Connect with us
Advertisement

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी, सदस्यमा ४ जना निर्विरोध

Published

on

विराटचोकः भोलि हुने नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष पदमा ४ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

जिल्लामा २ वटा गठबन्धन भएर अधिकांश पदमा २ जनाको मात्रै उम्मेद्वारी परे पनि अध्यक्ष पदमा भने प्रेस युनियनका २ जनाले बागी उम्मेद्वारी दिएका हुन् ।

प्रेस चौतारी, प्रेस मञ्च नेपाललगायतको गठबन्धनबाट सन्तोष काफ्लेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने प्रेस युनियन, प्रेस सेन्टरलगायतको गठबन्धनबाट जनकऋषि राईले अध्यक्षमा उम्मेदवारी दिएका छन् । प्रेस युनियनबाट नै अध्यक्ष पदमा सचिन पोख्रेल र सुविद गुरागाईले बागी उम्मेद्वारी दिएका हुन् । उनीहरुको उम्मेदवारी फिर्ता गराउने प्रयास आज दिनभर असफल भएपछि भोलि ४ जनाबीचबाट नेतृत्व चयन हुने भएको हो ।

उपाध्यक्षमा युनियन र सेन्टरको तर्फबाट गणेश निरौला र प्रेस चौतारीको गठबन्धनबाट सुमन पुरीबीच प्रतिस्पर्धा हुने भएको छ ।

महिला उपाध्यक्ष पदमा पनि ४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सुमित्रा राई (सञ्जु), रञ्जना पौडेल, मनिता चाम्लिङ र उषाकिरण भट्टराईले उम्मेदवारी दिएका हुन् । सुमित्राको उम्मेदवारी प्रेस चौतारीको गठबन्धनबाट भएको हो भने उषाकिरणको उम्मेदवारी प्रेस युनियनको गठबन्धनबाट हो । प्रेस युनियनबाट नै रञ्जनाले बागी उम्मेदवारी दिएकी हुन् भने मनिताले स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएकी हुन् ।

सचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ । प्रेस चौतारी गठबन्धनबाट दिनेश गजमेरको उम्मेदवारी छ भने प्रेस युनियन गठबन्धनबाट ध्रुव ढकालको उम्मेदवारी छ । प्रेस सेन्टरबाट भरतराज शर्मा (गोपाल कामत)ले बागी उम्मेद्वारी दिएका छन् ।

सहसचिवमा प्रेस चौतारी गठबन्धनबाट विकल रेग्मीको उम्मेदवारी छ भने प्रेस युनियन गठबन्धनबाट तीर्थ कार्कीको रहेको छ । समावेशी सहसचिवमा प्रदिपकुमार चौधरी र भोला श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

कोषाध्यक्षमा अतिजकुमार झा, कृष्णप्रसाद वहाव भट्टराई र निशान प्रकृति थारुबीच प्रतिस्पर्धा हुने भएको छ ।

४ जना सदस्य निर्विरोध
यसैबीच, जिल्ला कार्यसमिति सुनसरीको सदस्यमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्य पदमा देविका चाम्लिङ निर्विरोध निर्वाचित भएकी छिन् । दलित सदस्य पदमा सुविन विश्वकर्मा पनि निर्विरोध भएका छन् । जनजाति सदस्यमा पारस राई र समावेशी, मुस्लिम, अल्पसंख्यक र अपाङ्ग कोटाको सदस्यमा महमद मिकाइल निर्विरोध चुनिएका हुन् ।

केन्द्रीय र प्रदेश परिषद सदस्यमा पनि निर्विरोध

केन्द्रीय परिषदको महिला सदस्यमा गंगा पौडेल (बराल) निर्विरोध निर्वाचित भएकी छिन् भने प्रदेश परिषदको महिला सदस्यमा कानुन कार्की निर्विरोध भएकी छिन् ।

यस्तै, प्रदेश परिषदको समावेशी सदस्यमा अनवर हुसेन अन्सारी, आशिष यादव, कुलदीप चौधरी, विकास चाम्लिङ, विशाल राई, धीरेन्द्रकुमार चौधरी र सोहन श्रेष्ठ निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक