Connect with us
Advertisement

सुन्दरहरैंचा ३ का नितेसले जिते अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाडको पदक

Published

on

बिराटचोक:  मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ मा रहेको माउण्ट मकालु आवासीय माध्यमिक विद्यालयकाे कक्षा १० मा अध्ययनरत विद्यार्थी नितेश गौतमले जुनियर साइन्स ओलम्पियाड २०१९ को कास्य पदक जितेका छन् ।

कतारको राजधानी दोहामा डिसेम्बर ३ देखि १२ सम्म भएको साइन्स ओलम्पियाड प्रतियोगितामा  ७० देशका प्रतिस्पर्धीलाई पछि  पार्दै बुधबार उनले कास्य पदक जितेका हुन् ।

पदक जितेपछि सुन्दरहरैंचा वडा नम्बर ३ का अध्यक्ष जीवनप्रसाद ढुंगानाले बधाइ दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेर नगर तथा देशकै इज्जत बढाएको बताए । साथै उनले यस्ता प्रतिभा भएका विद्यार्थीहरुलाई वडाले सधै सहयोग गर्ने बताए ।

नितेसका बुवा मुकुन्द गौतमले छोराले प्रतियोगिता जितेकोमा आफु खुसी भएको बताए ।

 

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बुढासुब्बा गोल्डकप माघ २२ देखि शुरू हुने

Published

on

हरेक वर्ष धरानमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ ।

धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । हिजो पत्रकार सम्मेलनमार्फत गएको वर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।

यस वर्ष प्रतियोगितामा एनआरटी क्लब काठमाण्डौै, चर्च ब्वाइज क्लब काठमाण्डौ, नेपाल पुलिस क्लब काठमाण्डौ, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लबपोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाण्डौ, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Continue Reading

Banner

नझरेका फूलहरूको गजल मुशायरा सम्पन्न

Published

on

 

नझरेका फूलहरूले विराटचोकमा बुधवार पोएट्री कन्सर्ट एण्ड गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
गीतकार तथा गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहेको गजल मुशायरामा श्रेष्ठले आधा दर्जन गजल सुनाउनुभयो।श्रेष्ठको प्रस्तुतिमा दर्शकले जोडदार ताली र हुटिङसहित मनोरञ्जन लिएका थिए।

त्यस्तै पोएट्री कन्सर्टका लागि आयोजना गरिएको कार्यक्रममा अंशु बस्नेत, शिक्षा खनाल, अनु धिमाल र शान्ता चेमजोङ लिम्बूले समेत बेजोड प्रस्तुति राखेको बताइएको छ।

साहित्यकार पुरन याक्खा,नाट्यकर्मी भरत बर्बरिक,गीतकार गीताप्रसाद श्रेष्ठ, गजलकार यादव भट्टराई, कवि सोम भट्टराई, राजनीतिकर्मी कमलादेवी अधिकारी, सुरेन्द्रबहादुर थापा, मनमाया तामाङ, कविता न्यौपाने बजगाईँ, हिमालय बोर्डिङ स्कुलका प्रिन्सिपल कमल खनाल, शिक्षासेवी सुलोचना अधिकारी, सुजिता राई, युवा नेता मोहन रेग्मी, धनु तामाङ, लीला ढुंगाना, गीता थापा, सीता छाराहाङ त्यस्तै इन्द्रपुर जुनियर जेसिज वर्ष २०२६ का लागि अध्यक्ष रेजिना आचार्य लगायतका दर्शकहरूको सहभागिता रहेको थियो।

नझरेका फूलहरूले उद्घोषण तथा भाषणकला तालिम समापनको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
वृषिका तुम्छाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार पुरन याक्खा रहनुभएको प्रस्तोता केपी घिमिरेले जानकारी दिनुभयो। स्वागत मन्तव्य मनु तामाङले राख्नुभएको थियो।

Continue Reading

Banner

इटहरीमा ‘नीलो प्रेम’ उपन्यासका लेखक पुरुषोत्तम बजगाईँको स्वागत

Published

on

अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो। माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्र्साद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जि पी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो। लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो। नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्री गरिएको थियोे। भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक