कला / साहित्य
जेबी थुलुङको ‘नथाक्ने मान्छे’ लोकार्पित
विराटचोकः गजलकार जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे’ को शनिबार लोकार्पण गरिएको छ । पूर्व सांसद एवम् साहित्यकार हर्कमान तामाङ, तत्कालीन संविधानसभा सदस्य तथा संगीतकर्मी मधु गुरुङ लगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन् ।
थुलुङका ६५ वटा गजल सो संग्रहमा संग्रहित छन् । कार्यक्रममा लोकार्पित गजल संग्रहबारे टिप्पणी गर्दै साहित्यकार दीपक न्यौपाने पुस्तकका सबै गजलहरु पढिसक्दा लेखकको व्यक्तित्व झल्कने बताए । गजलमा विषयगत विविधता रहेको र तिनमा देशको चिन्ता, कलाप्रतिको समर्पणका साथै गतिलो व्यंग्य पाइने उनले बताए ।
सर्जक थुलुङको ‘नथाक्ने मान्छे’ पहिलो पुस्तकाकार कृति हो । आफूले सिर्जनाको सुरुवात गर्दादेखि गजलहरुलाई पुस्तकको रुपमा प्रकाशन गर्दासम्मको अवस्थामा सहयोग पुर्याउने सबैलाई गजलकारले थुलुङले धन्यवाद दिएका थिए ।
कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका पराजुली, नेकपा बेलबारीका अध्यक्ष परशुराम सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकार तिला लेकाली र रुविना राईले थुलुङका केही गजल वाचन गरेका थिए । कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका सचिव डीपी राई, बेलबारी नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष चक्र खुलाल, वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतम, साहित्यकार इरान राई, बेलबारी साहित्य विकास समितिकी अध्यक्ष रेखा सुवेदीलगायत उपस्थित थिए ।

Facebook Comment
Banner
कोसी साहित्य–कला परिषद्को नयाँ पहल : बौद्धिक श्रमको अनिवार्य मूल्यांकन सुरु
मोरङको बेलबारीमा आयोजित पहिलो औपचारिक कार्यक्रममा ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले अबदेखि कुनै पनि बौद्धिक तथा सिर्जनात्मक काम बिनाशुल्क नगर्ने नीति घोषणा गरेको छ। अध्यक्ष केशु विरहीले साहित्य, कला र सिर्जनामा लागेको मेहनतको उचित मूल्यांकन हुनुपर्ने भन्दै संस्थाले गराउने प्रत्येक बौद्धिक कार्यमा न्यूनतम पारिश्रमिक अनिवार्य रूपमा दिने बताएका छन्।
यही अभियानको थालनीस्वरूप कार्यक्रममा सहभागी विमर्शकहरूलाई जनही एक–एक हजार रुपैयाँ र साहित्यिक पुस्तक प्रदान गरिएको थियो। वक्ता, कवि तथा कलाकारलाई पनि साहित्यिक कृतिमार्फत मायाको चिनो दिइयो।
कार्यक्रममा साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि केन्द्रित विशेष विमर्श गरियो, जसमा समीक्षक डा. दीपकप्रसाद न्यौपाने, मिश्र बैजयन्तीलगायतले सुवेदीका साहित्यिक पाटाबारे विशद् प्रस्तुत गरे।
वरिष्ठ साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा नगर प्रमुख दिलप्रसाद राई, विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा स्थानीय स्रष्टाको व्यापक उपस्थिति थियो। सुवेदीका कविता वाचन तथा उनका गीतहरू प्रस्तुत गरिएकाले कार्यक्रम कला–साहित्य दुवै पक्षबाट जीवन्त बनेको थियो।
संस्थाले आगामी दिनमा अग्रज सम्मान, युवा अभिप्रेरणा, साहित्य–कला ग्रामको अवधारणा, साहित्यको बजारीकरण र अन्तर्राष्ट्रियकरणजस्ता विस्तृत कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
Banner
श्रेष्ठको प्रस्तुति,भट्टराईलाई सम्मान
नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् ।
मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल विधामा कलम चलाउने गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहने गरि ‘स्रष्टासँग शनिवार’ कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रममा कवि सोम भट्टराईलाई सम्मान गरिनेसमेत घिमिरेले बताएका छन् ।
खोर्साने स्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा श्रेष्ठ र भट्टराईसहित अन्य स्रष्टाका रचना समेत प्रस्तुत गरिने तयारी गरिएको छ। इटहरी, बेलबारी, केराबारी,धरान, विराटनगर, पथरी, ग्रामथान, लेटाङ, मिक्लाजुङ, उर्लाबारी लगायतका विभिन्न ठाउँबाट सहभागी स्रष्टाहरूलाई प्रतिनिधिमूलक ढंगले फुटकर रचनावाचनमा सहभागी गराउने आयोजकको भनाइ छ।
साहित्य,कला र सङ्गीतप्रेमी हरेक दर्शक-स्रोताले उपस्थिति जनाउन पाउने र कुनै प्रवेश शुल्क नराखिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रममा गीतसङ्गीतको समेत प्रस्तुति रहनेछ।
Banner
कविता कन्सर्टमा अस्मिता विष्ट
नझरेका फूलहरूले आफ्नो ५५औँ शृङ्खलामा कविता कन्सर्ट गर्ने भएको छ। पछिल्लो समय चर्चामा रहेकी कवयित्री डा. अस्मिता विष्टलाई कविता कन्सर्ट मार्फत यही मङ्सिर ५ गते नझरेका फूलहरूले प्रस्तुत गर्ने बताइएको छ। कन्सर्ट दिउॅंसो २:१५ बजेदेखि इटहरीको आँपगाछीमा रहेको सङ्गीत साधना प्रतिष्ठान नेपालको हलमा आयोजना हुनेछ।
केही समयअघि मात्र विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ नामक कवितासङ्ग्रह प्रकाशित भएको छ। उनका कवितामा समसामयिक जीवन भोगाइका विभिन्न पाटाहरूका साथै नारी मनका कोमल संवेदनाहरू समेटिएका हुन्छन्।
अंग्रेजी साहित्य प्राध्यापन गर्ने डा. विष्ट कविता, समालोचनाका साथै विचारमूलक लेखरचानहरू पनि लेख्ने गर्छिन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका र जर्नलहरूमा उनका धेरै लेखरचना प्रकाशित भइसकेका छन्।
कविता कन्सर्टको अन्य आकर्षणमा कवि मनु मन्जिल र गायक कृष्णराजा श्रेष्ठ सहित अन्य सर्प्राइज प्रस्तुति समेत रहने नझरेका फूलहरूका परिकल्पनाकार,व्यवस्थापक एवम् संचालक केपी घिमिरेले जानकारी दिएका छन् । कार्यक्रममा दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login