Connect with us
Advertisement

शेयर बजारमा उत्साह, कारोबार रकम आधा अर्ब नजिक

Published

on

विराटचोकः सोमबार शेयर बजारका लगानीकर्तामा उत्साह देखिएको छ । बजार खुलेको आधा घण्टापछि लगातार बढ्दै गएको नेप्से इन्डेक्स झण्डै २० अङ्कसम्म बढेको थियो । पछि बजार केही तल झरी साढे १३ अङ्कको वृद्धि देखिएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये अन्य र लगानीकोष बाहेक बाँकी १० समूहका सूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचकमा ३ दशमलव ८१ प्रतिशतले हरियाली छाएको छ । त्यस्तै, व्यापार समूहमा ३ दशमलव ६१ र लघुवित्तको समूहमा ३ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । होटल समूहमा सबैभन्दा कम ० दशमलव ७३ अङ्कले बढेको छ ।

नेप्से १३ दशमलव ५१ अङ्कले बढेर १ हजार १ सय ४८ दशमलव ८९ बिन्दुमा पुगेको छ । १ सय ७३ कम्पनीको १४ लाख ५९ हजार ७ सय कित्ता शेयर किनबेच भएको छ । ७ हजार ६ सय २७ पटक भएको कारोबारमा ४६ करोड ४२ लाख २० हजार ३ सय ९२ रुपैयाँको कारोबार भएको छ ।

नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै २ करोड ३० लाख २७ हजार रुपैयाँको शेयर कारोबार हुँदा एनएमबी बैंकको १ करोड ९२ लाख १ हजार रुपैयाँको शेयर कारोबार भएको छ । ८ ओटा कम्पनीको १ करोडभन्दा बढीको कारोबार भएको बजारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १ करोड ७२ लाख ३६ हजार रुपैयाँको शेयर किनबेच भएको थियो ।

नाडेपसहित धेरै लघुवित्तको शेयरमूल्यमा उच्च वृद्धि
सोमबार मूल्य धेरै बढ्ने अधिकांश कम्पनी लघुवित्त समूहका रहेका छन् । नाडेप लघुवित्तको १० प्रतिशतले मूल्य बढ्दा नेपाल सेवा लघुवित्तको ९ दशमलव ९४ प्रतिशतले शेयर मूल्य बढेको छ । समिट लघुवित्त, समता माइक्रोफाइनान्स, मिथिला लघुवित्त, आँधीखोला लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, विजय लघुवित्तलगायतको शेयरमूल्य उच्च दरले बढेको छ । उच्च मूल्य बढ्ने १० कम्पनीमध्ये ८ ओटा लघुवित्त कम्पनी रहेका छन् ।

नबिल इक्विटी फण्डको सबैभन्दा धेरै ५ दशमलव ७४ प्रतिशतले घट्दा सिभिल बैंकको २ दशमलव १४ प्रतिशतले शेयरमूल्य घटेको छ । बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ५९ अर्ब कायम भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत

Published

on

सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।

कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।

यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत  शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व  रहेको छ।

Continue Reading

Banner

गरिमाले ५० लाखसम्मको एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा दिने

Published

on

गरिमा विकास बैंक लिमिटेडले  “आफ्नै घर – आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने बैंकले जनाएको छ ।

बैंकजा अनुसार गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ % र आवधिक कर्जामा मात्र १ % प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिएको हो । यो योजना अन्तर्गत व्यवसाय / उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गर्दै आईरहेको छ ।

Continue Reading

Banner

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता सेयर बिक्रीमा

Published

on

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

कम्पनीको संस्थापक समूहतर्फको ३ लाख कित्ता सेयर आज(माघ ३ गते) देखि बोलकबोलमार्फत बिक्रीमा राखिएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु,वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् ।

सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले माघ ११ गतेसम्म ओवदन दिनुपर्नेछ ।

लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक