Connect with us
Advertisement

सुन्दरहरैंचामा महिला अधिकारसम्बन्धी कानुनी परामर्श

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत २ दिने महिला अधिकार सम्बन्धी कानुनी परामर्श कार्यक्रम सम्पन्न भएको छ ।परोपकार महिला समूहको आयोजनामा मंसिर २१ र २२ गते कोशीहरैचा उद्योग वाणिज्य सङ्घको सभाहलमा नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो कानुनी परामर्श कार्यक्रममा सुन्दरहरैंचाका वडा नम्बर १, ८, ९, १०, ११ र १२ वडाका करीब ३५ जना महिलाको सहभागिता रहेको थियो । २ दिनसम्म भएको कानुनी परामर्श कार्यक्रममा सहभागी महिलाहरूलाई सुन्दरहरैंचाका कानुनी सल्लाहकार अधिवक्ता बालकृष्ण आचार्यले सहजीकरण गरेका थिए ।

संविधानमा उल्लिखित कानुन, फौजदारी संहिता र देवानी संहिताका विषयमा सहभागीहरूलाई उनले प्रष्टयाएका थिए । गाउँघरमा हुने हिंसालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा रहेर २ दिनसम्म छलफल भएको कार्यक्रमकी सभापति परोपकार संस्थाकी अध्यक्ष बबिता खापुङले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख ढकालले न्याय सबैमा बराबरी हुने भएकाले हिंसामा महिलामात्र नभई पुरुष पनि पीडित भएर न्याय माग्दै आउने गरेको बताउँदै जुनसुकै किसिमको हिंसा गर्नु अपराध हुने बताए । सहभागीलाई शुभकामना दिँदै ढकालले सबैले आ–आफ्नो कर्तव्य र दायित्व बुझेर सबैको हितका लागि अग्रणी रूपमा समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिए । यस्तै, ढकालले ज्येष्ठ नागरिकको गुनासो सबैभन्दा धेरै आउने गरेको समेत बताए ।

सोही कार्यक्रममा समाजमा रहेर सामाजिक क्षेत्रमा उत्कृष्ठ नेतृत्व गर्ने ३ जना महिलालाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा नगरस्तरीय इन्द्रपुर समस्त भजन समूहकी रुपा घिमिरे, सेवालुङ बचत तथा ऋण सहकारीकी अध्यक्ष कबिता सुब्बा र अमूल्य महिला बचत समूहकी अध्यक्ष धारणा खनाल रहेका छन् ।

सो कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुशीला अधिकारी, कार्यपालिका सदस्य उर्मिला रिजाललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन परोपकार महिला समूहकी सचिव निरु बजगाईले गरेकी थिइन् ।

Continue Reading

Facebook Comment

26 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचावासीलाई नोबेलमा २० प्रतिशत छुटमा उपचार,

Published

on

मोरङको सुन्दरहरैंचा नगरपालिकाका बासिन्दाले नोबेल मेडिकल कलेज विराटनगर, केएमसी भक्तपुर र सिनामंगलमा उपचार गर्दा छुट पाउने भएका छन् ।

नगरपालिका र अस्पताल प्रशासनबीच भएको सम्झौताअनुसार काठमाडौं मेडिकल कलेज (केएमसी) भक्तपुरमा उपचार सेवामा ५० प्रतिशत, केएमसी सिनामङ्गल, काठमाडौंमा २५ प्रतिशत तथा नोबेल मेडिकल कलेज विराटनगरमा २० प्रतिशत छुट उपलब्ध हुने भएको हो ।

छुट सुविधा लिन सुन्दरहरैँचा नगरपालिकाको स्थायी बासिन्दा खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजातबाट स्थायी ठेगाना पुष्टि गर्न सकिने जनाइएको छ ।

त्यस्तै, नगरपालिकाबाट जारी गरिएको आधिकारिक सिफारिशपत्रका आधारमा पनि छुट सुविधा लिन सकिने जनाइएको छ ।

नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित अस्पतालका प्रतनिधिबीच भएको सम्झौता भएको बताइएको छ ।

सो सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख केदारप्रसाद गुरागाईँ र उपप्रमुख अकली चौधरीले हस्ताक्षर गर्नुभएको छ । अस्पताल प्रशासनको तर्फबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका महाप्रबन्धक दिपेश राई र जनसम्पर्क अधिकृत नवीन दाहालले हस्ताक्षर गर्नुभएको छ ।

Continue Reading

Banner

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँच अनिवार्य

Published

on

आउँदो मंसिर १ देखि काठमाण्डौ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ ।

सरकारले हालै राजपत्रमार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ ।

काठमाण्डौ उपत्यकाका सबै पालिकामा मंसिर १ देखि अनि उपत्यकाबाहिरका सबै जिल्लाका महानगर, उपमहानगर र नगरपालिकामा माघ १ देखि ऐन लागू हुनेछ । अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ ।

ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ । ऐनले वधअघि र वधपछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ ।

ऐनको दफा ८ अनुसार पशु वध गर्नुअघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनु पर्छ भने दफा ९ ले तोकिएको व्यवस्थित वधशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, दफा १० अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ । ऐनको दफा ११ ले रोगी, सङ्क्रमित वा कालगतिले मरेका पशुको मासु बिक्रीवितरणमा रोक लगाएको छ भने दफा १२ र १३ ले मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ ।

पशुसेवा विभागले काठमाण्डौ उपत्यकाबाट सुरु हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति ९मासु निरीक्षक० खटाउने, व्यवसायीलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक