Connect with us
Advertisement

नेपालले कुनकुन खेलमा पायो स्वर्ण, हेर्नुहोस् सूची

Published

on

विराटचोकः हिजो सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा १ सय ७४ स्वर्णसहित भारत पहिलो हुँदा ५१ स्वर्णसहित नेपाल दोस्रो स्थानमा रह्यो । त्यस्तै, श्रीलंकाले ४०, पाकिस्तानले ३१, बंगलादेशले १९ र माल्दिभ्सले १ स्वर्ण जित्दा भुटान भने स्वर्णविहीन रह्यो ।

नेपालले पुरुष फुटबलसहित ५१ खेलमा स्वर्ण जित्दा अन्य कुनकुन खेलमा स्वर्ण जिते हेर्नुहोस् स्वर्ण विजेता खेलाडीको नाम ।

कराते
१. मण्डेकाजी श्रेष्ठः व्यक्तिगत काता पुरुष
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण कार्कीः पुरुष टिम काता
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्कीः महिला टिम काता                                                                                                                  ४. लक्ष्मण तामाङः ५५ केजी समूह फाइट
५. विप्लवलाल श्रेष्ठः ८४ केजी माथि फाइट
६. कुसुम श्रेष्ठः ४५ केजी फाइट
७. अनु अधिकारीः ५५ केजी फाइट
८. नवीन रसाइलीः ६७ केजी फाइट
९. सुनिता महर्जनः ६८ केजी फाइट
१०. अनुपमा मगरः ६८ केजी फाइट

तेक्वान्दो
११. सिना मादेन लिम्बूः पुम्से महिला १७ देखि २३ वर्ष
१२. कमल श्रेष्ठः पुम्से पुरुष २४ देखि २९ वर्ष
१३. पार्वती गुरुङः पुम्से महिला २४ देखि २९ वर्ष
१४. आयशा शाक्यः पुम्से महिला २९ वर्षमाथि
१५. आयशा शाक्य र सञ्जीवकुमार ओझाः पुम्से जोडी २९ वर्षमाथि
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमिल्सिनाः पुम्से महिला टिम १७ देखि २३ वर्ष
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईः पुम्से महिला टिम २३ वर्षमाथि
१८. काजल श्रेष्ठः ४६ केजी फाइट
१९. वीरबहादुर महराः ६८ केजी फाइट
२०. संगीता बस्यालः ६२ केजी फाइट
२१. सक्षम कार्कीः ८७ केजीमाथि फाइट
२२. भुपेन श्रेष्ठः ८७ केजी मुनि फाइट

ट्रायथलन
२३. सोनी गुरुङ
२४. हिमाल टमाटा

उसु
२५. विजय सिञ्जालीः थाउलो छानछ्वान
२६. सुस्मिता तामाङः थाउलो छानछ्वान
२७. दीपक हमालः थाउलो नानछ्वान अलराउन्ड
२८. निमा घर्तीमगरः थाउलो नानछ्वान अलराउन्ड
२९. जुनी राईः सान्सौ ५६ केजी फाइट

एथ्लेटिक्स
३०. सन्तोषी श्रेष्ठः १० हजार मिटर दौड
३१. गोपीचन्द्र पार्कीः ५ हजार मिटर दौड
३२. किरणसिंह बोगटीः म्याराथन

साइक्लिङ
३३. राजेश मगरः डाउनहिल
३४. निस्मा श्रेष्ठः डाउनहिल
३५. लक्ष्मी मगरः क्रसकन्ट्री
३६. बुद्धिबहादुर तामाङः क्रसकन्ट्री

पौडी
३७. गौरिका सिंहः २ सय मिटर फ्री स्टायल
३८. गौरिका सिंहः २ सय मिटर ब्याक स्ट्रोक
३९. गौरिका सिंहः ४ सय मिटर फ्री स्टायल
४०. गौरिका सिंहः १ सय मिटर फ्री स्टायल

भारोत्तोलन
४१. सञ्जु चौधरीः ५९ केजी
४२. विकास थापाः ८९ केजी

गल्फ
४३. सुवास तामाङः व्यक्तिगत
४४. शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङः टिम स्पर्धा

कुस्ती
४५. गीता धामीः ५५ केजी

जुडो
४६. देविका खड्काः ५२ केजी
४७. पुनम श्रेष्ठः ७८ केजी

बक्सिङ
४८. मिनु गुरुङः ५४ केजी
४९. भुपेन्द्र थापामगरः ६४ केजी                                                                                                                                                                  ५०. सनिल शाहीः ६० केजी

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

न्युजिल्यान्डलाई हराउँदै भारतले तेस्राे पटक जित्याे टी–२० विश्वकपकाे उपाधि

Published

on

न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनले हरायो ।

भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १५९ रन बनाउँदा सबै विकेट गुमायो । न्युजिल्यान्डका टिम साइफर्टले ५२, कप्तान मिचेल स्यान्टरले ४३ रन बनाए । भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो । भारतका सन्जु सामसनले ५९, ईशान किशनले ५४, अभिषेक शर्माले ५२ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले ३ विकेट लिए ।

योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो ।

न्युजिल्यान्ड भने दाेस्राे पटक उपविजेता बनेकाे छ । न्युजिल्यान्ड यसअघि सन् २०२१ काे फाइनलमा अस्ट्रेलियासँग पराजित भएकाे थियाे ।

भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको छ । भारतले सन् २०२४ को जुनमा टी–२० विश्वकप जितेको थियो । यस्तै २०२५ को मार्चमा आईसीसी च्याम्पियन्स ट्रफी जितेको भारतले गएराति टी–२० विश्वकप उपाधि जित्यो ।

१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने भारतका सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । यस्तै भारतकै जसप्रित बुमराह फाइनल खेलकाे उत्कृष्ट खेलाडी बनेका छन् ।

Continue Reading

Banner

टी–२० विश्वकपमा आज ‘सुपर–एट’ का अन्तिम दुई खेल

Published

on

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा दिउँसो सवा ३ बजे दिल्लीको अरुण जेटली स्टेडियममा जिम्बावे र दक्षिण अफ्रिका खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ८ पटक भेट भएकोमा दक्षिण अफ्रिका ७ खेलमा विजयी भएको छ भने एउटा खेल नतिजाविहीन रहेको छ ।

यस्तै बेलुका सवा ७ बजे कोलकाताको इडेन गार्डेन्समा घरेलु टोली भारत र वेस्ट इन्डिज खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ३० पटक भेट भएकोमा भारत १९ र वेस्ट इन्डिज १० खेलमा विजयी हुँदा एउटा खेल नतिजाविहीन रहेको छ ।

समूह १ बाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । भारत र वेस्ट इन्डिजबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ । जिम्बावे यसअघि नै बाहिरिइसकेको छ ।

यस्तै समूह २ बाट इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । हिजो भएको खेलमा श्रीलङ्कालाई हराए पनि पाकिस्तान नेट रन रेटमा पछि परेर प्रतियोगिताबाट बाहिरियो ।

टी–२० विश्वकपको पहिलो सेमिफाइनल आउँदो बुधवार र दोस्रो सेमिफाइनल बिहीवार हुनेछ । १०औँ संस्करणको प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २४ गते हुनेछ ।

Continue Reading

Banner

साम्बाको उपचारमा कांग्रेसको पाँच लाख सहयोग

Published

on

नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका छन्।

उनले लेखेका छन्, ‘एन्फा अध्यक्षलाई फोन मार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु। देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी साम्बालाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ। उहाँलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

साम्बाले सोमबारमात्रै आफ्नो उपचारका लागि अनुनयविनय गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन्। उनको उक्त आग्रहसँगै सहयोगका हात अगाडि बढिरहेका छन्।यद्यपि एन्फा र सरकारले भने कुनै पनि पहल नगरेको भन्दै सञ्जालभर आक्रोश फैलिएको छ।

यसअघि काठमाडौं मेडिकल कलेज केएमसीले उनले नेपालमा उपचार गर्न चाहेमा निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ।

त्यस्तै एन्फाका पूर्व अध्यक्ष एवं पूर्व कप्तान गणेश थापाले ५० हजार रुपैयाँ सहयोग गर्ने सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक