Connect with us
Advertisement
Advertisement

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

Published

on

इनरुवाः सुनसरीको कोशी गाउँपालिका–१ स्थित राजमार्गमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । २९ वर्षीय स्थानीय राजकुमार यादव रहेका छन् ।

आज बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिपरले साइकल यात्री यादवलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिएपछि टिपर पनि अनियन्त्रित भई पल्टिएको थियो ।

प्रहरीका अनुसार टिपर चालक सप्तरीका ४७ वर्षीय नोखनी मण्डल घाइते भएका छन् । उनको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

धरानमा १७९ सहित प्रदेशमा थपिए २३७ जना कोरोना संक्रमित

Published

on

विराटचोकः आज प्रदेश नम्बर १ मा ९७ महिला र १ सय ४० पुरुषसहित २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा धेरै धरानमा ७४ महिला र १ सय ५ पुरुषमा संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । इलामको रोङमा २ महिला र २ पुरुष, इलाममा ३ पुरुष र मिक्लाजुङमा १ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

झापाको गौरीगञ्जमा ७ जना पुरुष, बिर्तामोडमा ५ महिला र ६ पुरुष, भद्रपुरमा १ महिला, हल्दीबारीमा १ पुरुष, गौरादहमा १ महिला र १ पुरुष तथा कन्काईमा ४ महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मोरङको उर्लाबारीमा १ महिला र ३ पुरुष, पथरीशनिश्चरेमा १ महिला, बेलबारीमा १ पुरुष तथा विराटनगरमा १ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

Continue Reading

Banner

कोभिड अस्पताल धरानमा ३ जना कोरोना संक्रमितको मृत्यु

Published

on

विराटचोकः कोभिड अस्पताल धरानमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पथरीशनिश्चरे, धरान र इटहरीका कोरोना संक्रमितको हिजो उपचारको क्रममा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

धरान–१६ की ८३ वर्षीया महिलाको आज बिहान ३ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो । उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।

पथरीशनिश्चरे–३ का ६३ वर्षीय पुरुषको हिजो राति १० बजे मृत्यु भएको हो । मधुमेहबाट पीडित उनलाई कात्तिक १ गते संक्रमण पुष्टि भएको थियो । कात्तिक ४ गते उनी कोभिड अस्पतालमा भर्ना भएका थिए ।

इटहरी–४ का ७९ वर्षीय पुरुषको हिजो दिउँसो ४ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो । कात्तिक ६ गते संक्रमण पुष्टि भएकी उनी हिजो कोभिड अस्पताल भर्ना भएका थिए । उनी मृगौलासम्बन्धी रोगबाट पीडित थिए ।

Continue Reading

Banner

विराटनगरमा १५१ सहित प्रदेशमा थपिए ५५७ कारोना संक्रमित

Published

on

विराटचोकः आज प्रदेश नम्बर १ मा ५ सय ५७ जना कोरोना संक्रमित थपिँदा विराटनगरमा सबैभन्दा धेरै १ सय ५१ जना संक्रमित थपिएका छन् । प्रदेशबाहिरका २८ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङको सुन्दरहरैंचामा २३, पथरीशनिश्चरेमा १६, बेलबारीमा १३ र रतुवामाईमा ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, कानेपोखरीमा ५, उर्लाबारी र लेटाङमा ९–९, कटहरी र मिक्लाजुङमा २–२, ग्रामथानमा ६, बुढीगंगामा २, सुनवर्षीमा २, रंगेलीमा २ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार झापाको दमकमा ६८, बिर्तामोडमा २३, गौरादहमा ११, मेचीनगरमा ७ र कमल गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, हल्दीबारी र स्थानीय तह नखुलेका २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको बेलकामा ५, चौदण्डीगढीमा ६ र त्रियुगामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीको इटहरीमा ६९, धरान र इनरुवामा ११–११, दुहबीमा ६, रामधुनी र वराहक्षेत्रमा ५–५, देवानगञ्जमा ३, बर्जुमा २ र भोक्राहा नरसिंहमा १ जनामा संक्रमण पुष्टि भएको छ । हरिनगर र कोशी गाउँपालिकामा २–२ र गढी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटाको चौबिसे र पाख्रीबासमा १–१ जना तथा धनकुटामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संखुवासभाको खाँदबारीमा ८ जना तथा स्थानीय तह नखुलेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इलामको सूर्याेदयमा ८ जना र भोजपुरको भोजपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक