Connect with us
Advertisement

मिनी ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

Published

on

विराटचोकः धरान–१४ बस्ने २५ वर्षीय गोकुल तामाङको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान सवा १० बजे धरानको त्रिवेणी मार्गस्थित भित्री सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनी ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार रहेका तामाङ गम्भीर घाइते भएका थिए ।

घाइते तामाङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मिनी ट्याक्टर र चालक तुलसी बिक नियन्त्रणमा रहेको साथै स्कुटर चालक सुस्मन मैनाली सामान्य घाइते भएको उक्त कार्यालयले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भदौ २३–२४ को आन्दोलनले ८४ अर्बभन्दा बढी क्षति

Published

on

गएको भदौ २३ र २४ गते नवयुवाको आन्दोलनका कारण करिब ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको सरकारी प्रतिवेदनले देखाएको छ। पुनर्निर्माणमा मात्र ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान छ।

आन्दोलनबाट ५४ जिल्ला र २६२ पालिका प्रभावित बनेका छन्। १२ हजार ६५९ सवारीसाधन क्षतिग्रस्त हुँदा झन्डै १२ अर्ब ९३ करोड बराबरको नोक्सान भएको छ।

जम्मा २,६७१ भवन प्रभावित भएका छन्, जसको क्षति मूल्य ३९ अर्ब ३१ करोड आकलन गरिएको छ। सरकारी/सार्वजनिक क्षेत्रमा मात्र ४४ अर्ब ९३ करोड बराबरको नोक्सान भएको छ।

निजी क्षेत्रको क्षति ३३ अर्ब ५४ करोड बराबर छ। आन्दोलनका कारण २,९९९ जनाको रोजगारी प्रभावित भएको छ भने १३ अर्ब ८४ करोड बराबरको वस्तु तथा सेवा उत्पादनमा बाधा परेको प्रतिवेदनले उल्लेख गरेको छ।

Continue Reading

Banner

तेस्रोमा रोकियो विराटनगर, लुम्बिनी फाइनलमा सुदूरपश्चिमसँग भिड्ने

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित बन्दै विराटनगर किङ्सले यात्रा टुङ्ग्याएको छ । प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो ।

दोस्रो क्वालिफायरको विजेता लुम्बिनी भने फाइनमा प्रवेश गरेको छ । अब लुम्बिनीले उपाधिका लागि पहिलो क्वालिफायर जित्दै फाइनमा सिधै प्रवेश गरेको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३५ रनको पछ्याउँदै लुम्बिनीविरुद्ध विराटनगर जवाफी ब्याटिङ उत्रिएको थियो । १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै विराटनर ९४ रनमा समेटियो । लुम्बिनीले ४० रनको जित निकाल्यो र फाइनलमा स्थान बनायो ।

दोस्रो क्वालिफायरमा विराटनगरका सुरुवाती क्रममा ब्याटरहरु नचल्दा नजिता लुम्बिनीको पक्षमा गएको हो । विराटनगरले पहिलो ओभरमै ओपनर मार्टिन गुप्टिल र लोकश बमलाई गुमाएको हो । मार्टिनले २ रन जोडे भने लोकेश डक आउट भए ।

रुवेन ट्रम्पेलम्यनाको पहिलो ओभरको पाँचौ बलमा मार्टिन र अन्तिम बलमा लोकेश आउट भएका हुन् ।

अर्का ओपनर फाफ डुप्लेसी ३ बल सामना गरेर २ रनको अवस्थामा शेर मल्लको बलमा बोल्ट भए ।

तेस्रो विकेट गएपछि क्रिजमा आएका साम हिजलेटले इनिङ उकास्ने प्रयास गरे । उनले विराटनगरबाट २८ बलमा सर्वाधिक ३४ रन जोडे ।

चौथो विकेट खसेपछि मर्चेन्ट डी ल्याङ्गेले टिकेर खेल्ने प्रयास गरे सफल भएनन् । उनी २० बलमा १७ रन जोडेर आउट भए । ७ विकेट गुमेपछि ब्याटिङमा आएका नरेन भट्टले दोस्रो सर्वाधिक २१ रन जोडे भने अन्यले दोहोरो रन बनाउन सकेनन् ।

Continue Reading

Banner

एनपीएल: फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर भिड्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन्। यो खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ । लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो ।विराटनगर पहिलो क्वालिफायरम पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो । आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ ।

पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।
लिग चरणमा विराटनगरलाई पाँच विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । सुरुमा ब्याटिङ गरेर विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको थियो ।

आजको खेलमा विराटनगरको बलिङमा सन्दीप लामिछाने र लुम्बिनीको बलिङमा शेर मल्लको प्रतिस्पर्धा देखिने छ । ब्याटिङमा भने विराटनगरले विश्वकै चर्चित नामलाई उतार्ने छ । मार्टिन गप्टिल र फाप्लुको प्रदर्शन महत्त्वपूर्ण बन्नेछ । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक