Connect with us
Advertisement

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी, सदस्यमा ४ जना निर्विरोध

Published

on

विराटचोकः भोलि हुने नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष पदमा ४ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

जिल्लामा २ वटा गठबन्धन भएर अधिकांश पदमा २ जनाको मात्रै उम्मेद्वारी परे पनि अध्यक्ष पदमा भने प्रेस युनियनका २ जनाले बागी उम्मेद्वारी दिएका हुन् ।

प्रेस चौतारी, प्रेस मञ्च नेपाललगायतको गठबन्धनबाट सन्तोष काफ्लेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने प्रेस युनियन, प्रेस सेन्टरलगायतको गठबन्धनबाट जनकऋषि राईले अध्यक्षमा उम्मेदवारी दिएका छन् । प्रेस युनियनबाट नै अध्यक्ष पदमा सचिन पोख्रेल र सुविद गुरागाईले बागी उम्मेद्वारी दिएका हुन् । उनीहरुको उम्मेदवारी फिर्ता गराउने प्रयास आज दिनभर असफल भएपछि भोलि ४ जनाबीचबाट नेतृत्व चयन हुने भएको हो ।

उपाध्यक्षमा युनियन र सेन्टरको तर्फबाट गणेश निरौला र प्रेस चौतारीको गठबन्धनबाट सुमन पुरीबीच प्रतिस्पर्धा हुने भएको छ ।

महिला उपाध्यक्ष पदमा पनि ४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सुमित्रा राई (सञ्जु), रञ्जना पौडेल, मनिता चाम्लिङ र उषाकिरण भट्टराईले उम्मेदवारी दिएका हुन् । सुमित्राको उम्मेदवारी प्रेस चौतारीको गठबन्धनबाट भएको हो भने उषाकिरणको उम्मेदवारी प्रेस युनियनको गठबन्धनबाट हो । प्रेस युनियनबाट नै रञ्जनाले बागी उम्मेदवारी दिएकी हुन् भने मनिताले स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएकी हुन् ।

सचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ । प्रेस चौतारी गठबन्धनबाट दिनेश गजमेरको उम्मेदवारी छ भने प्रेस युनियन गठबन्धनबाट ध्रुव ढकालको उम्मेदवारी छ । प्रेस सेन्टरबाट भरतराज शर्मा (गोपाल कामत)ले बागी उम्मेद्वारी दिएका छन् ।

सहसचिवमा प्रेस चौतारी गठबन्धनबाट विकल रेग्मीको उम्मेदवारी छ भने प्रेस युनियन गठबन्धनबाट तीर्थ कार्कीको रहेको छ । समावेशी सहसचिवमा प्रदिपकुमार चौधरी र भोला श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

कोषाध्यक्षमा अतिजकुमार झा, कृष्णप्रसाद वहाव भट्टराई र निशान प्रकृति थारुबीच प्रतिस्पर्धा हुने भएको छ ।

४ जना सदस्य निर्विरोध
यसैबीच, जिल्ला कार्यसमिति सुनसरीको सदस्यमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्य पदमा देविका चाम्लिङ निर्विरोध निर्वाचित भएकी छिन् । दलित सदस्य पदमा सुविन विश्वकर्मा पनि निर्विरोध भएका छन् । जनजाति सदस्यमा पारस राई र समावेशी, मुस्लिम, अल्पसंख्यक र अपाङ्ग कोटाको सदस्यमा महमद मिकाइल निर्विरोध चुनिएका हुन् ।

केन्द्रीय र प्रदेश परिषद सदस्यमा पनि निर्विरोध

केन्द्रीय परिषदको महिला सदस्यमा गंगा पौडेल (बराल) निर्विरोध निर्वाचित भएकी छिन् भने प्रदेश परिषदको महिला सदस्यमा कानुन कार्की निर्विरोध भएकी छिन् ।

यस्तै, प्रदेश परिषदको समावेशी सदस्यमा अनवर हुसेन अन्सारी, आशिष यादव, कुलदीप चौधरी, विकास चाम्लिङ, विशाल राई, धीरेन्द्रकुमार चौधरी र सोहन श्रेष्ठ निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading

Banner

गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

Published

on

मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।

Continue Reading

Banner

एनपीएलमा आज दुई खेल

Published

on

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक