Connect with us
Advertisement

लागूऔषध गाँजा र ट्याब्लेटसहित ४ जना पक्राउ

Published

on

विराटनगरः मोरङको २ स्थानबाट लागू औषध गाँजा र ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् । शुक्रवार अपरान्ह ५ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।

गस्तीमा खटिएको प्रहरी टोलीले केराबारी १० गैरीगाउँमा पैदल हिँडिरहेका धरान–१५ का १९ वर्षीय अजय तामाङ, २२ वर्षीय च्यामन राई र लेटाङ नगरपालिका–७ का १८ वर्षीय रोहन तामाङलाई चेक गर्दा उनीहरुको साथबाट १ केजी गाँजा बरामद भएको थियो ।

यसैगरी, इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध ट्याब्लेटसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो ४ बजे भारतको पिप्राहा विष्णुपुर बस्ने १८ वर्षीय दिपेश यादव ७५ एम्पुल डाइजेपामसहित पक्राउ परेका हुन् । बीआर ३८ एच ६३५९ नम्बरको मोटरसाइकलमा रहेका यादवलाई रोकेर जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाइछिपाई राखेको अवस्थामा सो लागूऔषध बरामद भएको थियो ।

लागूऔषधसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

फुटबल मैदानमा गोलीकाण्ड : ११ जनाको मृत्यु

Published

on

मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरेका थिए। घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घाइतेमध्ये एक महिला र एक बालक छन्।

मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ। अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन्।”

सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताउनुभए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन्।

सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ। एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ। अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन्।

Continue Reading

Banner

विप्लव नेतृत्वको माओवादी–जेन–जी समूहबीच सहमति

Published

on

विप्लव नेतृत्वको नेकपा माओवादी र  मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहबीच चारबुँदे सहमति भएको छ । बिहीबार उनीहरूबीच चारबुँदे सम्झाैता भएको हो । उनीहरूले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेन–जी विद्रोहका मागहरू पूरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहनाबमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने र यी मागहरू पूरा गर्न संयुक्त रूपले संघर्ष गर्ने सहमति भएको हो ।
Continue Reading

Banner

जेनजी आन्दोलनको आडमा यातायात विभाग ध्वस्त : सर्भर, ८ लाख नम्बर प्लेट र हजारौँ लाइसेन्स खरानी

Published

on

 मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनी र तोडफोडले विभागको सूचना प्रविधि प्रणालीसहितको भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।

विभागका सूचना अधिकारी गणेशमान सिंहका अनुसार आगलागीबाट केन्द्रीय सर्भर कक्ष, लाइसेन्स छपाइ मसिन, इम्बोस्ड नम्बर प्लेट उत्पादन प्लान्ट र आठ लाखभन्दा बढी नम्बर प्लेट पूर्ण रूपमा जलेर खरानी भएका छन् । साथै, झण्डै २० हजार स्मार्ट ड्राइभिङ लाइसेन्स र हजारौँ कार्डहरू समेत नष्ट भएका छन् ।

“फायरप्रुफ ढोका तोडेर भित्र प्रवेश गरी सर्भरमा आगजनी गरिएको हो । सर्भर, हार्डडिस्क र अन्य उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट १२–१५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,” सिंहले बताए ।

लाइसेन्स छपाइ गर्ने करिब ७–८ करोड रुपैयाँ लागतको मेशिनसमेत जलेको छ । यो मर्मत गर्न सकिने भए १५–२० दिनभित्र सेवा सुरु गर्ने सम्भावना छ भने नयाँ खरिद गर्नुपर्ने अवस्थामा दुई–तीन महिना लाग्नेछ ।

त्यस्तै, विभागभित्रको नम्बर प्लेट उत्पादन फ्याक्ट्री र तयारी अवस्थामा रहेका ८ लाख इम्बोस्ड नम्बर प्लेट जलेर खरानी भएपछि १ असोजदेखि अनिवार्य गर्ने भनिएको नम्बर प्लेट जडानको योजना अनिश्चितकालका लागि रोकिएको छ ।

केन्द्रीय सर्भर ध्वस्त भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण, सवारीसाधन दर्ता (VRS), इम्बोस्ड नम्बर प्लेट जडान लगायतका सम्पूर्ण अनलाइन सेवा देशभर ठप्प भएका छन् ।

अधिकारी सिंहका अनुसार उपकरण आंशिक रूपमा प्रयोगयोग्य भए दशैं–तिहारबीच सेवा सुरु गर्ने प्रयास हुनेछ । तर, पूर्ण रूपमा नष्ट भएको खण्डमा नयाँ उपकरण ल्याउन विदेशी खरिद प्रक्रिया र प्राविधिक सहयोग आवश्यक पर्ने भएकाले कम्तीमा दुई–तीन महिना समय लाग्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक