Connect with us
Advertisement

अन्तिम समयमा छायो शेयर बजारमा हरियाली

Published

on

विराटचोकः दिनभर राताम्मे देखिएको शेयर बजार अन्तिम समयमा आएर हरियो भएर बन्द भएको छ । हिजोको भन्दा ७ अङ्कसम्म तल झरेको बजार अन्तिम समयको आधा घण्टामा साढे ३ अंकले उकालो लागेको हो । नेप्से ३ दशमलव ४५ अंकले बढेर १ हजार १ सय ३५ दशमलव ३७ अंकमा अडिएको छ ।

६ ओटा उपसमूहको सूचक उकालो लाग्दा ६ ओटै उपसमूहको सूचकमा भने रातो पोतिएको छ । १ सय ७१ कम्पनीको शेयर ४ हजार ५ सय २५ पटक किनबेच भएको छ । ९ लाख ८७ हजार ७ सय ३९ कित्ता शेयर २८ करोड ७५ लाख २७ हजार ८ सय २५ रुपैयाँमा किनबेच भएका छन् ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरले अग्रता लिएको छ । सो कम्पनीको २ करोड १३ लाख ३६ हजार रुपैयाँको शेयर किनबेच भएको हो । मुक्तिनाथ विकास बैंकको १ करोड ७२ लाख ४९ हजार, एनएमबी बैंकको १ करोड ६१ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २९ लाख १२ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । अन्य कुनै पनि कम्पनीको १ करोडभन्दा बढीको शेयर कारोबार हुन सकेन ।

कञ्चन डेभलपमेन्ट बैंकको ७ दशमलव १०, स्वरोजगार लघुवित्तको ५ दशमलव ९६, युनियन हाइड्रोपावरको ५ दशमलव ८८ प्रतिशतले शेयरमूल्य बढेको छ । बजार बढे पनि नेशनल माइक्रोफाइनान्सको ३ दशमलव ८४, आँखु खोला जलविद्युतको ३ दशमलव ५१ र हिमालयन ऊर्जा विकासको शेयरमूल्य ३ प्रतिशतिले तल झरेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ४१ अर्ब कायम भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्से २६.०७ अङ्कले घट्यो

Published

on

शेयर बजार परिसूचक नेप्से आज २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घट्दा बैंक, लगानी र अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज सिद्धार्थ इक्युटी फण्ड र नारायणी विकास बैंकको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि पाँचवटा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।

सकारात्मक सर्किट लाग्नेमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनी बाहेक सबै केही आईपीओमार्फत भर्खरै बजारमा कारोबार शुरू भएका कम्पनी हुन् ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १४ अर्ब ३२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३ सय ४५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।

Continue Reading

Banner

नेप्से र कारोबार रकम दुबै बढ्यो

Published

on

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १३ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको १ लाख ३० हजार १५ पटकको कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँबराबरको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावर कम्पनी र होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेटष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे ४४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।

Continue Reading

Banner

नेप्सेसँगै बढ्यो कारोबार रकम

Published

on

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उकालो लागेर बन्द भएको छ। गत साताको सोमबारदेखि बढ्न थालेको बजारले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले बढ्दा फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले वृद्धि भएको छ।

यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। ३४१ वटा स्टकको ५५ हजार २०६ पटकको कारोबारमा १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको हो।

कारोबारका क्रममा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढ्दा एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ६ प्रतिशतले बढेको छ। हिम स्टार उर्जा कम्पनीको सेयर मूल्य भने सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२२ प्रतिशतले बढेको छ भने व्यापार र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक