Connect with us
Advertisement

छुट्टाछुट्टै स्थानमा डुबेर २ जनाको मृत्यु

Published

on

विराटचोकः मोरङ र संखुवासभामा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । मोरङको जहदा–१ बस्ने १७ वर्षीया रबिना ऋषिदेवको मंगलबार बिहान ७ बजे जहदा मुसहरी टोलमा रहेको पानी जमेको खाडलमा परी डुबेर मृत्यु भएको थियो । घटनाको बारेमा आफन्तले इलाका प्रहरी कार्यालय बुधनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली खटिई गई घटनाको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै, संखुवासभा चैनपुर–४ का ७६ वर्षीय बुद्धिबहादुर लिम्बूको खोलामा डुबेर मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे चैनपुरको बतासेबाट घरतर्फ आउँदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको थियो ।

आफन्तले प्रहरी चौकी सिद्धपोखरीमा घटनाको बारेमा जानकारी गराएपछि प्रहरी टोली खटिई गई कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल: फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर भिड्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन्। यो खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ । लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो ।विराटनगर पहिलो क्वालिफायरम पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो । आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ ।

पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।
लिग चरणमा विराटनगरलाई पाँच विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । सुरुमा ब्याटिङ गरेर विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको थियो ।

आजको खेलमा विराटनगरको बलिङमा सन्दीप लामिछाने र लुम्बिनीको बलिङमा शेर मल्लको प्रतिस्पर्धा देखिने छ । ब्याटिङमा भने विराटनगरले विश्वकै चर्चित नामलाई उतार्ने छ । मार्टिन गप्टिल र फाप्लुको प्रदर्शन महत्त्वपूर्ण बन्नेछ । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ ।

Continue Reading

Banner

इटहरीमा ‘नीलो प्रेम’ उपन्यासका लेखक पुरुषोत्तम बजगाईँको स्वागत

Published

on

अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो। माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्र्साद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जि पी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो। लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो। नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्री गरिएको थियोे। भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ।

Continue Reading

Banner

एमाले महाधिवेशनमा विद्युतीय मतदान, तयारी तीव्र

Published

on

नेकपा एमालेको ११औं महाधिवेशनमा यसपटक पनि विद्युतीय माध्यमबाट मतदान हुने भएको छ। अघिल्लो १०औं महाधिवेशनमा जस्तै यसपटक पनि मतदान प्रक्रिया डिजिटल रूपमा नै सञ्चालन गर्न लागिएको एमाले नेतृ सुनिता बरालले बताइन्।

उनका अनुसार निर्वाचन टोलीले भोटिङ मेसिन बुकिङ, प्रतिनिधिको नाम इन्ट्री लगायतका प्रारम्भिक प्रक्रिया सुरु गरिसकेको छ। “समय व्यवस्थापन र प्रविधिको उपयोगमा एमाले अब्बल छ। १०औं महाधिवेशनमै हामीले सफलतापूर्वक विद्युतीय मतदान गरेका थियौं,” बरालले अनलाइनखबरसँग भनिन्।

एमालेले वैधानिक व्यवस्थाअनुसार महाधिवेशनमा कुन पदमा कति जना नेतृत्व चयन हुने भन्ने संरचना बनाउन थालेको छ। नोमिनेसन परेपछि त्यसैका आधारमा डाटा इन्ट्री हुँदै निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ।

अघिल्लो महाधिवेशनमा विद्युतीय मतदानसँगै स्लिप पनि गणना गरिएको थियो। यसपालि स्लिप गणना गर्ने–नगर्ने विषय भने अझै टुंगो लाग्न बाँकी छ। यो विषय निर्वाचन समितिको सिफारिस र पार्टी नेतृत्वसँगको समन्वयमा तय हुनेछ।

बरालका अनुसार विद्युतीय मतदान प्रणाली पारदर्शी हुन्छ भन्ने एमालेको धारणा छ। विगतमा कसैले शंका गरेपछि स्पष्टताका लागि स्लिप समेत गणना गरिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक