Connect with us
Advertisement
Advertisement

आज विश्व हुलाक दिवस

Published

on

विराटचोकः आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । सन् १८७४ मा जापानको टाकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ देखि विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । नेपालले भने सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो ।

पहिले सञ्चारको माध्यम हुलाक भए पनि अहिले टेलिफोन, मोबाइल, सामाजिक सञ्जाल र इमेललगायतका माध्यमबाट खबरको आदानप्रदान हुने गर्दछ ।

एक समय लोकप्रिय रहेको भए पनि सूचना प्रविधिको विकाससँगै हुलाक सेवा लिनेको संख्या उल्लेख्य मात्रामा घटेको छ । यद्यपि, सरकारी कामकाजका लागि भने अझै हुलाक सेवाको प्रयोग हुँदै आएको छ ।

पछिल्लो समय हुलाक सेवा विभागले वित्तीय क्षेत्रमा बैंकमार्फत् हात हालेको थियो । हुलाक बैंक सञ्चालनमा ल्याएको भए पनि सो सेवा प्रभावकारी भने हुन सकेन ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनको भाउ ४ सय रुपैयाँ बढ्यो, चाँदीको १० रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९१ हजार ६ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

Continue Reading

Banner

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने

Published

on

फाइल तस्बिर

विराटनगरः भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका नेता भीम आचार्यले आज विश्वासको मत लिँदैछन् । अल्पमतमा रहेका आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा प्रस्तावमाथि छलफल हुने र आजै विश्वासको मत लिने काम हुने बताइएको छ ।

आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले विपक्षी गठबन्धनको तर्फबाट चाँडै नै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी रहेको बताइएको छ ।

आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद् सचिवालयमा दर्ता गराएका थिए । त्यसअघि असोज २४ गते सभामुखले सूचना टाँस गर्दै कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । शुक्रबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुखले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

Continue Reading

Banner

नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न, सुन्दरहरैंचामा सर्वसम्मत नेतृत्व चयन

Published

on

विराटचोकः शनिबार देशभर नेकपा एमालेले वडा अधिवेशन सम्पन्न गरेको छ । हालै राजधानीमा सम्पन्न विधान महाधिवेशनअनुसार भएको वडा अधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाका सबै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले सुन्दरहरैंचा नगरकमिटीका अध्यक्ष मातृकाप्रसाद ढकालका अनुसार सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो । यी हुन् वडा अधिवेशनबाट चयन भएका सबै वडाका मुख्य ५ पदका पदाधिकारीहरुः

वडा नम्बर १
अध्यक्षः रुद्र थापा
उपाध्यक्षः शान्तिकुमारी खवास
सचिवः प्रकाश न्यौपाने
उपसचिवः लेखराज श्रेष्ठ
उपसचिवः मोहनकुमार ढकाल

वडा नम्बर २
अध्यक्षः झरीलाल चौधरी
उपाध्यक्षः हरि आचार्य
सचिवः शेखर निरौला
उपसचिवः गोविन्द उराव
उपसचिवः तेजु चौलागाईं

वडा नम्बर ३
अध्यक्षः शोभितमान पौडेल
उपाध्यक्षः सावित्रा पोखरेल
सचिवः राजेन्द्र कार्की
उपसचिवः सुजन पोखरेल
उपसचिवः तेजविनोद ढकाल

वडा नम्बर ४
अध्यक्षः नारायण श्रेष्ठ
उपाध्यक्षः माधव ढकाल
सचिवः केशव बास्तोला
उपसचिवः केदारप्रसाद कोइराला
उपसचिवः संगीता विष्ट

वडा नम्बर ५
अध्यक्षः विशाल गुरागाईं
उपाध्यक्षः चक्रबहादुर गुरुङ
सचिवः विमला घलान (तामाङ)
उपसचिवः सनम पौडेल
उपसचिवः खगेन्द्र ढकाल

वडा नम्बर ६
अध्यक्षः लक्ष्मीप्रसाद सिग्देल
उपाध्यक्षः गीता कार्की
सचिवः घनेन्द्र अधिकारी
उपसचिवः असिम राई
उपसचिवः रीता राई

वडा नम्बर ७
अध्यक्षः खड्गबहादुर श्रेष्ठ
उपाध्यक्षः लेखनाथ प्रसाईं
सचिवः मनोज दाहाल
उपसचिवः बिन्दा पराजुली उप्रेती
उपसचिवः धीरज राई

 

वडा नम्बर ८
अध्यक्षः छत्रपति दाहाल
उपाध्यक्षः कुमार लुईंटेल
सचिवः महेश अधिकारी
उपसचिवः राजेश कार्की
उपसचिवः अनिल कार्की

वडा नम्बर ९
अध्यक्षः युवराज पौडेल
उपाध्यक्षः हिमा पोखरेल
सचिवः चन्द्र कार्की
उपसचिवः गणेश कटुवाल
उपसचिवः सुमित्रा राउत

वडा नम्बर १०
अध्यक्षः नेत्रकुमार श्रेष्ठ
उपाध्यक्षः भीमादेवी खतिवडा निरौला
सचिवः रुद्र घिमिरे (मिलन)
उपसचिवः सुरेन्द्र कार्की
उपसचिवः मिलन राई

वडा नम्बर ११
अध्यक्षः हरिकृष्ण कटवाल
उपाध्यक्षः पशुपति लम्साल गौतम
सचिवः यज्ञ निरौला
उपसचिवः दीपनारायण चौधरी (मनोज)
उपसचिवः खगेन्द्रबहादुर गिरी

 

वडा नम्बर १२
अध्यक्षः खगेन्द्र सेन्दाङ
उपाध्यक्षः डम्बरबहादुर बस्नेत
सचिवः कविराज फुयाँल
उपसचिवः आनन्द बस्नेत
उपसचिवः कमला मास्के

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक