स्थानीय तह
सुकुना बहुमुखी क्याम्पसको प्रजातान्त्रिक प्राध्यापक सङ्घमा रमेश खतिवडा, २८ वर्षपछि २ सङ्घ
विराटचोकः सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा प्रजातान्त्रिक प्राध्यापक सङ्घको गठन भएको छ । प्रगतिशील प्राध्यापक सङ्गठनको मात्र वर्चस्व रहेको सो क्याम्पसमा आजदेखि २ ओटा प्राध्यापक सङ्घ गठन भएका हुन् । २०४८ सालमा स्थापित सो क्याम्पसमा विज्ञान सङ्कायका प्रध्यापक रमेश खतिवडाको अध्यक्षतामा ७ सदस्यीय प्रजातान्त्रिक प्राध्यापक सङ्घ गठन भएको हो ।
खतिवडाले शिक्षकको हकहितका लागि प्रजातान्त्रिक सङ्घ निर्माण गर्नुपरेको बताए । समितिको उपसभापतिमा लेखबहादुर धिमाल, सचिवमा नीलकण्ठ दाहाल, कोषाध्यक्षमा सोमा बस्नेत र सदस्यमा जितेन्द्र लिम्बू, नकुलप्रसाद बजगाईँ, ज्ञानेन्द्र अधिकारी रहेका छन् ।
नवगठित प्राध्यापक सङ्घका सभापति खतिवडाले क्याम्पसमा एउटा मात्र प्राध्यापक सङ्घ अस्तित्वमा रहेको अवस्थामा फरक विचारधाराको शिक्षकको सङ्घ गठन भएको बताए । फरक विचारधाराको समूहलाई एकीकृत गरी क्याम्पसको शैक्षिक वातावरणमा सकारात्मक टेवा पुर्याउने उद्देश्यले समूह गठन भएको अध्यक्ष खतिवडाले बताए । सुकुना बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवम् प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त क्याम्पस हो ।

Facebook Comment
Banner
लोकप्रिय गीतकार केपी घिमिरे दार्जिलिङको सालबारीमा गुञ्जिए
नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे गत शनिवार भारतको दार्जिलिङ जिल्ला अन्तर्गत सिलिगुडीको सालबारीमा पुगेर रचना वाचन गरेका छन्। देशमा छुट्टै लोकप्रियता हासिल गरिसकेका घिमिरे पछिल्लोपटक विदेशमा पनि उत्तिकै चर्चा कमाउन सफल हुँदैछन्।

घिमिरे खासगरी कविता र गीतिरचनामा कलम चलाउने सर्जक हुन्। कला साहित्य क्षेत्रमा उनको सक्रियता विगत २५ वर्षदेखि निरन्तर जारी छ। उनले लेखेका गीतहरू गायक रामकृष्ण ढकाल, कुबेर नेपाली, दीपक लिम्बू, रूपक राई, सन्जिव धिमाल, गायिका मेनुका राई, झुमा निरौला, आभा मुकारुङ लगायतका आवाजमा दुई दर्जनभन्दा बढी रेकर्ड भैसकेका छन्। कलाकार राष्ट्रका गरिमा,निधि र पहिचान हुन् भन्ने महत्त्वपूर्ण भनाइका साथ घिमिरेले विगत १३ वर्षदेखि स्रष्टा सम्मान, पलेँटी शृङ्खला र प्रस्तुतिसहित देशका विभिन्न ठाउँमा साहित्यिक र साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएका घिमिरेले करिब २ सय स्रष्टालाई सम्मान गरिसकेका छन्।
नझरेका फूलहरू नामक कार्यक्रम घिमिरे एक्लैले सुरु गरेर व्यवस्थित ढंगले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम हो। यसपटक भारतको सालबारीमा आयोजित कार्यक्रममामा घिमिरेसहित कवयित्री डा. अस्मिता विष्ट र कवि लीला अनमोलको प्रस्तुति थियो। कार्यक्रमको मुख्य आकर्षण भने विष्टको कवितासङ्ग्रह ब्ल्याकहोलमा गीतहरूमाथि परिचर्चा गरिएको थियोे। कार्यक्रममा स्थानीय स्रष्टाहरू ज्ञानेन्द्र खतिवडा, मिलन रुचाल, शैलेन्द्र क्षेत्री, टङ्क शर्मा, निर्दोषिका तामाङ, डि एल प्रधान,योगिता राई लगायतको सहभागिता थियोे। कार्यक्रम शब्द समय र शैली प्रकाशनले आयोजना गरेको थियो।
Banner
खोर्साने गोल्डकपमा एपीएफलाई हराउँदै धरान फुटबल क्लब सेमीफाइनलमा
सशस्त्र प्रहरी फुटबल क्लब एपीएफलाई हराउँदै धरान फुटबल क्लब मोरङको सुन्दरहरैंचा नगरपालिकामा हिजोदेखि शुरु भएको प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।
हिजोको उद्घाटन खेलमा एपीएफ फुटबल क्लबलाई २–० गोल अन्तरले धरानले पराजित गरेको हो ।
प्रतियोगिताको उद्घाटन समारोहका सभापति संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पराजयसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ । विजयी धरान फुटबल क्लबले भोलिको खेलको विजेतासँग सेमीफाइनल खेल खेल्नेछ । भोलि सतिसाले स्पोर्टिङ क्लब र बिर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुनेछ ।
सुकुना खेलचौरीमा भइरहेको प्रतियोगिताअन्तर्गत आजको खेल भारतको खर्साङको युकेएफसी क्लब र सलहेश युथ क्लब सिरहाबीच हुने आयोजक सुन्दर खोर्साने युवा क्लबले जनाएको छ ।
Banner
काम छोडेर निर्माण व्यवसायीहरू आन्दोलनमा
नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीले सडक विभाग, जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएका छन् । इन्धनलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले धर्ना दिएका हुन् ।
व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महासङ्घका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनुभयो ।
उहाँका अनुसार निर्माण व्यवसायीहरू मूल्यवृद्धिका कारण चरम सङ्कटमा परेकाले बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्छ ।
‘काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्छ । आउँदाे बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्छ । आन्दोलनकै बीचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति आपत्ति छ’, उहाँले भन्नुभयाे ।
महासचिव घिमिरेका अनुसार महासङ्घले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम तय गरिसकेको छ ।
इन्धनको मूल्यवृद्धिका कारण सिमेन्ट, डन्डी, बालुवाजस्ता निर्माण सामग्रीको मूल्य बढेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरेको निर्माण व्यवसायीहरूको निष्कर्ष छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login