समाचार
आज निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस

विराटचोकः आज निर्दाेष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस विश्वभर मनाइँदैछ । जुन ४ तारिखमा यो दिवस विश्वभर मनाइन्छ ।
बालबालिका ऐन, २०७५ अनुसार १८ वर्षमुनिका व्यक्ति बालबालिका हुन् । उनीहरुको शारीरिक तथा मनोवैज्ञानिक अवस्था वयस्कको भन्दा फरक हुन्छ । उनीहरुको मन पर्ने कुरा, व्यवहारको शैली र संवेग कच्चा हुने भएकाले नै हामी बालापन भनी सम्बोधन गर्छाैँ ।
अन्याय अत्याचार बालववाह, यौन शोषण, बेचबिखन र युद्धजस्ता विभिन्न कारणले गर्दा उनीहरुको बालापन खोसिएको हुन्छ । नेपालमा २६ प्रतिशत अर्थात् करिब १३ लाख बालबालिका बालविवाह तथा बेचबिखनको जोखिममा रहेको देखिन्छ । तथ्यांकअनुसार मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक तथा जनजाति समुदायका र दुर्गम क्षेत्रका त्यस्ता समुदायका बालबालिकाहरू र अभिभावक वैदेशिक रोजगारीमा भएका छोराछोरीहरू अझ बढी जोखिममा रहेको पाइन्छ ।
बालबालिकाले अनौपचारिक र औपचारिक शिक्षा स्वस्थ्य र स्वच्छ वातावरणमा पाउनुपर्ने उनीहरुको विकासको अधिकार हो । बालश्रमिकको नाममा हुने निकृष्ट प्रकृतिका अत्याचारको अन्त्य हुनुपर्छ । बालबालिकाले आफ्नै घरपरिवार, छिमेक वा समुदाय, विद्यालय क्षेत्रमा सबैभन्दा बढी दुव्र्यवहार, हिंसा, शोषण, उपेक्षा, यातना, भोगिरहेका हुन्छन् ।
यसरी निर्दाेष बालबालिकामाथि भइरहेका प्रत्यक्ष तथा अप्रत्यक्ष अत्याचारको विरुद्धमा आवाज उठाउनु जरुरी छ ।
Facebook Comment
Banner
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।
शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन आह्वान गरेका हुन् । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।
Banner
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।
तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
Banner
भूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (फोटो फिचर)

२०७२ वैशाख १२ को भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पूरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे ।
भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए । भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।
भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ ।
वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् । पूरातत्त्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।
कस्तो थियो ?
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login