शेयर
शेयर बजारमा उत्साह, कारोबार रकम आधा अर्ब नजिक
विराटचोकः सोमबार शेयर बजारका लगानीकर्तामा उत्साह देखिएको छ । बजार खुलेको आधा घण्टापछि लगातार बढ्दै गएको नेप्से इन्डेक्स झण्डै २० अङ्कसम्म बढेको थियो । पछि बजार केही तल झरी साढे १३ अङ्कको वृद्धि देखिएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये अन्य र लगानीकोष बाहेक बाँकी १० समूहका सूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचकमा ३ दशमलव ८१ प्रतिशतले हरियाली छाएको छ । त्यस्तै, व्यापार समूहमा ३ दशमलव ६१ र लघुवित्तको समूहमा ३ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । होटल समूहमा सबैभन्दा कम ० दशमलव ७३ अङ्कले बढेको छ ।
नेप्से १३ दशमलव ५१ अङ्कले बढेर १ हजार १ सय ४८ दशमलव ८९ बिन्दुमा पुगेको छ । १ सय ७३ कम्पनीको १४ लाख ५९ हजार ७ सय कित्ता शेयर किनबेच भएको छ । ७ हजार ६ सय २७ पटक भएको कारोबारमा ४६ करोड ४२ लाख २० हजार ३ सय ९२ रुपैयाँको कारोबार भएको छ ।
नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै २ करोड ३० लाख २७ हजार रुपैयाँको शेयर कारोबार हुँदा एनएमबी बैंकको १ करोड ९२ लाख १ हजार रुपैयाँको शेयर कारोबार भएको छ । ८ ओटा कम्पनीको १ करोडभन्दा बढीको कारोबार भएको बजारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १ करोड ७२ लाख ३६ हजार रुपैयाँको शेयर किनबेच भएको थियो ।
नाडेपसहित धेरै लघुवित्तको शेयरमूल्यमा उच्च वृद्धि
सोमबार मूल्य धेरै बढ्ने अधिकांश कम्पनी लघुवित्त समूहका रहेका छन् । नाडेप लघुवित्तको १० प्रतिशतले मूल्य बढ्दा नेपाल सेवा लघुवित्तको ९ दशमलव ९४ प्रतिशतले शेयर मूल्य बढेको छ । समिट लघुवित्त, समता माइक्रोफाइनान्स, मिथिला लघुवित्त, आँधीखोला लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, विजय लघुवित्तलगायतको शेयरमूल्य उच्च दरले बढेको छ । उच्च मूल्य बढ्ने १० कम्पनीमध्ये ८ ओटा लघुवित्त कम्पनी रहेका छन् ।
नबिल इक्विटी फण्डको सबैभन्दा धेरै ५ दशमलव ७४ प्रतिशतले घट्दा सिभिल बैंकको २ दशमलव १४ प्रतिशतले शेयरमूल्य घटेको छ । बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ५९ अर्ब कायम भएको छ ।
Facebook Comment
Banner
नेप्से २६.०७ अङ्कले घट्यो
शेयर बजार परिसूचक नेप्से आज २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घट्दा बैंक, लगानी र अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज सिद्धार्थ इक्युटी फण्ड र नारायणी विकास बैंकको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि पाँचवटा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।
सकारात्मक सर्किट लाग्नेमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनी बाहेक सबै केही आईपीओमार्फत भर्खरै बजारमा कारोबार शुरू भएका कम्पनी हुन् ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १४ अर्ब ३२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३ सय ४५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।
Banner
नेप्से र कारोबार रकम दुबै बढ्यो
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक बढेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावर कम्पनी र होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेटष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे ४४ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।
Banner
नेप्सेसँगै बढ्यो कारोबार रकम
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उकालो लागेर बन्द भएको छ। गत साताको सोमबारदेखि बढ्न थालेको बजारले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले बढ्दा फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले वृद्धि भएको छ।
यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। ३४१ वटा स्टकको ५५ हजार २०६ पटकको कारोबारमा १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको हो।
कारोबारका क्रममा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढ्दा एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ६ प्रतिशतले बढेको छ। हिम स्टार उर्जा कम्पनीको सेयर मूल्य भने सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२२ प्रतिशतले बढेको छ भने व्यापार र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login