Connect with us
Advertisement
Advertisement

‘बारीको कर्कलो’ सार्वजनिक

Published

on

विराटचोकः अमेरिकामा बसेर गीतलेखनमा सक्रिय गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको ‘बारीको कर्कलो’ मा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ । राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ ।

अजय रेग्मीको छायाङ्कन तथा ड्रोन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ । विजय दर्पणका धेरै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । योगेशकाजीसँगको पहिलो सहकार्यमा ‘नक्कली साली’ गीत सार्वजनिक भएको थियो ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रिय, मेरो मृत्युमा कुनै शोक धून नबजाउनू ––२

Published

on

प्रिय, मेरो मृत्युमा कुनै शोक धून नबजाउनू ।
कुनै उत्सव नमनाउनू ।
किनकि यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।
प्रत्येक क्षण प्रत्येक पल विजयीको हाँसो हाँसिरहेको छ ।

भर्खरभर्खर सपना फुल्न थालेका युवाहरुको आयुमा
भर्खर फुल्दै गरेका कलिला मुनाहरूका खुशीहरूमा
जहर फैलाइरहेको छ ।
ऊ कहिले अस्पतालको गेटमा बेडको अभावमा
तड्पिएको आत्मामाथि गिद्धे नजर लगाइरहेको छ ।
ऊ कहिले अक्सिजनको खाली सिलिन्डरहरुमा
अनेकौँ बाजा बजाएर ताण्डव गरिरहेको छ ।
ऊ कहिले एम्बुलेन्स नपाएर ट्याक्टरमा छटपटाइरहेको बिरामीको
शरीरसँग जीवनको होली खेलिरहेको छ ।
ऊ कहिले सिटामोल रेमडेसिमरको अभावलाई
मिठो धून बनाएर बजाइरहेको छ ।
ऊ असहाय, निरीह, अचेत आत्मामाथि
आफ्नो उन्मुक्तको नाच नाचिरहेको छ ।
विजयी हुन तम्तयार छ ।.
त्यसैले प्रिय, मेरो मृत्युमा कुनै शोक धून नबजाउनू
कुनै उत्सव नमनाउनू ।
किनकि यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।

यो महाव्याधि, यो महामारी
शताब्दीमा कुन बेला आउँछ र कसरी आउँछ ?
हामीले अनुमान र निवारणका उपायलाई
उपेक्षा पो गयौँै कि !
पहिलो लहरबाट दोस्रो लहरमा अझ शक्तिशाली भएर
आउँदै गरेको भाइरसलाई नजरअन्दाज गर्यौँ कि !
हाम्रा चेतनशील मस्तिष्क खै कसरी
अलमलिए होलान् !
हामी आफ्नो सपनाको संसारमा ठूलठूला महल
सजाउनमा नै व्यस्त भयौ कि !
ती सब क्षणभरमा तहसनहस हुन्छन् भन्ने कुरामा
अलिकति पनि सचेत भएनौँ कि !
प्रकृतिले दिएको यति ठूलो उपहारलाई
हामी ध्वस्त बनाउन तल्लीन पो भयौँ कि !
हामीभित्र रहेको मपाइँपन, लालचीपन र स्वार्थीपनले
हाम्रा ज्ञान, विवेक बुद्धि र सदाचारलाई
आफैँले हत्या पो गयौैँँ कि !
क्षणिक स्वार्थ र भोगविलास र वैभवकताको लागि
हजारौँ अक्षम्य पाप पो गरिरह्यौ कि !
हजारौँ सृष्टि फुलाउने भु्रणलाई गर्भमा नै हत्या गरेर
पापको भकारी भरिरह्यौ कि !
मंगल र चन्द्रमामा बस्ती बसाउने धुनमा मानवबस्ती नै सखाप पार्न
तल्लीन भयौँ कि !
मानवताको सबै सिद्धान्त बिर्सेर आफू मात्र रमाउन
नयाँनयाँ सिद्धान्त प्रतिपादिन गर्याँै कि !
निरङ्कुश शासकहरूको तानाशाहीलाई
खबरदारी गर्नको बदलामा आफैँ सत्ता र सर्वशक्तिमानको
भोकले अन्धो भयौँ कि !
हाम्रै लाशमाथि नाचेर बाँसुरी फुक्ने गिद्धहरूको
पक्षपोषक पो भयौँ कि !
भ्रष्टाचार, कमिसनखोर र कालोबजारियाको नाड्गो नाच
नाच्नेहरूको साक्षी बसेर अपराध पो गर्यौँ कि !
यो क्रुर र निरङ्कुश सत्ताको साक्षी हामी
हामी नै दोषी हौँ कि !
त्यसैले मेरो प्रिय,
मेरो मृत्युमा कुनै शोक धून नबजाउनू । कुनै उत्सव नमनाउनू ।
किनकि यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।
प्रत्येक क्षण प्रत्येक पल आफनो अस्तित्वको शंख फुकिरहेको छ ।

माफ गर प्रिय, मैले खुशीको, आनन्दको र जीवनको
कविता लेख्न सकिनँ ।
किनकि यी सबै कुरा अपहरण भएर
समय नै बन्दी भएर बाँचिरहेको छ ।

Continue Reading

Banner

गजल

Published

on

कहिले जिन्दगी त्यो नीलो तालमा डुब्छ
हेर्दाहेर्दै कहिले समुद्री छालमा डुब्छ ।।

आउँछ कहिले जिन्दगीमा माहामारी सहन नसक्ने गरी
टुलटुलु हेरेर बस्दाबस्दै समयको चालमा डुब्छ ।।

आँधी हुरीसँगै कतिका घर बगायो ज्यान कतिको गयो
सकिएन रोक्नलाई अदृश्य शक्तिलाई किन जिन्दगी बेहालमा डुब्छ ।।

कतिको ज्यान रोगले लग्यो कति पहिरोमा पुरिएर नै गयो
झगडा कहिल्यै टुङ्गिएन छिमेकीबीच देश सिमानामा डुब्छ ।।

Continue Reading

Banner

काँक्रेविहार (कविता), (हिन्दी अनुवादसहित)

Published

on

वि. सं. १३२५ मा
अशोक चल्लको मुटु
पग्लिँदै पग्लिँदै गएपछि
जन्मेको थिएँ म

क्राचल्ल हजुरबाको आशीर्वादले
सिञ्जाबाट हिँड्दै हिँड्दै
आइपुगेका थिए मेरा पिता
यो घना जङ्गलको माझमा कतै

पाँच पाण्डवले छरेको बीउलाई
बडो दुःखले सँगालेर
उमारेका थिए उनले मलाई
र, फुलेको थिएँ म ढुङ्गेफूल

म हुर्किंदै जाँदा कति कति
मूर्तिकारका चक्रहरू मेटिए
सालको फेदमा धमिराले बनाएका
कति कति देवलहरू भत्किए

मेरा सिंढीका औंलाहरूले
पछ्याइरहे मलाई
अग्लिँदै गएँ म तर
फक्रिँदै गएँ कमलको फूलझैं
हर्लक्क
र ढाकें जङ्गलको पूरै छाती

लिएर सापटीमा
बुद्घका आँखा र पैताला
म हिँड्न चाहन्थें
एउटा लामो यात्रा

पाँच सय पैंसट्ठी वर्षपछि तर…..

वि. सं. १८९० मा
धर्तीमुनिबाट कसैले हानेपछि
पृथ्वीजत्रो मट्याङ्ग्राले
टुक्रियो अशोक चल्लको आत्मा
र, छरिएँ म भूइँभ…..रि…..

छन् हावामा तैरिरहेका
मेरा पुष्पदलहरू
गमले टाँसिएझैं कागजका टुक्राहरू
गाँसिनेछु म पनि एक दिन
र, फक्रनेछु फेरि उही पुरानै लयमा…..

काँक्रेविहार— सुर्खेत जिल्लाको प्रसिद्घ तीर्थस्थल, एक प्राचीन विहार । जसलाई खस राजा अशोक चल्लले निर्माण गर्न लगाएका थिए

सिञ्जा— प्राचीन खस साम्राज्यको राजधानी

अशोक चल्ल— प्राचीन खस साम्राज्यका राजा

क्राचल्ल— खस राजा, अशोक चल्लका पिता

 

हिन्दी अनुवाद

काँक्रेविहार

वि. सं. १३२५ में
अशोक चल्ल का दिल
पिघलने के वाद
जन्मा था मैं

क्राचल्ल दादा जी के आशीर्वाद के साथ
सिञ्जा से चलते चलते
आ पहुँचे थे मेरे पिता
इस घने जंगल के बीच में कहीं

पाँच पांडवों द्वारा बोया गया बीज
बड़ी तकलीफÞ से संजोकर
पैदा किया था उन्होंने मुझे
और, खिला था मैं पत्थर–फÞूल

मेरे बड़े होने के दौरान न जाने कितने कितने
मूर्तिकार के चक्र मिट गए
पेड़ के नीचे कीड़ों ने बनाए हुए
कितने बुत घर खÞत्म हो गए

मेरी सिढ़ी की उँगलियों ने
पिछा किया मेरा
उभर रहा था मैं पर
खिलता गया कँवल के फÞूल जैसे
खिल–खिला कर
और, ढक दिया जंगल के पूरे सीने को

ले कर उधार में
बुद्ध की आंखें और पैर
मैं चलना चाहता था
एक लम्बा सफÞर

पाँच सौ पैंसठ साल बाद लेकिन …..

वि. सं. १८९० में
जÞमीं के नीचे से किसी के मारने के बाद
पृथ्वी जितनी बड़ी गुलेल से
टूटा अशोक चल्ल की रूह
और, बिखरा मैं जÞमीं भ….र….

है अभी भी हवाओं में तैर रहा
मेरे गुल
गोंद की तरह चिपका हुआ कागज के टुकड़े
बुना जाऊँगा मैं भी एक दिन
और, खिलूँगा फिर वही पुरानी लय में

अनुवाद ः अहमद साहिल
——————————————
– विक्रम संवत् (वि.सं.)– नेपाल की आधिकारिक पंचांग कैलेंडर
– काँक्रेविहार– सुर्खेत जिले का प्रसिद्ध तीर्थस्थल, एक प्राचीन मठ । जिसे खस राजा अशोक चल्ल ने बनवाया था ।
– सिञ्जा– प्राचीन खस साम्राज्य की राजधानी
– अशोक चल्ल – प्राचीन खस साम्राज्य का राजा
– क्राचल्ल– खस राजा, अशोक चल्ल के पिता

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक