कोशी प्रदेश
प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाको आरोपः प्रदेश सरकारको गठनको विषयमा कोइराला पक्षको टन्सिल बढेको छ
इटहरीः प्रदेश १ प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रदेश १ सरकारको विषयमा रामचन्द्र पौडेल र शेखर कोइराला मौन बस्नु अनौठो भएको बताएका छन् ।
‘हामी कतिवटा गुटमा छौँ भन्ने प्रष्ट थाहा छ, यो बेला पौडेल र कोइराला गुटको चैँ टन्सिल बढेको छ, पार्टीको विषयमा उहाँहरुलाई चिन्ता हुनुपर्दैन ?’ शनिबार नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै सुनसरी कांग्रेसका सभापति समेत रहेका उनले यस्तो बताएका हुन् ।
‘मैले कहिल्यै पनि कुनै मञ्चबाट केन्द्रीय नेतालाई गाली गरेको छैन,’ उनले भने, ‘प्रदेश १ मा ९३ सांसद रहे पनि दिनानुदिन पार्टी बढ्दै गएकाले आज देशमा कम्युनिष्टका कारण राजनीतिक अस्थिरता सिर्जना भएको छ । नेपाली जनताले कम्युनिष्टलाई बहुमत दिएपनि आज कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बाध्यात्मक स्थिति छ । आज संविधान बनाउनेहरूलाई नै कांग्रेसले संविधान सिकाउनुपरेको छ ।’
उनले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई अहिले आफूहरूले संविधानको धारा सिकाउनुपर्ने दिन आएकाले एमाले बिनै पनि प्रदेश १ मा आफूहरुको बहुुमत पुग्ने दाबी गरे । उनका अनुसार कांग्रेसको २१, माओबादी केन्द्रको १६, जसपाका ३, राप्रपाका १ र मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का १ जना सांसद छन् । विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक पर्छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सिताराम मेहताले पार्टीका निम्ति अहोरात्र खट्नेहरूलाई नै आज कांग्रेसले समेट्न नसकेकाले सबैलाई समेटेर लैजानुपर्ने बताए । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य नगेन्द्र चौधरीले पार्टी एकजुट हुनुपर्ने बताए । पार्टीमा निरन्तर लागेका मानिसहरूको मूल्याङ्कन हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव ज्योति कोइराला, नेपाल महिला संघ सुनसरीकी अध्यक्ष विजया कटवाल, कांग्रेस सुनसरी सचिवद्वय केदार भण्डारी, सुजेन्द्र तामाङ, कांग्रेस सुनसरी क्षेत्र नं. २ का सभापति मणिराम श्रेष्ठ, इटहरी नगर सभापति हेमकर्ण पौडेल, धरान सभापति श्याम पोखरेल, नेविसंघ पूर्व केन्द्रीय उपसभापति तथा कोभिड अनुगमन समिति सुनसरी संयोजक विकास केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौला, युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले पार्टीभित्रका तीक्तताहरूलाई मेट्दै जानूपर्नेमा जोड दिए । युनियन सुनसरी उपाध्यक्ष सञ्जीव वाग्लेले संयोजन गरेको कार्यक्रम सचिव विवेक भट्टराईले सञ्चालन गरेका थिए ।
Facebook Comment
Banner
विपिनको ‘महाजात्रा’ ले पहिलो दिनमै कमायो एक करोडभन्दा बढी
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ ले देशभर बम्पर ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन एक करोड २३ लाख ग्रस कलेक्सन गरेको फिल्मका निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो फिल्म हो । प्रदर्शनको पहिलो दिन नेपालका अधिकांश शो हाउसफुल भएका छन् भने विदेशमा पनि सोही अवस्था छ । अष्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको छ ।
Banner
आज पहाडी जिल्लामा हर्षाेल्लासका साथ हाेली पर्व मनाइँदै
Banner
आज – ११ चैत्र २०८० आइतवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथी भाइसँग समय बित्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन्, हरेक कार्यमा सतर्क हुनु नै उपयुक्त होला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद समेत बढ्ला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login