Connect with us
Advertisement

मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

Published

on

इनरुवाः सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे १ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १४१२ नम्बरको मोटरसाइकलले स्थानीय ५० वर्षीया इन्द्रलक्ष्मी शाक्यलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् । उनलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएकोमा उपचारको क्रममा शुक्रबार दिउँसो साढे ३ बजे मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित

Published

on

नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।

२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।

त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

क्यान्सर पीडित उमा खड्कालाई एनआरएनए बहराइनद्वारा आर्थिक सहयोग

Published

on

सुन्दरहरैँचा, मोरङ — एनआरएनए बहराइनको पहलमा क्यान्सर पीडित तथा विगतमा बहराइनमा बसोबास गर्दै आउनु भएकी उमा खड्कालाई आर्थिक सहयोग प्रदान गरिएको छ।

शनिबार  सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच  रु १०१,४६०  (एक लाख एक हजार चार सय साठी रुपैयाँ)  उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा कुल  बराबरको रकम सहयोगस्वरूप प्रदान गरिएको जानकारी दिइएको छ।

सहयोग रकम एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङको हातबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकाल, पत्रकार ज्ञाननाथ ढकाल लगायत स्थानीय बासिन्दा र परिवारजनको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले मानवीय सहयोग अभियानमा योगदान पुर्‍याउने सम्पूर्ण दाताहरू तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। साथै, क्यान्सरसँग संघर्षरत उमा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

Continue Reading

Banner

सुन्दरहरैंचा टी–२० कप २०८३ सुरु: पहिलो दिन विराट र भुल्के वारियर्सको शानदार जीत

Published

on

सलकपुरः इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा सुन्दरहरैंचा टी–२० कप २०८३ हिजोदेखि औपचारिक रूपमा सुरु भएको छ।

उद्घाटन दिनमै रोमाञ्चक प्रतिस्पर्धा देखिएको प्रतियोगिताको पहिलो खेलमा विराट वारियर्सले हरैंचा रोयल्सलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ। उत्कृष्ट प्रदर्शन गरेका रोहन श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यसैगरी, दोस्रो खेलमा भुल्के वारियर्सले गछिया टाइगर्सलाई ७४ रनले हराउँदै प्रभावशाली जित हात पार्यो। उक्त खेलमा ज्ञातव्य सुवेदी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले उद्घाटन गर्नुभएको प्रतियोगिता बैशाख ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक