सुनचाँदी
सुन र चाँदी दुवैको भाउ स्थिर
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन प्रति तोला ७० हजार ५ सय र असली चाँदी प्रति तोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comment
Banner
सुन बढ्दा चाँदीले तोड्यो रेकर्ड
आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले तोलामा २१० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो। चाँदीले पुस २३ गते कायम रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएकाे हो। पुस २३ गते चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा काराेबार भएकाे थियाे।

Banner
सुनको मूल्यमा ठूलो गिरावट, आज तोलामा ७,९०० रुपैयाँ घट्यो
सुनको भाउ आज एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । सुन आज एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ थियो । अस्ति सुनको भाउले कीर्तिमान बनाएकोमा तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज एकैदिन तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८ सय ९५ रुपैयाँ थियो ।
Banner
सुनको मूल्य नयाँ कीर्तिमानमा
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ । सो दिन तिहारको बिदाका कारण नेपालमा मूल्य समायोजन हुन पाएको थिएन । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य तोडिएको महासंघले जनाएको छ । चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login