब एक घण्टा बिताएको भन्ने कुरा आएको छ । त्यही मौकामा चोरी भएको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ एसएसपी खड्काले भने ।अपराध अनुसन्धान कार्यालयका साथै प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौंले यो घटनाको अनुसन्धान अघि बढाएका छन् ।
Banner
फुटबल मैदानमा गोलीकाण्ड : ११ जनाको मृत्यु
मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरेका थिए। घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घाइतेमध्ये एक महिला र एक बालक छन्।
मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ। अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन्।”
सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताउनुभए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन्।
सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ। एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ। अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन्।
Banner
विप्लव नेतृत्वको माओवादी–जेन–जी समूहबीच सहमति
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login