Connect with us
Advertisement

एकसाथ सबै प्रदेशबाट नेपाल भ्रमण वर्षको शुभारम्भ हुने

Published

on

काठमाडौंः सरकारले नेपाल भ्रमण वर्षको शुभारम्भ देशका ७ ओटै प्रदेशबाट एकसाथ गरिने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईका अनुसार जनवरी १ अर्थात् आगामी पुस १ गते काठमाडौंको दशरथ रङ्गशाला र ७ ओटै प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ हुनेछ । नेपाल भ्रमण वर्ष–२०२० मूल समारोह समितिको पाचौँ बैठकमा उनले यस्तो बताएका हुन् ।

मन्त्री भट्टराईले सबै प्रदेशले भ्रमण वर्षलाई सहयोग हुने गरी कार्यालय स्थापना गर्ने बताए । १ सातामा भ्रमण वर्ष सचिवालयलाई सहयोग गर्ने खालको कार्यालय स्थापना गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले भ्रमण वर्ष सफल पार्नका लागि भौतिक पूर्वाधार विकासमा जोड दिए । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अन्तरर्राष्ट्रिय उडान अवतरण हुनुभन्दा अगाडि २ मिनेट भ्रमण वर्षबारे जिङ्गल बजाइने बताए ।

Continue Reading

Facebook Comment

17 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो

Published

on

सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।

सुनको भाउ आज तोलामा २ हजार २००  रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Continue Reading

Banner

घट्यो एटीएमको कारोबार सीमा, अब दिनको १ लाखको साटो ५० हजार मात्रै झिक्न पाइने

Published

on

एटीएम कार्डबाट गर्न सकिने कारोबारको सीमा घटेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको एकीकृत निर्देशन २०८२ मार्फत यसअघिको कारोबार सीमा घटाइएको हो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार प्रति कारोबारको सीमा ५ हजार रुपैयाँ, दैनिक कारोबारको सीमा ५० हजार रुपैयाँ र मासिक कारोबारको सीमा १ लाख रुपैयाँले घटाइएको छ ।

यससँगै अब एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ र प्रतिदिन ५० हजार रुपैयाँ र प्रति महिना ३ लाख रुपैयाँसम्म मात्रै निकाल्न मिल्नेछ ।

जब कि यसअघि प्रति कारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रति महिना ४ लाख रुपैयाँ एटीएमबाट निकाल्न सकिने अवस्था थियो ।

नगद कारोबारभन्दा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अनुरूप कारोबार सीमा घटाइएको राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।

उनका अनुसार केही महिनाअघि जारी निर्देशनहरूलाई नै अहिले एकीकृत निर्देशिकाको रूपमा ‘कम्पायल’ मात्र गरिएको हो । जसमा अनुमतिपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैङ्कले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर (टोल फि) सङ्कलन गर्ने प्रयोजनका लागि आरएफआईडी चिपमा आधारित प्रिपेड ट्याग तथा कार्ड जारी गर्न सक्ने नयाँ व्यवस्था समेत समावेश छ ।

Continue Reading

Banner

आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

Published

on

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।

अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ ।

त्यसक्रममा देशभर दर्ता भए÷नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुवातमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ ।

यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक