मुख्य
नेपालले कुनकुन खेलमा पायो स्वर्ण, हेर्नुहोस् सूची

विराटचोकः हिजो सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा १ सय ७४ स्वर्णसहित भारत पहिलो हुँदा ५१ स्वर्णसहित नेपाल दोस्रो स्थानमा रह्यो । त्यस्तै, श्रीलंकाले ४०, पाकिस्तानले ३१, बंगलादेशले १९ र माल्दिभ्सले १ स्वर्ण जित्दा भुटान भने स्वर्णविहीन रह्यो ।
नेपालले पुरुष फुटबलसहित ५१ खेलमा स्वर्ण जित्दा अन्य कुनकुन खेलमा स्वर्ण जिते हेर्नुहोस् स्वर्ण विजेता खेलाडीको नाम ।
कराते
१. मण्डेकाजी श्रेष्ठः व्यक्तिगत काता पुरुष
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण कार्कीः पुरुष टिम काता
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्कीः महिला टिम काता ४. लक्ष्मण तामाङः ५५ केजी समूह फाइट
५. विप्लवलाल श्रेष्ठः ८४ केजी माथि फाइट
६. कुसुम श्रेष्ठः ४५ केजी फाइट
७. अनु अधिकारीः ५५ केजी फाइट
८. नवीन रसाइलीः ६७ केजी फाइट
९. सुनिता महर्जनः ६८ केजी फाइट
१०. अनुपमा मगरः ६८ केजी फाइट
तेक्वान्दो
११. सिना मादेन लिम्बूः पुम्से महिला १७ देखि २३ वर्ष
१२. कमल श्रेष्ठः पुम्से पुरुष २४ देखि २९ वर्ष
१३. पार्वती गुरुङः पुम्से महिला २४ देखि २९ वर्ष
१४. आयशा शाक्यः पुम्से महिला २९ वर्षमाथि
१५. आयशा शाक्य र सञ्जीवकुमार ओझाः पुम्से जोडी २९ वर्षमाथि
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमिल्सिनाः पुम्से महिला टिम १७ देखि २३ वर्ष
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईः पुम्से महिला टिम २३ वर्षमाथि
१८. काजल श्रेष्ठः ४६ केजी फाइट
१९. वीरबहादुर महराः ६८ केजी फाइट
२०. संगीता बस्यालः ६२ केजी फाइट
२१. सक्षम कार्कीः ८७ केजीमाथि फाइट
२२. भुपेन श्रेष्ठः ८७ केजी मुनि फाइट
ट्रायथलन
२३. सोनी गुरुङ
२४. हिमाल टमाटा
उसु
२५. विजय सिञ्जालीः थाउलो छानछ्वान
२६. सुस्मिता तामाङः थाउलो छानछ्वान
२७. दीपक हमालः थाउलो नानछ्वान अलराउन्ड
२८. निमा घर्तीमगरः थाउलो नानछ्वान अलराउन्ड
२९. जुनी राईः सान्सौ ५६ केजी फाइट
एथ्लेटिक्स
३०. सन्तोषी श्रेष्ठः १० हजार मिटर दौड
३१. गोपीचन्द्र पार्कीः ५ हजार मिटर दौड
३२. किरणसिंह बोगटीः म्याराथन
साइक्लिङ
३३. राजेश मगरः डाउनहिल
३४. निस्मा श्रेष्ठः डाउनहिल
३५. लक्ष्मी मगरः क्रसकन्ट्री
३६. बुद्धिबहादुर तामाङः क्रसकन्ट्री
पौडी
३७. गौरिका सिंहः २ सय मिटर फ्री स्टायल
३८. गौरिका सिंहः २ सय मिटर ब्याक स्ट्रोक
३९. गौरिका सिंहः ४ सय मिटर फ्री स्टायल
४०. गौरिका सिंहः १ सय मिटर फ्री स्टायल
भारोत्तोलन
४१. सञ्जु चौधरीः ५९ केजी
४२. विकास थापाः ८९ केजी
गल्फ
४३. सुवास तामाङः व्यक्तिगत
४४. शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङः टिम स्पर्धा
कुस्ती
४५. गीता धामीः ५५ केजी
जुडो
४६. देविका खड्काः ५२ केजी
४७. पुनम श्रेष्ठः ७८ केजी
बक्सिङ
४८. मिनु गुरुङः ५४ केजी
४९. भुपेन्द्र थापामगरः ६४ केजी ५०. सनिल शाहीः ६० केजी
Facebook Comment
Banner
हङकङसँगको खेल नतिजाविहीन हुँदा नेपाल फाइनलमा

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे ।
३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो ।
त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन ।
नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
खेलकुद
कमल थापाले जिते दोस्रो एमेच्योर टेनिसको उपाधि

दोस्रो एमेच्योर टेनिस प्रतियोगिताको सिंगल्स र डबल्स दुवैतर्फको उपाधि कमल थापाले जितेका छन् । मण्डिखाटारस्थित टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ६५ वर्ष उमेर समूहको सिंगल्स र डबल्स दुवै तर्फको उपाधि थापाले जितेका हुन् । उपाधि विजेता थापा राप्रपा नेपालका अध्यक्ष हुन् । सिंगल्सतर्फको फाइनल भिडन्तमा थापाले कर्मा घलेलाई पहिलो सेट ६-० र दोस्रो सेट पनि ६-० ले पराजित गरेका हुन् । यसैगरी, डबल्सतर्फको फाइनलमा थापा र छाम्बा ढुन्डुपको जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीलाई पराजित गरेको हो ।
पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पारेको थापाको जोडीले दोस्रो सेटमा ६-३ को जित निकालेको हो । थापा टेनिसको भेट्रानतर्फ लामो समयदेखि आफ्नो उमेर समूहको शीर्ष स्थानमा छन् ।
Banner
रियल मड्रिडको पोस्टमा आर्सनलको ३ गोल

यूईएफए च्याम्पियन्स लिगमा आर्सनलले रियल मड्रिडलाई पराजित गरेको छ । गए राति भएको क्याटारफाइनलको पहिलो लेगमा आर्सनल ३-० ले विजयी भयो ।
यो जितसँगै आर्सनलले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आर्सनलले ३ गोल गरेको हो । खेलको ५८औँ र मिनेटमा गोल गर्दै आर्सनलका डेक्लान रइसले टिमलाई अग्रता दिलाएका थिए ।
उनले नै ७०औँ मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । ७५औँ मिनेटमा मिकेल मेरिनोले गोल गरेसँगै आर्सनल ३-० ले विजयी भयो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login