Connect with us
Advertisement

इटहरी जेसीजको हाजिरीजवाफमा तरहरा जेसीज पहिलो

Published

on

इटहरीः जेसीज सप्ताहअन्तर्गत इटहरी जेसीजले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा तरहरा जेसीज पहिलो भएको छ । जेसीज सप्ताहको छैटौँ दिन बिहीबार हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

१० वटा जेसीजको सहभागिता रहेको सो प्रतियोगितामा इन्द्रपुर जेसीज दोस्रो र लेटाङ जेसीज तेस्रो भए । इटहरीले जेसीजले असोज ३ गते जनचेतनामूलक साइकल यात्रा गरी जेसीज सप्ताह शुरु गरेको थियो । ४ गते पथीभरा फुटसलमा मैत्रीपुर्ण फुटसलको आयोजना भएको थियो । तेस्रो दिन जेसीज स्थापना भएको ३४ वर्ष पूरा गरेको अवसरमा इटहरी ९ को मरिक टोलका ३३ परिवारलाई खाद्यान्न लगायतको रहत सामाग्री वितरण गरिएको थियो ।

असोज ६ गते टेङ्ग्रा टोलका ३३ जनाको निःशुल्क कोरोना बीमा गरिएको थियो । असोज ७ गते भर्चुअल कार्यक्रम गरेको थियो । आज पनि भर्चुअल कार्यक्रम गरी जेसीज सप्ताह सम्पन्न हुने बताइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तेस्रोमा रोकियो विराटनगर, लुम्बिनी फाइनलमा सुदूरपश्चिमसँग भिड्ने

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित बन्दै विराटनगर किङ्सले यात्रा टुङ्ग्याएको छ । प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो ।

दोस्रो क्वालिफायरको विजेता लुम्बिनी भने फाइनमा प्रवेश गरेको छ । अब लुम्बिनीले उपाधिका लागि पहिलो क्वालिफायर जित्दै फाइनमा सिधै प्रवेश गरेको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३५ रनको पछ्याउँदै लुम्बिनीविरुद्ध विराटनगर जवाफी ब्याटिङ उत्रिएको थियो । १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै विराटनर ९४ रनमा समेटियो । लुम्बिनीले ४० रनको जित निकाल्यो र फाइनलमा स्थान बनायो ।

दोस्रो क्वालिफायरमा विराटनगरका सुरुवाती क्रममा ब्याटरहरु नचल्दा नजिता लुम्बिनीको पक्षमा गएको हो । विराटनगरले पहिलो ओभरमै ओपनर मार्टिन गुप्टिल र लोकश बमलाई गुमाएको हो । मार्टिनले २ रन जोडे भने लोकेश डक आउट भए ।

रुवेन ट्रम्पेलम्यनाको पहिलो ओभरको पाँचौ बलमा मार्टिन र अन्तिम बलमा लोकेश आउट भएका हुन् ।

अर्का ओपनर फाफ डुप्लेसी ३ बल सामना गरेर २ रनको अवस्थामा शेर मल्लको बलमा बोल्ट भए ।

तेस्रो विकेट गएपछि क्रिजमा आएका साम हिजलेटले इनिङ उकास्ने प्रयास गरे । उनले विराटनगरबाट २८ बलमा सर्वाधिक ३४ रन जोडे ।

चौथो विकेट खसेपछि मर्चेन्ट डी ल्याङ्गेले टिकेर खेल्ने प्रयास गरे सफल भएनन् । उनी २० बलमा १७ रन जोडेर आउट भए । ७ विकेट गुमेपछि ब्याटिङमा आएका नरेन भट्टले दोस्रो सर्वाधिक २१ रन जोडे भने अन्यले दोहोरो रन बनाउन सकेनन् ।

Continue Reading

Banner

एनपीएल: फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर भिड्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन्। यो खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ । लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो ।विराटनगर पहिलो क्वालिफायरम पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो । आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ ।

पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।
लिग चरणमा विराटनगरलाई पाँच विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । सुरुमा ब्याटिङ गरेर विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको थियो ।

आजको खेलमा विराटनगरको बलिङमा सन्दीप लामिछाने र लुम्बिनीको बलिङमा शेर मल्लको प्रतिस्पर्धा देखिने छ । ब्याटिङमा भने विराटनगरले विश्वकै चर्चित नामलाई उतार्ने छ । मार्टिन गप्टिल र फाप्लुको प्रदर्शन महत्त्वपूर्ण बन्नेछ । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ ।

Continue Reading

Banner

इटहरीमा ‘नीलो प्रेम’ उपन्यासका लेखक पुरुषोत्तम बजगाईँको स्वागत

Published

on

अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो। माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्र्साद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जि पी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो। लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो। नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्री गरिएको थियोे। भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक