Connect with us
Advertisement

फेन्सिङमा भारतलाई तीन स्वर्ण

Published

on

तस्बिरः राष्ट्रिय खेलकुद परिषद
काठमाडौंः १३औं सागअन्तर्गत फेन्सिङमा भारतले तीन स्वर्ण जितेको छ । शुक्रबारबाट शुरु प्रतियोगितामा भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण जितेको हो ।

पुरुष इपीमा भारतका सुनिल कुमारले स्वर्ण, भारतकै जयप्रकाश गुरुप्रकाश कोपराले रजत तथा बंगलादेशका मोहमद इम्तियाज र पाकिस्तानका सैदुद्दिन अलीले कांस्य जिते ।

पुरुषकै साबरमा भारतका करण सिंहले स्वर्ण जिते । उनले फाइनलमा भारतकै कुमरेसन पद्म गिसोनिधिलाई पराजित गरे । बंगलादेशका बिपुल मोहमद इफ्ता खरुल आलम र श्रीलंकाका रोसन अराचेगले कांस्य जिते ।

महिलाको फ्वेल स्पर्धामा पनि भारतले नै स्वर्ण जित्यो । भारतकी थोइबी देवी वाङ्गेलबमले स्वर्ण, भारतकै राधिका प्रकाश अवातीले रजत, बंगलादेशकी मोहिमा अख्तर र रमा सिंहले कांस्य जिते ।

Continue Reading

Facebook Comment

14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल

Published

on

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । आज बिहानदेखि भएको वर्षाले मैदान भिजेका कारण खेल रद्द भएको हो ।

मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो । तर बिहानैदेखि वर्षा भएपछि खेल हुन सकेन । वर्षा रोकिए पनि मैदान चिसो भएका कारण खेल रद्द गरिएको हो ।

खेल रद्द भएसँगै नेपालले यू-१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ । आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्न नेपाललाई अवसर थियो ।

पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो । आईसीसी यू-१९ विश्वकप आगामी वर्ष जिम्बावेमा हुँदै छ ।

Continue Reading

Banner

तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

Published

on

मोरङको सुन्दरहरैंचा नगरपालिकामा भोलिदेखि तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।

सदस्य सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा मोरङका ६ वटा र सुनसरीका २ वटा पालिका सहभागी हुनेछन् । प्रतियोगितामा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका टिम सहभागी हुनेछन् । त्यस्तै, मोरङका आयोजक सुन्दरहरैंचा नगरपालिकाका साथै लेटाङ, पथरीशनिश्चरे र बेलबारी नगरपालिका सहभागी हुनेछन् । त्यस्तै, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

 

प्रतियोगिताको फाइनल खेल बैशाख १३ गते हुनेछ । प्रतियोगितामा विजयी हुनेले नगद ४ लाख र उपविजेता हुनेले नगद २ लाख रुपैयाँका साथै कप पाउनेछन् । त्यस्तै हरेक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद २ हजार ५०० रुपैयाँ पाउनेछन् । अन्य ५ विधाका उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताका सबै खेल पचाम खेलमैदान सुन्दरहरैंचा–१ मा हुने भएका छन् । भोलि हुने उद्घाटन खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।

Continue Reading

Banner

आईसीसी यू–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित

Published

on

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गरकाे हाे । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।

सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए ।

नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक