Connect with us
Advertisement

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Published

on

इनरुवाः सुनसरीको भोक्राहा–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालक भोक्राहा नर्सिङ–६ बस्ने २६ वर्षीय जगदेव मेहताको मृत्यु भएको छ ।

आज दिउँसो पौने २ बजे पश्चिमतर्फ जाँदै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको को ३८ प ३४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेहता गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक सिन्धुलीका सन्तबहादुर पुलामी मगरलाई नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

समानुपातिक सांसदको नाम टुंगो लगाउँदै एमाले

Published

on

हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुंगो लगाउन आज नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ ।

दिउँसो १:०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।

निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।

Continue Reading

Banner

वराहक्षेत्र नगरपालिकाको स्थापना दिवसमा रक्तदान, १३९ पिन्ट रगत सङ्कलन

Published

on

पालिकाको दशौं स्थापना दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

चक्रघट्टीस्थित नगरपालिकाको कार्यालय परिसरमा भएको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।

हिजो बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोग तथा समन्वयमा रक्तदान कार्यक्रम आयोजना भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।

Continue Reading

Banner

आज पनि पानी पर्ने सम्भावना

Published

on

काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हिजो बेलुकी र राति हावाहुरीसहित पानी परेको छ । चितवन, गोरखा र उदयपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गोरखा, लमजुङ, इलाम, झापा, सिन्धुपाल्चोक र नुवाकोटमा पनि मध्यम वर्षा भएको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली र वर्षा भएको हो ।

आज पनि कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक