Connect with us
Advertisement

ट्रम्पको करवृद्धिको घोषणासँगै विश्व शेयर बजार ओरालो गतिमा

Published

on

विराटचोकः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ब्राजिल र अर्जेन्टिनाका सामानमा शुल्क वृद्धि गर्ने घोषणासँगै मंगलबार विश्व शेयर बजारले ओरालो गति समाएको छ ।

आज एशियाली प्रशान्त शेयर ० दशमलव ३७ प्रतिशतले घटेको छ भने अस्ट्रेलियाली शेयर २ प्रतिशतभन्दा बढीले घटेको छ । यो दुवैको शेयर बजार दुई महिनाकै सबैभन्दा खराब दिनका रूपमा रहेको छ ।

यसैगरी चीनको ब्लू–चिप सीएसटी ३०० सूचक ० दशमलव ६२ प्रतिशतभन्दा धेरैले घटेको छ भने जापानको निक्केई सूचकमा ० दशमलव ६१ प्रतिशतको गिरावट देखिएको छ ।

सोमबार डोउ जोन्स इन्डेक्स ० दशमलव ६८ प्रतिशतले घटेको थियो भने एस एण्ड पी ० दशमलव ५९ प्रतिशत र नास्डाक ० दशमलव ९४ प्रतिशतले घटेको थियो ।

सोमबार अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील र आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेसँगै उक्त गिरावट देखिएको बताइएको छ । – एजेन्सी

Continue Reading

Facebook Comment

24 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोलम्बियामा सैनिक विमान दुर्घटना : ९० जनाको ज्यान गयो

Published

on

कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा सैनिक विमान दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

११० जना सवार रहेको विमान अवतरणका क्रममा दुर्घटना भएको कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा केही संख्यामा यात्रु घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन, थप अनुसन्धान थालिएको छ । थप विवरणहरु आउन बाँकी छ ।

Continue Reading

Banner

इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते

Published

on

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।

हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।

साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।

यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।

Continue Reading

Banner

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण

Published

on

विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।

थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक