शेयर
नेप्से सूचकसँगै बढ्यो कारोबार रकम पनि
विराटचोकः कारोबार खुलेदेखि नै हरियो भएको नेप्से अन्तिम समयसम्म पनि हरियो नै भएर बन्द भएको छ । बजार बढ्दै जाने क्रममा दोहोरो अंकको वृद्धि भए पनि त्यसमा केही करेक्सन भई बजार बन्द हुने समयमा पौने ९ अंकले नेप्से सूचक बढेको छ ।
जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै २ दशमलव ८१ प्रतिशतले बढ्दा निर्जीवन बीमा कम्पनीको सूचक २ दशमलव ५६ र लघुवित्त समूहको सूचक २ दशमलव २२ प्रतिशतले बढेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २ करोड ८२ लाख ४२ हजारभन्दा बढीको कारोबार भएको बजारमा एनआईसी एशिया कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ ।
एनआईसी एशियाको १ करोड ९३ लाख ६० हजार र एनएमबी बैंकको १ करोड ७२ लाख ५० हजार रुपैयाँको शेयर किनबेच भएको छ । नेप्से ८ दशमलव ७३ अंकले बढेर १ हजार १ सय २४ दशमलव ४७ अंकमा पुगेको छ । जम्मा ३० करोड ८२ लाख १४ हजार रुपैयाँभन्दा धेरै रकमको शेयर किनबेच भएको छ ।
प्रभु इन्स्योरेन्सको ८ दशमलव ५० र गुराँस लघुवित्तको ७ दशमलव ८४ प्रतिशतले मूल्य बढेको बजारमा अन्य ४ कम्पनीको शेयरमूल्य ७ दशमलव ७० प्रतिशत हाराहारी बढेको छ ।
त्यस्तै, वरुण लघुवित्तको ७ दशमलव ९५, घोडीघोडा लघुवित्तको ५ र सिन्धु विकास बैंकको ४ दशमलव ६१ प्रतिशतले मूल्य घटेको छ ।
Facebook Comment
Banner
नेप्से २६.०७ अङ्कले घट्यो
शेयर बजार परिसूचक नेप्से आज २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घट्दा बैंक, लगानी र अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज सिद्धार्थ इक्युटी फण्ड र नारायणी विकास बैंकको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि पाँचवटा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।
सकारात्मक सर्किट लाग्नेमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनी बाहेक सबै केही आईपीओमार्फत भर्खरै बजारमा कारोबार शुरू भएका कम्पनी हुन् ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १४ अर्ब ३२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३ सय ४५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।
Banner
नेप्से र कारोबार रकम दुबै बढ्यो
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक बढेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावर कम्पनी र होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेटष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे ४४ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।
Banner
नेप्सेसँगै बढ्यो कारोबार रकम
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उकालो लागेर बन्द भएको छ। गत साताको सोमबारदेखि बढ्न थालेको बजारले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले बढ्दा फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले वृद्धि भएको छ।
यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। ३४१ वटा स्टकको ५५ हजार २०६ पटकको कारोबारमा १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको हो।
कारोबारका क्रममा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढ्दा एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ६ प्रतिशतले बढेको छ। हिम स्टार उर्जा कम्पनीको सेयर मूल्य भने सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२२ प्रतिशतले बढेको छ भने व्यापार र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login