Connect with us
Advertisement

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

Published

on

बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आइतवार साँझ सवा ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदलयात्री आठराई गाउँपालिका–६ तेह्रथुमका २५ वर्षीय केवल खवासलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि बि.एण्ड.सी अस्पताल पठाइएकोमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मिसाइलको चर्को अभाव भएकाले रुससँगको लडाईं कमजोर बन्दै गएको युक्रेनी राष्ट्रपति जेलेनेस्कीको गुनासो

Published

on

युक्रेनले रुससँगको युद्धमा मिसाइलको चर्को अभाव भएको बताएको छ ।  गएको महिना कयौँ रुसी हमला विफल बनाएको र रुसमाथि जवाफी आक्रमण गरेको युक्रेनले यो महिनाको शुरुदेखि मिसाइल र हवाई रक्षा प्रणालीको अभाव भएको जनाएको हो ।

मिसाइलको अभाव हुँदा रुसले राजधानी किभ वरपरका सबैजसो पावर प्लान्ट ध्वस्त बनाइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको महिना रुसले १८ सय मेगावाट क्षमताको थर्मल प्लान्ट ध्वस्त बनाइदिएपछि युक्रेनमा उर्जा सङ्कट पनि बढेको छ । सरकारले नागरिकलाई विद्युत बचत गर्न आग्रह गरेको छ ।

जेलेनेस्कीले यो महिनाको शुरुदेखि नै मिसाइल र गोलाबारुदको अभाव रहेको भन्दै अमेरिका र पश्चिमा देशसँग सहयोग माग्नुभएको थियो । तर माग अनुसारका मिसाइल नपाएपछि अहिले युक्रेन कमजोर अवस्थामा पुगेको छ ।

अब यदि रुसले आफ्नो तीव्र गति र लामो दूरीको बमबारी अभियान जारी राख्यो भने अवस्था झनै जटिल बन्ने युक्रेनी राष्ट्रपति जेलेनेस्कीले बताउनुभएको छ । अहिले युक्रेनका पश्चिमी मित्र राष्ट्रहरू युक्रेनमा थप हवाई रक्षा पठाउन अनिच्छुक देखिएका छन् ।

रुसले युक्रेनमाथि विजय प्राप्त गरेमा समग्र युरोप नै खतरामा पर्ने भन्दै युक्रेनले अत्याधुनिक मिसाइल र रक्षा प्रणालीको माग गरिरहेको छ ।

Continue Reading

समाचार

चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनीको निधन

Published

on

चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनीको निधन

पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

Continue Reading

समाचार

रुससँग युद्ध शुरू भएयता युक्रेनमा ३७ हजार व्यक्ति बेपत्ता

Published

on

युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण शुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति बेपत्ता रहेको जनाएको छ ।

बालबालिका, सर्वसाधारण र सेना गरी करिब ३७ हजार मानिस बेपत्ता भएको युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताए।

युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध शुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताए।

मानव अधिकारवादी समूहले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन्।

युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको सुरुवातदेखि नै रूसी कब्जामा छ। युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौँको ज्यान लिइसकेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक